पोखरामा पहिलो पटक आयोजना हुँदै कृषि यान्त्रीकरण प्रदर्शनी

पोखरा।  ‘कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने मूल नारा सहित पुस २० गतेदेखि २२ गतेसम्म गण्डकी प्रदेशको पोखरामा ‘प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी गण्डकी, पोखरा – २०८०’ हुने भएको छ।

 

कृषि विकास निर्देशनालय गण्डकी प्रदेश पोखरा, पोखरा महानगरपालिका, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र ललितपुर र नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको संयुक्त आयोजनामा यो प्रदर्शनी हुन लागेको हो।

 

प्रदर्शनीमा ४० भन्दा बढी स्टलमा कृषिका विभिन्न विधाहरूजस्तै – कुखुरा पालन, माछा पालन, बाख्रा पालन, गाईभैंसीपालन, डेरी लगायतका नवीनतम औजार, उपकरण, मेसिन र प्रविधिहरू प्रदर्शन गरिनेछ।

 

यसले नेपालको कृषि क्षेत्रको यान्त्रीकरणमा सहयोग पु¥याउने र कृषकहरूलाई आधुनिक प्रविधिको अवलोकन एवम् जिज्ञासा मेट्ने अवसर प्रदान गर्ने आयोजकहरूले बताएका छन् । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?