पाकिस्तानमा आत्माघाती हमलामा पाँच चिनियाँ इन्जिनियरको मृत्यु

इस्लामबाद। पाकिस्तानमा आत्मघाती बम आक्रमणमा परी ५ चिनियाँ नागरिकको मृत्यु भएको छ । चिनियाँ नागरिकहरूको अड्डा रहेको उत्तर–पश्चिम पाकिस्तानमा आत्मघाती बम आक्रमणकारीले आक्रमण गरेको पाकिस्तानी प्रहरीले जनाएको छ ।पाकिस्तानी पत्रकार आरजु काजमीले एक्स ह्यान्डल मार्फत यस हमलाको जानकारी दिएका छन् । उनले खैबर पख्तुनख्वा प्रान्तको शाङ्ला जिल्लामा चिनियाँ नागरिक माथि आत्मघाती हमला भएको बताए । यो हमला बेशाम सहर नजिक भएको थियो, जसमा पाँच चिनियाँ नागरिक मारिएका थिए। उनका अनुसार मृत्यु हुने सबै चिनियाँ इन्जिनियर रहेको बताइएको छ । यो खबर पाकिस्तानका लागि निकै महत्वपूर्ण छ, किनभने पाकिस्तानलाई चीनको नजिकको मित्र मानिन्छ ।चिनियाँ इन्जिनियरहरूको यात्रा इस्लामाबादबाट सुरु भएको बताइएको छ, जुन खैबर पख्तुनख्वा प्रान्तको दासु शिविर हुँदै गइरहेको थियो। यसै क्रममा आत्मघाती हमलाकारीले निशाना बनाएका थिए । हाल उक्त दुर्घटनामा कति जना घाइते भएका छन् भन्ने विवरण आउन सकेको छैन । सामाजिक सञ्जालमा भाइरल भइरहेका भिजुअलमा घटनास्थलमा जलेको कार देखिन्छ भने उपत्यकाबाट ठूलो धुवाँ निस्किरहेको देखिन्छ ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९