सुन प्रकरणमा भीमकान्त भण्डारीले दिए बयान

काठमाडौं। सुन तस्करीको अध्ययन गर्न गठित छानबिन समितिले ६० किलो सुन तस्करी प्रकरण मुछिएका विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ ।समितिले बिहीबार उनीसँग बयान लिएको हो । सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग पटक–पटक कुराकानी भएको देखिएपछि उनीसँग बयान लिइएको हो । यसअघि भण्डारीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि सोधपुछ गरेको थियो ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१