अछाम। अछाम मेल्लेख गाउँपालिका–३ मा आगलागीबाट दुई बालबालिकाको मृत्यु भएको छ । जयबहादुर बुढा र झंकरे बुढाको खरले छाएको गोठमा बुधबार साँझ भएको आगलागीमा ६ वर्षीया निरुता बुढा र तीन वर्षीय अंकित बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । गोठमा बालेको आगो भित्र राखिएको खरमा सल्किएपछि खेलिरहेका बालबालिकाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।





















































































































































