दार्चुला । दार्चुलामा चितुवा मृत अवस्थामा फेला परेको छ।जिल्लाको शैल्यशिखबर नगरपालिका–६ पुनेकोट स्थित सिँचाईका लागि बनाएको पानी पोखरीमा मंगलबार दिउँसो चितुवा मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ।इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले मृत अवस्थामा फेला परेको चितुवालाई चौलानी सव–डिभिजन कार्यालय गोकुलेश्वर कार्यालयको जिम्मा लगाइएको छ।


































































































































































