गुण्डा नाइके गणेश लामामाथि अपहरण गरी २० करोड फिरौती मागेको घटनाको नालीबेली

काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले अपहरण गरी फिरौती लिएको आरोप लागेको छ। युवा व्यवसायी ज्ञानेन्द्र खड्काले आफूलाई लामा र सहदेव कक्षपति लगायतले अपहरण गरी करौडौंको फिरौती रकम कागज गराएको भन्दै सामाजिक सञ्जालमार्फत आरोप लगाएका हुन्।

 

आफूलाई गत पुस २३ गते ललितपुरको ढोलाहिटी आदर्श टोलबाट अपहरण गरी सानेपास्थित लन्डन हाउसमा लगेर ८ घन्टाभन्दा बढी बन्धक बनाएको खड्काले जनाएका छन्।  विवादास्पद पृष्ठभूमिका लामा र कक्षपतिले कोठामा थुनेर आफूलाई बन्धक बनाई धम्की र त्रासबीच करकापमा फिरौतीस्वरुप करोडौंको लेनदेनको कागज गर्न बाध्य बनाएको खड्काको आरोप छ। खड्काले आफूलाई २० करोड रकम फिरौतीको कागज गराएको उल्लेख गरेका छन्।

 

उक्त घटनाबारे प्रहरी प्रशासनलगायत सबै ठाउँमा उजुरी गरेर परिवारलाई सुरक्षित स्थानमा राखेर मात्र आफूले प्रेस विज्ञप्तिमार्फत घटना सार्वजनिक गर्न सकेको पनि उनले लेखेका छन्।  उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘डकैतहरूलाई पैसामोह भए जस्तै हामीलाई ज्यानको सुरक्षा महत्वपूर्ण भएकाले समयमै सार्वजनिक गर्न सकिएन। यहाँबाट निस्केर घरपरिवारलाई भनिस् र पुलिसकोमा गइस् भने राम्रो हुँदैन भनेर त्रसित गरेकाले दिमागी रुपमा समेत ठूलो असर परेको छ। पहिले आफू र परिवार सुरक्षित स्थानमा हुनु र अपराधीलाई कानुनी कठघरामा उभ्याउनु मेरो प्रमुख प्राथमिकता थियो। त्यसैले आज सबै कानुनी प्रक्रिया सकेपछि हिम्मत जुटाएर यो लेख्दैछु।’

 

 

जाहेरीपछि पनि मुद्दा कमजोर बनाउन खोजिएको र एक सातासम्म पनि कारबाही अघि नबढेको भन्दै खड्काले अहिले आएर फिरौतीस्वरुप लिएको २५ लाख फिर्ता गरेर मिलापत्र गर्न दबाब दिइरहेको तर आफूले नमानेर मुद्दामै जाने पनि उल्लेख गरेका छन्। आफूलाई बन्धक बनाएर वडा कार्यालयमा मिलापत्रको कागज दर्ता गराए पनि यसमा आफ्नो मञ्जुरी नरहेको पनि खड्काले बताएका छन्।

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जाहेरी ललितपुर परिसरमा पठाइएको बताए। ‘हाम्रोमा जाहेरी आएको थियो, प्रारम्भिक अनुसन्धान गरी हामीले जाहेरी ललिपुर परिसरमा पठाएका छौं,’ राठौरले भने।

 

ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले अपराध महाशाखाले लामाविरूद्ध अनुसन्धान गरी प्रतिवेदन पठाएको बताए। खनालले लामाविरूद्ध मुद्दा दर्ता गरी अनुसन्धान थालिएको बताए। ‘मुद्दा दर्ता भएपछि हामीले अनुसन्धान थालेका छौं, मिसिल अध्ययन गरिरहेका छौं,’ खनालले भने।

 

यस्तो छ घटनाको नालीबेली

गत पुस २३ गतेको घटना हो। पीडित खड्काका अनुसार लामा र कक्षपतिलगायतले ढोलाहिटी आदर्श टोलबाट अपहरण गरे। उनीहरूले सानेपास्थित लण्डन हाउस पुर्‍याए। होटलमा लगेर आठ घन्टाभन्दा बढी कोठामा थुनेर बन्धक बनाए।

