प्रतिबन्धित लागु औषधसहित एक जना प्रहरीको नियन्त्रणमा

 

बारा। बारा प्रहरीले लागु औषध गाजा सहित एक जनालाई पक्राउ गरेको छ । गाजाको कारोबार हुदै गरेको सूचना पाएको प्रहरीले निजगढ नगरपालिका १३ स्थित भक्तलाल बस्ने मान बहादुर बाईवाको घरमा खानतालासी गर्दा प्रतिबन्धित लागु औषधसहित गाजा सहित एक जनालाई पक्राउ गरेको हो ।ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलिले शुक्रबार दिउसो निजगढ नगरपालिका १३ भक्तलालका २१ वर्षिय लाल बहादुर वाईबालाई दुई सय १६ किलो गाँजा सहित पक्राउ गरेको हो ।घरमा खानतालासी गर्दा प्रहरीले बिक्रीका लागी तयार पारिएको गाँजा सहित दुई लाख सात हजार र गाँजा ओसार पसारमा प्रयोग भएको ना ३९ प २४५३ नम्बरको २२० सिसिको पल्सर मोटरसाईकल समेत बरामत गरेको ईलाका प्रहरी कार्यालय निजगढ प्रमुख तथा प्रहरी निरिक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।सवारी सहित नियन्त्रणमा लिएको वाईबालाई बारा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१