लेवानडोस्कीको दुई गोलमा बार्सिलोना विजयी

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले सेल्टा भिगोलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेल्टा भिगोलाइ २-१ गोल अन्तरले पराजित गरेको हो ।बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुवै गोल गरेका थिए । उनले खेलको ९७औं मिनेटमा निर्णायक पेनाल्टी गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाएका थिए ।त्यसैगरी सेल्टा भिगोका लागि एक गोल लागो आसपासले गरेका थिए ।यो जितपछि बार्सिलोनाको २५ खेलमा ५४ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी सेल्टा भिगोको २५ खेलमा २० अंक रहेको छ र लिगमा १७औ स्थानमा रहेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१