 

अपहरण गर्दा उनीहरूले खड्काको गाडी छेकेका थिए। मास्क र टोपी लगाएर उनलाई त्यहाँबाट होटल पुर्‍याएका थिए। कोठमा थुनेपछि उनीहरूले भने – तँ सँग २००/३०० करोड पैसा उठाउनु छ।त्यसक्रममा उनीहरूले भने – हामीसँग पुलिस/सिआइबी सबै मिलेको छ।उनीहरूले खड्काको क्रिप्टो मोबाइल र ल्यापटप कब्जा गरेर भने – तुरुन्तै हाम्रो क्रिप्टो अकाउन्टमा ट्रान्सफर गर।

 

उनीहरूले मोबाइल र ल्यापटप हेर्दा केही नभेटेपछि जबरजस्ती करकापमा पारेर २० करोडको कागज गराएको खड्काले बताएका छन्।‘धम्की र त्रास देखाएर करकापमा करोडौंको लेनदेन कागज गराए,’ खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।

 

‘उनीहरूको एउटै उदेश्य म सँग क्रिप्टो बिटक्वाइन छ भन्ने प्रलोभनमा परेर सबै पैसा ट्रान्सफर गरौं, म पुलिसकोमा जाने हिम्मत गर्दिनँ भन्ने रहेछ,’ खड्काले लेखेका छन्।

 

ज्यानको सुरक्षा महत्वपूर्ण भएकोले समयमै आफूले यो घटना सार्वजनिक नगरेको बताए। ‘किनकि, त्यहाँबाट निस्केर घर परिवारलाई भनिस् र पुलिसकोमा गइस् भने राम्रो हुँदैन भनेर त्रसित गर्ने गरेकोले दिमागी रूपमा समेत ठूलो असर पुराएको छ,’ उनले लेखेका छन्, ‘पहिले आफू र परिवार सुरक्षित स्थानमा हुनु र अपराधीलाई कानुनी कठघरामा उभ्याउनु मेरो प्रमुख प्राथमिकता थियो, त्यसैले आज सबै कानुनी प्रक्रिया सकाएपछि हिम्मत जुटाएर यो लेख्दैछु।’

घर-परिवारलाई भने वा पुलिसकोमा गए जहाँ गए पनि नछोड्ने भनी लामा र कक्षपतिले धम्क्याएको उनले उल्लेख गरेका छन्। ‘तँलाई जहाँ गए पनि छोड्दिन र २०/३० लाख खर्च गरेर केटा लगाएर मार्दिन्छुसम्मको धम्की दिएका थिए,’ उनले भनेका छन्।

 

जाहेरी दिनुअघि आफैंले नेपाल सरकार, प्रहरी प्रशासन र कानुनी सल्लाहकारहरूसँग भेटेर नै सल्लाह गरेको उनले बताए। त्यसपछि अपराध अनुसन्धान कार्यालयमा २०८० साल माघ २८ गते आफूले ‍जाहेरी दिएको खड्काले बताए।

 

कार्यालयले सात दिनपछि ललितपुर परिसरमा थप अनुसन्धानका लागि फाइल पठाएको उनले बताए।खड्काले मुद्दा कमजोर बनाउन लामा र कक्षपतिले हुँदै नभएको कुराहरू गर्ने, मिलापत्र गर्दैछौं भनी भ्रमित गर्ने गरेको बताएका छन्।

 

‘निज अपहरणकारीहरूद्वारा मुद्दालाई कमजोर बनाउनको लागि हुँदै नभएको फगत कुराहरू गर्ने, हामी ज्ञानेन्द्र खड्कासँग मिलापत्र गर्दैछौं, चितवन-काभ्रेमा समेत दुई ग्रुपबीच छलफल भएको छ जस्तो भ्रामक कुरा प्रहरी प्रशासनसमक्ष पुयाएको र हामी मिलापत्र भइसक्यो, ज्ञानेन्द्र खड्काले मुद्दा फिर्ताको लागि निवेदन दिन्छ भनेको सुन्नमा आएको छ,’ उनले विज्ञप्तिमा लेखेका छन्।

