२२ बर्षदेखी हराएको छोरा खोज्दै ८५ बर्षीय आमा

महोत्तरी । रामबाबु कार्की बिहानै उठेर आमाबुवालाई ब्युझाँउदा बाहिर सिरसिर बतास चलिरहेको थियो ।  पानी पर्ला जसरी आकाश अन्धकार देखिन्थ्यो । आमा दुर्गा कुमारी कार्कीलाई २०५९ साल जेठ २० गतेको त्यो दिन छोराले रेडियो बजाउदै समाचार सुनिरहेको अझै ताजा छ । युद्दकालिन उक्त समयमा दुर्गाकुमारीले परैवाट रेडियोमा आर्मी र माओवादीविच भिडन्त भएको र मानिसहरु मरिरहेको सुनिन । समाचार सकिसकेपछी रामवावु नजिकै आएर भने, ”आमा, म ठूलो दाजुलाई भेटन लमजुङ जान्छु ।”रामबाबू केही दिन अगाडिमात्र काठमाण्डौबाट क्याम्पस बिदाको मौका पारेर घर आएका थिए । त्यतिवेला गाउँमा युवाहरु कोही पनी थिएनन । भएका युवाहरु कोही विदेश पलायन भएका थिए भने कतिपयलाई माओवादीले सशस्त्र युद्धमा सहभागी बनाउन जंगल लगेको थियो । थोरै युवाहरुले मात्र आर्मी, प्रहरीमा जागीर खाएका थिए । त्यैपनी रामबाबुले जेठो दाजुलाई भेटन बेसीशहर जान जिद्दी गर्न थाले ।त्यति टाढा उक्त भयावह अवस्थामा २२ बर्षिय कान्छो छोरा रामबाबुलाई पठाउन आमाको मन पटक्कै मानेको त थिएन  तर छोराको जिद्दीको अगाडि दुर्गा कुमारीको केही लागेन । आकाश अन्धकार भएर पानी झर्न मात्र बाँकी थियो, प्रतिकुल बातावरणका बावजुद पनि दाजु गोबिन्द कार्कीलाई भेटन आमाबुवासगँ विदाई भएर छुटेका छोरा एकाएक हराए । भाई भेटन आएको समाचार थाहा पाए पछी प्रतिक्षामा रहेका दाजुले भाईलाई न त भेटन पाए, न त घर फर्किएर नै गए ।लमजुङको बेसिसहर दाजुलाई भेटन गएका भाइ रामवावु २२ बर्षदेखी घर फर्किएका छैनन । उनी कहाँ छन ?, कसरी हराए ? मरेका होलान कि बाँचेका होलान ? परिवारलाई चासो र चिन्ता त्यतिकै छ । अझ ८४ बर्षिय आमा छोरा घर आउने आशा बोकेर बाँचिरहेकी छन । ”बुढेसकाल भयो, आज मर्छु कि भोलि मर्छु जस्तो भएको छ, कमसेकम छोराको मुख हेरेर मर्न पाए स्वर्ग पुग्थे होला,” गहभरी आँसु बनाउदै दुर्गा कुमारीले भनिन, ”मरेको प्रमाणित भए बरु किरिया गर्थे ।” रामबाबुका दुई दाजुहरु छन । माईलो दाजु मोहन कार्की नेपाल आर्मीवाट रिटायर्ड भएका हुन भने जेठा दाजु गोबिन्द कार्की बिधुत प्राधिकरणवाट रिटायर्ड हुन । दाजुहरुको जागीर कै कारणले रामवावुलाई पढाईलेखाईमा त्यति समस्या पनि थिएन । काठमाण्डौको एक क्याम्पसमा डिप्लोमा अध्यन गर्दै गरेका रामवावुको बिषयमा परिवारले नराम्रो कहिल्यै सुनेनन ।

 

दुर्गा कुमारीले वेपत्ता छोराको खोजी गरिदिन धेरै सरकारी संयन्त्रहरुलाई हारगुहार पनि नगरेकी हैनन तर कँहीं कत्तैवाट सुनुवाई नभएपछी छोरा फर्कने आशा आजकाल उनकाे झिनो बन्दै गएको छ ।”आजकाल मोबाइलमा मान्छेहरु धमाधम भेटिएको देखिन्छ त्यही भएर मिडियामा आए,” दुर्गा कुमारीले भनिन, ”अब अन्तिम आशा तपाईहरु नै हो ।”कतिपयले आफ्न्तहरुले रामबाबुलाई आर्मी वा माओवादीले बाटैमा मारिसक्यो भनेर पनि सुनाउछन तर दुर्गा कुमारीलाई भने अहिलेपनी छोरा कतै ज्युँदै छ भन्ने लाग्छ ।

 

रामवावुका वुवा डम्बर बहादुर कार्कीलाई पनि श्रीमतिले भनेजस्तै छोरा ज्युँदै नै छन भन्ने लाग्छ । ”कमसेकम यो समाचार हेरिसकेपछी कान्छो हामिलाई सम्झेर आओस,’ उनले भनिन । लमजुङ्गमा अझ सरकारी र बिद्रोही पक्षको वेला-वेलामा झडप भैइरहन्थ्यो । जिल्लाको कतिपय ठाउँमा त त्यतिवेला कयौ मानिसहरु मरेको समाचार पनि सुनिन्थ्यो । त्यसैले धेरै जनाले उक्त सक्रमणकालिन अवस्थामा लमजुङ्ग जाँदा दोहोरो भिडन्तको क्रममा कतै मर्‍यो कि भन्ने पनि आशंका गर्छन ।

 

