नामिबियाविरुद्ध नेपाल १३२ रनमा अलआउट

काठमाडौँ । नेपालले नामिबियाविरुद्ध खराब ब्याटिङग गरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ४१.१ ओभरमा १३२ रन बनाएर अलआउट भएको छ ।

 

 

नेपालका भीम सार्कीले सर्बाधिक ४४ रन बनाएका थिए । त्यस्तै गुलशन झाले २१, कुशल मल्लले १५, पवन सराफले १२, अनिल शाहले ८, करण केसीले १६, आसिफ सेखले ४, सोमपाल कामीले २, कप्तान रोहित पौडेलले १ रन बनाएका थिए ।

 

 

त्यस्तै नामिबियाका बलर गेर्हार्ड एरासमसले सर्बाधिक ५ विकेट लिएका थिए भने रुबेन ट्रम्पेलम्यान र ज्याक ब्रासेलले २-२ विकेट लिएका थिए । त्यस्तै जान निकोलले एक विकेट लिएका थिए ।

 

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१