
रौतहट । डिभिजन वन कार्यालय रौतहटले वन गस्ती गर्न छाडेपवछि प्रहरीले तस्करीको काठ बरामद गर्न थालेको छ । जिल्लाको बृन्दावन नगरपालिकामा रौतहटको वनबाट काटेर ल्याएको काँचाे सालको गोलिया प्रहरीले बरामद गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा मंगलबार रातिको जिल्लाको बृन्दावन न.पा.वडा नं.८ बरगजवाटोलमा परालको टाल भित्र लुकाई राखेको सालको गोलिया पाँच थान बरामद गरेको हो ।१ लाख २० हजार मुल्य बराबरकोे सालको काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पछिल्लो समय रौतहटमा वन कर्मचारीले गस्ती गर्न छाडेपछि वनमा चोरी तस्करी बढेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।