लिभरपुलले जित्यो इएफएलको उपाधि

काठमाडौं। लिभरपुलले इएफएल (काराबाओ) कप जितेको छ ।गएराती सम्पन्न फाइनल खेलमा चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले इएफएल कपको उपाधि जितेको हो ।लिभरपुलको जितमा खेलको ३० मिनेटको अतिरिक्त समयमा भिर्गिल भान डाइकले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

 

 

 

उनले खेलको ११८औं मिनेटमा गोल गरेका थिए ।यो जितसँगै लिभरपुलले इएफएल कप सबैभन्दा बढी १० पटक जितेको छ ।इएफएल कप लिभरपुलपछि म्यानचेस्टर सिटीले ८, म्यानचेस्टर युनाइटेडले ६, चेल्सी र एस्टन भिल्लाले ५-५ पटक जितेका छन् ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१