
चितवन। चितवन प्रहरीले विभिन्न समयमा हराएका ४५ थान मोबाइल अनुसन्धानपश्चात् नियन्त्रणमा लिई सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।प्रहरीले पीडितहरूले दिएको निवेदनका आधारमा हराएका मोबाइल खोजि गरि फिर्ता गरेको हो ।सोमबार प्रहरीले ४५ थान आइफोन, सामसुङ, रेडमी, ओपो, भिभो, पोको लगायत विभिन्न कम्पनीका मोबाइलहरु सम्बन्धित व्यक्तिलाई कार्यालयमै बोलाएर बुझाएको हो ।प्रहरी कार्यालय चितवनले पछिल्लो दुई महिनामा हराएका ९५ थान मोबाइल सम्बन्धित धनीलाई बुझाउन सफल भएको जनाएकाे छ ।
।