गुण्डा नाइके गणेश लामामाथि अपहरण गरी २० करोड फिरौती मागेको घटनाको नालीबेली

काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले अपहरण गरी फिरौती लिएको आरोप लागेको छ। युवा व्यवसायी ज्ञानेन्द्र खड्काले आफूलाई लामा र सहदेव कक्षपति लगायतले अपहरण गरी करौडौंको फिरौती रकम कागज गराएको भन्दै सामाजिक सञ्जालमार्फत आरोप लगाएका हुन्।

 

आफूलाई गत पुस २३ गते ललितपुरको ढोलाहिटी आदर्श टोलबाट अपहरण गरी सानेपास्थित लन्डन हाउसमा लगेर ८ घन्टाभन्दा बढी बन्धक बनाएको खड्काले जनाएका छन्।  विवादास्पद पृष्ठभूमिका लामा र कक्षपतिले कोठामा थुनेर आफूलाई बन्धक बनाई धम्की र त्रासबीच करकापमा फिरौतीस्वरुप करोडौंको लेनदेनको कागज गर्न बाध्य बनाएको खड्काको आरोप छ। खड्काले आफूलाई २० करोड रकम फिरौतीको कागज गराएको उल्लेख गरेका छन्।

 

उक्त घटनाबारे प्रहरी प्रशासनलगायत सबै ठाउँमा उजुरी गरेर परिवारलाई सुरक्षित स्थानमा राखेर मात्र आफूले प्रेस विज्ञप्तिमार्फत घटना सार्वजनिक गर्न सकेको पनि उनले लेखेका छन्।  उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘डकैतहरूलाई पैसामोह भए जस्तै हामीलाई ज्यानको सुरक्षा महत्वपूर्ण भएकाले समयमै सार्वजनिक गर्न सकिएन। यहाँबाट निस्केर घरपरिवारलाई भनिस् र पुलिसकोमा गइस् भने राम्रो हुँदैन भनेर त्रसित गरेकाले दिमागी रुपमा समेत ठूलो असर परेको छ। पहिले आफू र परिवार सुरक्षित स्थानमा हुनु र अपराधीलाई कानुनी कठघरामा उभ्याउनु मेरो प्रमुख प्राथमिकता थियो। त्यसैले आज सबै कानुनी प्रक्रिया सकेपछि हिम्मत जुटाएर यो लेख्दैछु।’

 

 

जाहेरीपछि पनि मुद्दा कमजोर बनाउन खोजिएको र एक सातासम्म पनि कारबाही अघि नबढेको भन्दै खड्काले अहिले आएर फिरौतीस्वरुप लिएको २५ लाख फिर्ता गरेर मिलापत्र गर्न दबाब दिइरहेको तर आफूले नमानेर मुद्दामै जाने पनि उल्लेख गरेका छन्। आफूलाई बन्धक बनाएर वडा कार्यालयमा मिलापत्रको कागज दर्ता गराए पनि यसमा आफ्नो मञ्जुरी नरहेको पनि खड्काले बताएका छन्।

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जाहेरी ललितपुर परिसरमा पठाइएको बताए। ‘हाम्रोमा जाहेरी आएको थियो, प्रारम्भिक अनुसन्धान गरी हामीले जाहेरी ललिपुर परिसरमा पठाएका छौं,’ राठौरले भने।

 

ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले अपराध महाशाखाले लामाविरूद्ध अनुसन्धान गरी प्रतिवेदन पठाएको बताए। खनालले लामाविरूद्ध मुद्दा दर्ता गरी अनुसन्धान थालिएको बताए। ‘मुद्दा दर्ता भएपछि हामीले अनुसन्धान थालेका छौं, मिसिल अध्ययन गरिरहेका छौं,’ खनालले भने।

 

यस्तो छ घटनाको नालीबेली

गत पुस २३ गतेको घटना हो। पीडित खड्काका अनुसार लामा र कक्षपतिलगायतले ढोलाहिटी आदर्श टोलबाट अपहरण गरे। उनीहरूले सानेपास्थित लण्डन हाउस पुर्‍याए। होटलमा लगेर आठ घन्टाभन्दा बढी कोठामा थुनेर बन्धक बनाए।

 

अपहरण गर्दा उनीहरूले खड्काको गाडी छेकेका थिए। मास्क र टोपी लगाएर उनलाई त्यहाँबाट होटल पुर्‍याएका थिए। कोठमा थुनेपछि उनीहरूले भने – तँ सँग २००/३०० करोड पैसा उठाउनु छ।त्यसक्रममा उनीहरूले भने – हामीसँग पुलिस/सिआइबी सबै मिलेको छ।उनीहरूले खड्काको क्रिप्टो मोबाइल र ल्यापटप कब्जा गरेर भने – तुरुन्तै हाम्रो क्रिप्टो अकाउन्टमा ट्रान्सफर गर।

