काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धादिङ ज्वालामुखी गाउँपालिका-२ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ३१ वर्षीय अशोक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरको २०७९ चैत २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र ७ लाख रूपैयाँ जरीवाना सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
काठमाडौँ, हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली भएको...





















































































































































