राष्ट्रिय गौरव योजनाको नाममा अनियन्त्रित उत्खनन गरी निजी क्रसर उद्योगहरुमा बिक्री

सिरहा। सिरहामा राष्ट्रिय गौरव योजनाको नाममा सरोकारवाला निकाय कै मिलोमतोमा गागनखाेलामा व्यापक रुपमा अनियन्त्रित उत्खनन् गरी निजी बालुवा क्रसर उद्याेगहरुमा बिक्री गरेको पाइएको छ । जिल्लामा निमार्णकार्य चलिरहेको लगडीगदियानी–जमदह सडकको नाममा गागनखोलाबाट निकालिएको गिट्टीबालुवा निजी क्रसर उद्योगहरुमा बिक्री गरेको पाइएको हो।

सडक निर्माणमा आवश्यक सवबेशको लागि निकालिएको गिट्टी बालुवा बोकेको टिफर र ट्याक्टरहरु निमार्णकार्य चलिरहेको सडकमा नलगेर स्थानीय क्रसर तथा बालुवा प्रशोधन उद्योगहरुमा बिक्री गरिरहेको स्थानीयहरु बताउँछन्। राष्ट्रिय गौरव योजनाको नाममा गागनबाट अनियन्त्रित उत्खनन गरी अवैध रुपमा स्थानीय क्रसरहरुमा बिक्री  गरे पनि स्थानिय जनप्रतिनिधि र प्रहरी प्रशासन मौन भएर बसेको स्थानीयहरुले आरोप लगाएका छन्। राष्ट्रिय गौरव योजनाको नाममा तीनवटा स्काभेटर खोलामै उतारेर दिनदहाडै नदी दोहन गरिए पनि जिल्लाका सरोकारवाला निकाय मौन भएर बस्नुले सरोकारवाला निकायकै आर्थिक सेटिङमा अवैध उत्खनन भइरहेको पुष्टि हुन्छ। गोलवजार नगरपालिकाले गत असोज १ गते देखि जेठ मसान्तसम्मका लागि जय शम्भु कन्सट्रक्सनलाई ७५ लाख ५१ हजार १ सय ११ रुपैयामा गागन नदी ठेक्कामा दिएको गोलबजार नगरपालिकाका राजस्व शाखा प्रमुख रामवृक्ष महतोले जनाएको छ ।

 

 

सडक निर्माणका लागि चाहिने नदीजन्य गिट्टी बालुवा आपूर्ति गर्ने उद्देश्यले नै गागन नदी ठेक्का लिएको सो कम्पनीका प्रतिनिधि दीपक कार्कीले बताए । कार्कीले बताएअनुसार ५० हजार घन मिटर अर्थात ५ देखि ६ हजार ट्रिपर गिट्टी बालुवा र बेसका लागि रोडा गागन नदीबाट झिक्नु पर्नेछ ।

 

 

गोलबजार नगरपालिकाले २ हजार ६ मिटर लम्बाई १ सय मिटर चौडाई र २ मिटर गहिराईसम्म स्काभेटर लगाएर खन्ने इजाजत दिएको छ । तोकिएको क्षेत्रफल उत्खनन् गर्दा करिव २ लाख घनमिटर नदीजन्य पदार्थ निस्कन्छ । लगडी गदियानी सडकमा ५० हजार घनमिटर मात्र आवश्यक पर्छ । जबकि खोलाको ठेक्का सम्झौता गर्दा स्काभेटर प्रयोग गर्ने शर्तनामामा उल्लेख छैन । सडकको नाम लगाएर जय सम्भु कन्सट्रक्सन कम्पनीले नदी दोहन गर्न लागेको छ ।गागन नदीबाट बिहान सूर्योदयदेखि सूर्यास्तसम्म स्काभेटरले उत्खनन गरेर दैनिक २ सय ट्रिपर र ५ सय ट्याक्टर ग्राभेल निकाल्ने गरेको स्थानियहरु बताउँछन्।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९