मोरङ । मोरङको बूढीगंगा गाउँपालिका–७ मा एक महिलामाथि बोक्सीको आरोपमा दुर्व्यहार गरिएको छ । बोक्सीको आरोपमा छिमेकी ५५ वर्षीय महिलालाई मलमूत्र खुवाएको आरोपमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी पक्राउ परेकी छिन् ।बिहीबार दिउँसो भएको सो घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकी माझी गाउँकी धामी हुन् ।उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएपछि चोरको आरोप लगाउँदै पीडितमाथि द्र्व्यवहार भएको थियो ।
काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...























































































































































