राजकुमार रानाको मृत्यु प्रकरण : प्रहरी सहायक हवल्दारसहित दुईजना पक्राउ

काठमाडौं। कञ्चनपुर लालझाडी गाउँपालिका–३ का  राजकुमार रानाको मृत्यु प्रकरणमा एक प्रहरी सहायक हवल्दारसहित दुईजना पक्राउ परेका छन् । पाँच महिनाअघि कृष्णपुर नगरपालिकाको बालुवाफाँटास्थित जंगलमा रानाको शव फेला परेको थियो ।  उनको हत्या गरेको आरोपमा प्रहरी सहायक हवल्दारसमेत रहेका कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारीलाई प्रहरी पक्राउ गरेको हो ।आफन्तको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१