सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ,  यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मलुकका विभिन्न सात जिल्लाका ४९३ जना उम्मेदवारको जमानत जफत भएको छ । हाम्रा समाचारदाताहरुका अनुसार काठमाडौँका १० वटा निर्वाचन क्षेत्रका २२६ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

 

 

नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चा, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टीसहित स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ । काठमाडौँ क्षेत्र १ मा एमालेका उम्मेदवार मोहनराज रेग्मीसहित २६, क्षेत्र नं २ मा राममणि फुयाँलसहित २५, क्षेत्र नं ३ मा एमालेका उम्मेदवार रामेश्वर फुयाँलसहित १९, क्षेत्र नं ४ मा २५ जना उम्मेदवारको जमानत जफत भएको हो ।

 

यसैगरी, काठमाडौँ क्षेत्र नं ५ मा एमालेका उम्मेदवार ईश्वर पोखरेलसहित २२ जनाको जमानत जफत भएको छ । काठमाडौँ क्षेत्र नं ६ मा १७, क्षेत्र नं ७ मा २६, क्षेत्र नं ८ मा २१, क्षेत्र नंं ९ मा २२ र क्षेत्र नं १० मा २३ जना उम्मेदवारको जमानत जफत भएको हो । प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका उनीहरुले धरौटीबापत रु १० हजार निर्वाचन कार्यालयमा बुझाएका थिए ।

 

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्नेले धरौटीबापत बुझाएको रकम जफत गरिन्छ ।यसैगरी, कास्की–१ मा १४, कास्की–२ मा १४ र कास्की–३ मा १२ जना उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालयलाई उद्धृत गर्दै पोखराबाट हाम्रा स्थानीय प्रतिनिधिले जनाएका छन् ।

 

दाङस्थित रासस प्रतिनिधिका अनुसार दाङमा ५१ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी  गेहेन्द्र कवँरका अनुसार दाङ क्षेत्र नं.१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मेटमणी चौधरी, एमालेका उम्मेदवार रेवतीरमण शर्मा, स्वतन्त्र उम्मेदवार कुलप्रसाद केसीसहित १२ जना उम्मेदवारको जमानत जफत भएको छ ।

 

एमालेबाट दाङ १ मा उम्मेदवार बन्नुभएका रेवतीरमण शर्मा, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीसहित सोही निर्वाचन क्षेत्रका १२ जनाको जमानत जफत भएको छ ।
त्यसैगरी, क्षेत्र नं २ मा २० जनाको जमानत जफत भएको छ ।

 

यसैगरी, इलाममा १८ जनाको धरौटी जफत भएको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको इलाममा पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत क्षेत्र नं १ मा १३ उम्मेदवारमध्ये आठ र क्षेत्र नं २ मा १४ उम्मेदवारमध्ये एक स्वतन्त्रसहित १० जनाको जमानत जफत भएको हो ।

 

जमानत जफत हुनेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्वाला नेपाल, नेपाल मजदुर किसान पार्टीका तुल्सीकेशरी प्रजापति, मङ्गोल नेसनल अर्गनाइजेसनका बुद्धलाल मेचे, नेपाल जनमुक्ति पार्टीका डम्बरसिंह लिम्बू, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रामप्रसाद लिम्बू, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का नारदमणि साङपाङ, उज्यालो नेपाल पार्टीका हरिबहादुर गुरुङ र जनता समाजवादी पार्टीका लिलाबहादुर सुनुवारको जमानत जफत भएको हो । यसैगरी, क्षेत्र नं २ मा १० जनाको जमानत जफत भएको छ

 

यसैगरी, हाम्रा भोजपुर समाचारदाताले सम्प्रेषण गरेका समाचारअनुसार सात जना उम्मेदवारको जमानत जफत छ । बागलुङ  क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चासहित आठ  उम्मेदवारको जमानत जफत भएको छ ।

 

राष्ट्रिय जनमोर्चा केन्द्रीय अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले समेत जमानत जोगाउन नसक्नुभएको सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिनुभयो ।  रूपन्देहीस्थित रासस प्रतिनिधिका अनुसार १४३ उम्मेदवारको जमानत जफत भएको छ भने ललितपुरबाट हाम्रा स्थानीय समाचारदाताले जनाएअनुसार ६३ जना उम्मेदवारको धरौटी जफत भएको छ । उक्त जिल्लामा राजनीतिक दलका ४० र २३ जना स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको ललितपुरका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९