 

उनीहरूले मोबाइल र ल्यापटप हेर्दा केही नभेटेपछि जबरजस्ती करकापमा पारेर २० करोडको कागज गराएको खड्काले बताएका छन्।‘धम्की र त्रास देखाएर करकापमा करोडौंको लेनदेन कागज गराए,’ खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।

 

‘उनीहरूको एउटै उदेश्य म सँग क्रिप्टो बिटक्वाइन छ भन्ने प्रलोभनमा परेर सबै पैसा ट्रान्सफर गरौं, म पुलिसकोमा जाने हिम्मत गर्दिनँ भन्ने रहेछ,’ खड्काले लेखेका छन्।

 

ज्यानको सुरक्षा महत्वपूर्ण भएकोले समयमै आफूले यो घटना सार्वजनिक नगरेको बताए। ‘किनकि, त्यहाँबाट निस्केर घर परिवारलाई भनिस् र पुलिसकोमा गइस् भने राम्रो हुँदैन भनेर त्रसित गर्ने गरेकोले दिमागी रूपमा समेत ठूलो असर पुराएको छ,’ उनले लेखेका छन्, ‘पहिले आफू र परिवार सुरक्षित स्थानमा हुनु र अपराधीलाई कानुनी कठघरामा उभ्याउनु मेरो प्रमुख प्राथमिकता थियो, त्यसैले आज सबै कानुनी प्रक्रिया सकाएपछि हिम्मत जुटाएर यो लेख्दैछु।’

घर-परिवारलाई भने वा पुलिसकोमा गए जहाँ गए पनि नछोड्ने भनी लामा र कक्षपतिले धम्क्याएको उनले उल्लेख गरेका छन्। ‘तँलाई जहाँ गए पनि छोड्दिन र २०/३० लाख खर्च गरेर केटा लगाएर मार्दिन्छुसम्मको धम्की दिएका थिए,’ उनले भनेका छन्।

 

जाहेरी दिनुअघि आफैंले नेपाल सरकार, प्रहरी प्रशासन र कानुनी सल्लाहकारहरूसँग भेटेर नै सल्लाह गरेको उनले बताए। त्यसपछि अपराध अनुसन्धान कार्यालयमा २०८० साल माघ २८ गते आफूले ‍जाहेरी दिएको खड्काले बताए।

 

कार्यालयले सात दिनपछि ललितपुर परिसरमा थप अनुसन्धानका लागि फाइल पठाएको उनले बताए।खड्काले मुद्दा कमजोर बनाउन लामा र कक्षपतिले हुँदै नभएको कुराहरू गर्ने, मिलापत्र गर्दैछौं भनी भ्रमित गर्ने गरेको बताएका छन्।

 

‘निज अपहरणकारीहरूद्वारा मुद्दालाई कमजोर बनाउनको लागि हुँदै नभएको फगत कुराहरू गर्ने, हामी ज्ञानेन्द्र खड्कासँग मिलापत्र गर्दैछौं, चितवन-काभ्रेमा समेत दुई ग्रुपबीच छलफल भएको छ जस्तो भ्रामक कुरा प्रहरी प्रशासनसमक्ष पुयाएको र हामी मिलापत्र भइसक्यो, ज्ञानेन्द्र खड्काले मुद्दा फिर्ताको लागि निवेदन दिन्छ भनेको सुन्नमा आएको छ,’ उनले विज्ञप्तिमा लेखेका छन्।

 

भ्रामक कुराहरू गरेर, प्रमाणहरू मेटाउन खोज्ने र अनुसन्धान प्रक्रियामाथि नै अलमल गराउनेसम्मको प्रपन्च गरिरहेको सुन्नमा आएको उनले बताएका छन्।

 

‘म जीवनभर दिमागबाट नमेटिने गरी परेको चोट खपेर यी अपराधीहरूसँग मिलापत्र गर्ने कुरा सोच्न पनि सक्दिनँ, यति धेरै आँट र हिम्मत जुटाएर मात्र कुख्यात आपराधिक समूहसँग कानुनी लडाइँ लड्ने मनस्थितिले जाहेरी दिएको छु। मलाई मिलापत्र गरौ, फिरौती स्वरुप लिएको २५ लाख पैसा पनि फिर्ता दिन्छु, कागज पनि च्यात्छु र कुन-कुन कागजमा सही छाप गर्नुपर्छ गर्छु भनेर पटक-पटक विभिन्न मान्छेहरूबाट खबर पनि पठाएको थियो तर मैले मलाई यत्रो धम्की, त्रास र मानसिक तनाव दिइसकेपछि धेरै आँट र हिम्मत गरेर जाहेरी दिएको हुँ,’ उनले भनेका छन्, ‘अब जे कारबाही हुन्छ प्रहरी-प्रशासन र अदालतबाट हुन्छ।

