मालीको सुनखानी दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७० पुग्यो

बामाको । मालीमा सुनखानी भत्किदा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७० पुगेको छ । मालीका एक अधिकारीका अनुसार सुन खानी भत्किँदा भएको दुर्घटनामा परी अहिलेसम्म ७० भन्दा बढी कामदारकाे मृत्यु भएको पुष्टी गरिएकाे छ । उनका अनुसार मृतकको संख्या बढ्न सक्ने डरका बीच खोजी कार्य जारी राखिएको छ ।

माली सरकारको राष्ट्रिय भू-विज्ञान र खानी निर्देशनालयका एक वरिष्ठ अधिकारी करिम बर्थेका अनुसार सो खानीमा अझै खोजी कार्य जारी राखिएको छ र मृतकको संख्या बढन सक्ने भन्दै डरै डरमा खाेजी कार्य जारी राखिएकाे छ । ‘यो तुरुन्तै स्पष्ट हुन सकेको छैन कि सो खानी के कारणले भत्किएको थियो, त्यसको कारण पत्ता लगाउने कोशिश पनि गरिरहेका छौ’ उनले भने ।  गत मंगलबार खानी मन्त्रालयको बयानमा नै भनिएको थियो कि धेरै सुनखानीका कामदारहरूको मृत्यु भएको अनुमान गर्न सकिन्छ ।  दक्षिण पश्चिमी कौलिकोरो क्षेत्रको कांगाबा जिल्लामा यो खानी भत्किएको हो ।

 

अफ्रिकाको तेस्रो ठूलो सुन उत्पादन गर्ने देश मालीमा यस्ता दुर्घटनाहरू सामान्य मानिदै आएका छन्। खानीहरूमा काम गर्ने कामदारको सुरक्षा उपायहरूलाई बेवास्ता गरेको आरोप लगाईदै आएको छ । विशेष गरी दुर्गम क्षेत्रहरूमा भएका सुन खानीमा कामदारका लागि कुनै सुरक्षा ब्यवस्था गरिएको हुदैँन, जसका कारण अन्तराष्ट्रिय श्रमिक संगठनहरूले त्यसको आलोचना गर्दै आएका छन ।

 

‘राज्यले भविष्यमा यस प्रकारका दुर्घटनाहरूबाट बच्न यस कारीगरी खानी क्षेत्रमा सुरक्षा व्यवस्था ल्याउनै पर्छ,’ बर्थेले भने। खानी मन्त्रालयको विज्ञप्ति जारी गरी सो दुर्घटना प्रति गहिरो शोक ब्यक्त गरेको छ ।  खानी कामदारहरू साथै खानी साइटहरू नजिक बसोबास गर्ने समुदायहरूलाई सुरक्षा आवश्यकताहरूको पालना गर्नसमेत मन्त्रालयले आग्रह गरेको भ्वो न्युजले जनाएको छ ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९