वाफा च्याम्पियन: नेपाल आज प्यालेस्टाईनसँग भिडदै

काठमाडौँ। नेपाल साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले आज अन्तिम खेल खेल्दै छ ।नेपालले आज प्यालेस्टाइनसँग खेल्दै छ । नेपाल र प्यालेस्टाइन यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । प्यालेस्टाइनले आफ्नो दोस्रो खेलमा सिरियालाई पराजित गरेसँगै समुह बी बाट नेपाल र प्यालेस्टाइनले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।अब समुह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनको सामना गर्ने छ भने सिरियाले इराकको सामना गर्ने छ । यो खेलपछि समुह विजेता र उपविजेताको टुंगो लाग्ने छ ।त्यसैगरी समुह ए बाट पनि सेमिफाइनलमा पुग्ने देशको टुंगो लागेको छ । समुह ए बाट जोर्डन र लेबनान सेमिफाइनलमा पुगेका छन् ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१