आर्यन दत्तले ६ विकेट लिएपछि नामिबिया १२३ रनमा अलआउट

काठमाडौँ । नामिबियाले नेदरल्याण्डसलाई १२४ रनको लक्ष्य दिएको छ ।आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले ३५.१ ओभरमा अल आउट हुदै १२३ रन मात्र बनाएको हो ।नामिबियाका लागिजेजे स्मितले सर्बाधिक २६ रन बनाए भने रुबेन ट्रम्पेलम्यानले २०, जाने ग्रीनले १९ रन बनाएका थिए ।

 

 

नामिबियाको ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा नेदरल्याण्डसका बलर आर्यन दत्तले सर्बाधिक ६ विकेट लिएका थिए । आर्यनले ९ ओभरमा ३४ रन दिएर ६ विकेट लिएका थिए । त्यस्तै किल क्लेईनले २ विकेट लिएका थिए ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१