 

भ्रामक कुराहरू गरेर, प्रमाणहरू मेटाउन खोज्ने र अनुसन्धान प्रक्रियामाथि नै अलमल गराउनेसम्मको प्रपन्च गरिरहेको सुन्नमा आएको उनले बताएका छन्।

 

‘म जीवनभर दिमागबाट नमेटिने गरी परेको चोट खपेर यी अपराधीहरूसँग मिलापत्र गर्ने कुरा सोच्न पनि सक्दिनँ, यति धेरै आँट र हिम्मत जुटाएर मात्र कुख्यात आपराधिक समूहसँग कानुनी लडाइँ लड्ने मनस्थितिले जाहेरी दिएको छु। मलाई मिलापत्र गरौ, फिरौती स्वरुप लिएको २५ लाख पैसा पनि फिर्ता दिन्छु, कागज पनि च्यात्छु र कुन-कुन कागजमा सही छाप गर्नुपर्छ गर्छु भनेर पटक-पटक विभिन्न मान्छेहरूबाट खबर पनि पठाएको थियो तर मैले मलाई यत्रो धम्की, त्रास र मानसिक तनाव दिइसकेपछि धेरै आँट र हिम्मत गरेर जाहेरी दिएको हुँ,’ उनले भनेका छन्, ‘अब जे कारबाही हुन्छ प्रहरी-प्रशासन र अदालतबाट हुन्छ।

 

 

म व्यक्तिगत रूपमा माफी दिन सक्दिन भनेर पटक-पटक मिलौं भनेर खबर ल्याउने व्यक्तिहरूलाई समेत भनेको छु।जाहेरी दिएको १० दिनबढी हुँदा ठोस रूपमा कारबाही अगाडि नबढेको र अलि ढिलासुस्ती भइरहेको पनि हुने सक्ने सम्भावना रहेको उनले बताएका छन्।

 

‘मलाई पुस २४ गते वडा कार्यालयमा दर्ता गर्न जानुपर्छ भनिएको थियो। किनकि, घटना घटेको दिन बेलुका ८ बजेतिर बल्ल एक जना वकिल बोलाएर कागज गराएको थियो र म भोलिपल्ट वडा कार्यलय दर्ताको लागि गइनँ र मेरो अनुपस्थिति र मन्जुरीबिना वडा कार्यलयमा समेत अपहरणकारी आफैं गएर एकल प्रमाणित गरिएको छ भन्ने बुझ्नमा आएको छ,’ खड्काले लेखेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष बलिराम डगौरा थारुको निधन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका नेता बलिराम डगौरा थारुको गएराती उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि पिसाब थैलीको क्यान्सरबाट पीडित थारुको स्वास्थ्यमा समस्या देखिएपछि उपचार भइरहेको थियो।   उपचारकै क्रममा शुक्रबार राती उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।...

बागलुङ–२ मा रास्वपाका शर्मा विजयी

ढोरपाटन (बागलुङ),  बागलुङ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मा विजयी हुनुभएको छ । उहाँले १२ हजार ६४७ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिस्प्रर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत प्राप्त गर्नुभएको छ...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष बलिराम डगौरा थारुको निधन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका नेता बलिराम डगौरा थारुको गएराती उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि पिसाब थैलीको क्यान्सरबाट पीडित थारुको स्वास्थ्यमा समस्या देखिएपछि उपचार भइरहेको थियो।   उपचारकै क्रममा शुक्रबार राती उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।...

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर,  केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष बलिराम डगौरा थारुको निधन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका नेता बलिराम डगौरा थारुको गएराती उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि पिसाब थैलीको क्यान्सरबाट पीडित थारुको स्वास्थ्यमा समस्या देखिएपछि उपचार भइरहेको थियो।   उपचारकै क्रममा शुक्रबार राती उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९