 

 

म व्यक्तिगत रूपमा माफी दिन सक्दिन भनेर पटक-पटक मिलौं भनेर खबर ल्याउने व्यक्तिहरूलाई समेत भनेको छु।जाहेरी दिएको १० दिनबढी हुँदा ठोस रूपमा कारबाही अगाडि नबढेको र अलि ढिलासुस्ती भइरहेको पनि हुने सक्ने सम्भावना रहेको उनले बताएका छन्।

 

‘मलाई पुस २४ गते वडा कार्यालयमा दर्ता गर्न जानुपर्छ भनिएको थियो। किनकि, घटना घटेको दिन बेलुका ८ बजेतिर बल्ल एक जना वकिल बोलाएर कागज गराएको थियो र म भोलिपल्ट वडा कार्यलय दर्ताको लागि गइनँ र मेरो अनुपस्थिति र मन्जुरीबिना वडा कार्यलयमा समेत अपहरणकारी आफैं गएर एकल प्रमाणित गरिएको छ भन्ने बुझ्नमा आएको छ,’ खड्काले लेखेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण

म्याग्दी,  मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा अवस्थित धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण भएको छ । समुद्र सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित तिनचुले पुग्ने सडक, पदमार्ग, खानेपानी र आश्रयस्थलको व्यवस्था भएपछि त्यहाँको शिवालय मन्दिर, बराह तालमा पूजाआजा, हिमशृङ्खला, सूर्योदय र...

मङ्सिर १३ गते हुने एमाले महाधिवेशनको प्रतिनिधि चयनको तयारी सुरु

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको क्षेत्रगत मापदण्डसहितको अन्तरपार्टी निर्देशन जारी भएपछि मातहतका कमिटी र सङ्गठनले आवश्यक तयारी सुरु गरेका छन् । महाधिवेशनको प्रतिनिधि चयन देशभर आगामी मङ्सिर १३ गते एकसाथ हुने एमाले सचिवालयले जनाएको छ । आगामी मङ्सिर...

वीरगञ्ज भन्साार नाकाः विद्युतीय सवारीसाधन आयातमा बृद्धि

वीरगञ्ज (पर्सा), चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै रु ६८ करोड ५ लाख मूल्य पर्ने दुई सय २९ विद्युतीय जीप,कार र भ्यानहरु आयात भएका छन् ।गत आर्थिक वर्षको तीन महिनाका तुलनामा चालु आवको सोही अवधिमा भने विद्युतीय सवारीसाधनको आयात ह्वातै बृद्धि भएको छ...

जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने

काठमाडौँ, नेपालमा विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन तथा प्रतिरोधात्मक पूर्वाधार विकासकामा एसियाली विकास बैंक (एडिबी), विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय विकास सङ्घ र स्वीस विकास सहयोग (एसडिसी) ले सहयोग गर्ने भएका छन् ।तीन दातृ निकायले आगामी तीन वर्षसम्म प्रदान गर्ने सहायतासम्बन्धी समझदारीपत्रमा बुधबार यहाँ...

विद्यालयमा आगालागी हुँदा दुई करोड बढीको क्षति

अदानचुली (हुम्ला), हुम्लाको अदानचुली गाउँपालिकास्थित छत्रपाल आधारभूत विद्यालयमा गएराति भएको आगालागीबाट रु करोड बढीका संरचना जलेर क्षति पुगेको छ । अदानचुली–३ मा रहेको सो विद्यालयमा गएराति माथिल्लो तलाकोे झ्यालबाट आगालागी सुरु भएको थियो ।   अगालागीबाट विद्यालयको दुईतले भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ ।...

जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ मा सभा गर्ने

काठमाडौँ — जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक संघर्ष सुरु गर्ने घोषणा गरेको छ। काठमाडौँको कीर्तिपुरमा सम्पन्न आकस्मिक भेलाले विद्रोहका प्रमुख मुद्दाहरूलाई अपहरण गरिएको र युवा पुस्ताको बलिदानलाई राजनीतिक स्वार्थमा रूपान्तरण गरिएको आरोप लगाउँदै आन्दोलनको नयाँ चरण सुरु गर्ने निर्णय गरेको...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

फुटबलका लागि ‘रेफ्री’ र ‘कोच’ उत्पादन गर्न प्रशिक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  जिल्लाको दोधारा चाँदनीमा फुटबल ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण सुरु भएको छ । कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजना र दोधारा चाँदनी नगरपालिकाको आर्थिक सहयोग एवं अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक सहयोगमा प्रशिक्षण सुरु भएको हो ।   जिल्ला फुटबल सङ्घका अध्यक्ष गणेशबहादुर चन्दले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९