परिवारलाई भने पत्यार नै लाग्दैन । ”मेरो हृदयले भन्छ छोरा घर फर्केर आउँछ,” दुर्गा कुमारीले भनिन, ”अब भरोसा बाबुहरुको नै छ, समाचार हेरेर भएपनी छोरा घर फर्कनेछ ।” दुर्गा कुमारी आजकाल पहिलाजसरी हिडडुल पनि गर्न सक्दिनन । लौरोको सहाराले यताउता हिडने उनीलाई मात्र हैन उन्को श्रीमान डम्बर बहादुरलाई पनि लौरोको सहारा चाहिन्छ ।

 

भाइ हराएपछी दाजु गोबिन्दले पनि धेरै खोजी नगरेका हैनन । संक्रमणकालीन अवस्थामा उन्ले माओवादी कमाण्डरहरुसगँ सम्पर्क गरेर भाईको एकिन गरेका थिए भने आर्मी, प्रहरीका उच्च पदस्थ व्यक्तित्वसँग पनि सोधपुछ गरे । तर भाईको बिषयमा कसैले एकिन बिस्वास दिलाउन सकेनन । बेपत्ता छोराको फर्किने आशामा नै दुर्गा कुमारीले अंशबण्डा पनि गरेकी छैनन । ”जेठो र माईलाले अव भाग लगाउनुपर्छ भन्छन तर म मानेकी छैन,” उनले भनिन, ”कमसेक एकिन त हुनुपर्र्यो नी मरेको र बाँचेको ।’

 

संक्रमणकालीन अवास्थामा वेपत्ता भएकाहरुको छानविन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यादेश २०६९ समेत जारी भएको छ तर उक्त समयमा वेपत्ता भएकाहरुको नाम समेत सुचिकृत गरिएको छैन । आयोगमा अहिलेसम्म रामवावु जस्ता वेपत्ता भएका परिवारले ३२८८ उजुरी दर्ता भएको वेपत्ता पारिएका छानविन आयोगले जनाएको छ ।

 

आयोगमा दर्ता भएका ३२८८ उजुरी मध्ये ४१४ उजुरीहरु  सत्य निरुपण तथा मेलगमलाप आयोगको क्षेत्राधिकार पर्नेगरी पठाईएकोमा १३७ उजुरीहरु फिर्ता आएको आयोगले अभिलेखमा उल्लेख छ ।  जसमध्ये १३६ उजुरी दोहोरो परेको हुनाले लागताकट्टा गरिएको२९२ तामेलीमा राखिएको, ४८ उजुरी आयोगवाट निर्णय भएर स्थिति सार्वजनिक गरिएको, ७५३ उजुरी फर्स्यौट भएको र तामेलीमा राखिएका मध्ये ८ उजुरीहरुको कारवाही प्रक्रिया अगाडी बढाइएको आर्थिक वर्ष २०७९/८० मा सार्वाजनिक गरिएको विवरणमा जनाएको छ ।

 

मधेश प्रदेशको पनि अहिलेसम्म २१५ उजुरी परेको आयोगले जनाएको छ । जसमध्ये बिस्तृत छानविनको लागी १५३, प्रारम्भिक छानविनको लागी ७ वटा, तामेलीमा राखिएको १२ वटा, दोहोरो परेर लागत कट्टा गरिएको ६ वटा, सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाईएको ३३ वटा छन् । जसमध्ये ४ वटा उजुरीको भने स्थिति सार्वजनिक भईसकेको छ । तर सुचनाको पँहुच तथा सरोकारवालाहरुको वेवास्ताले न रामवावु जस्ता वेपत्ता व्यक्तिहरुको खोजबिन भएको छ न त कुनै अभिलेख नै राखिएको छ । त्यसैले आमा दुर्गा कुमारी लगायत सम्पूर्ण परिवारको वेपत्ता रामवावुको स्थिति सार्वजनिक गर्न माग गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बनेपामा ‘एक घर, एक धारा’अभियान

काभ्रेपलाञ्चोक, काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ । वडा कार्यालयले ‘वडाको अभियान शुद्ध खानेपानी, पानीबिना रहँदैन जिन्दगानी’नाराका साथ एक घर एक धारा कार्यक्रमअन्तर्गत खानेपानी वितरण थालेको हो ।   खानेपानी आयोजनाले ६ नं वडाका बस्तीमा सात सय ६० परिवारलाई समेट्ने जनाइएको छ ।...

राष्ट्रिय समाचार समिति (रासस)

काठमाडौँ,  जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएसन अफ नेपाल ‘जिपीम्यान’को आज यहाँ सम्पन्न २७औँ साधारणसभाले डा विश्वराज दवाडीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमितिको निर्वाचन गरेको छ ।आगामी तीन वर्षका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा डा सुरेशप्रसाद नेपाल, उपाध्यक्षमा डा तीर्थमान श्रेष्ठ, महासचिवमा डा विकास गौचन,...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ४९ पैसा र बिक्रीदर...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

मुग्लिन (चितवन),  सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राजमार्ग अन्तर्गत इच्छाकामना ३ चुमखोलामा आइतबार राति ९ बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक विभागको उपकरणले पहिरो पन्छ्याएपछि गएरातिदेखि नै...

मौसमः पश्चिमी वायुको प्रभाव कायमै

काठमाडौँ, नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका पहाडी भू–भागमा आशिंक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा …

ढोरपाटन (बागलुङ), बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार सात जना आँखाका बिरामी लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखरा र धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा लायन्स क्लब अफ ढोरपाटनको संयोजनमा गत शुक्रबारदेखि सुरु भएको...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९