भन्सारको मोटरसाईकल प्रहरीको मिलोमतोमा सस्तोमा बिक्री गरिदैँ

चेसिस नम्बर, इन्जिन नम्बर नभएको गलाउनु पर्ने मोटरसाइकल अपराधिक क्रियाकलापमा जादै  

 

भैरहवा। भैरहवा भन्सार कार्यालयले लिलामी निकालेको स्क्रेप मोटरसाइकल बजारमा चालु हालतमा पठाउने गरेको पाइएको छ ।भन्सार कार्यालयले विभिन्न मुद्धामा रहेका पत्रु (स्क्रेप)दुई पाङग्रे मोटरसाइकल र स्कुटर लिलामी प्रक्रियाकाबाट विक्री गरेकोमा लिलामी सकार्ने प्रतिष्ठानले मोटरसाइल र स्कुटर पुन प्रयोग गर्न मिल्ने गरी विक्री गर्ने गरेको हो ।जस्को नेतृत्व जिल्ला प्रहरी कार्यालय मातहत रहेको युनिट इन्चार्जले गरिरहेका छन । विगत ७–८ वर्ष देखि रुपन्देही सिमा आसपास क्षेत्रमा सरुवा मिलाई लिलामी सकार्ने समूहमा रहेका असई राजकुमार केसीकै योजनामा ति मोटरसाइकल गलाउनु पर्ने ठाउमा गलत प्रयोग भएको छ ।भन्सार कार्यालयले कार्यालयले १ सय ४ वटा मोटरसाइकल तथा सकुटर जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा र १ सय ८० वटा पत्रुमा लिलामी बिक्री गर्नका २१ दिने सार्वजनिक सूचना जारी गरेको गरेको थियो ।चोरीपैठारीका क्रममा जफत भएर प्रयोजन बिहिन बनेका विभिन्न ब्रान्डका त्यस्ता मोटरसाइकल तथा स्कुटर लिलामीमा बिक्री गर्नका लागि मोटरसाइकल तथा स्कुटरको न्यूनतम मूल्य तोकेको थियो । तर १८० वटा मोटरसाइकल लिलामी प्रक्रियाबाट अधिकतम मुल्यमा एम एस सप्लायर्स सिद्धार्थनगर ८ ले उक्त पत्रु मोटरसाइकल सकारेर भैरहवाबाट बेच्दै आएको छ । मंगलबार सम्म ति मोटरसाइकल मध्ये १ सय ३ वटा मोटरसाइकल मात्रै पार्किङमा रहेको पाइएको छ ।   विभिन्न ४ वटा प्रतिष्ठा लिलामी प्रक्रियामा सहभागी भएका थिए । जसमध्ये ८ लाख ७५ हजारमा एम एस सप्लायर्स ले उक्त १८० वटा मोटरसाइकल सकारेको थियो । सकारेको मोटरसाइकल पत्रु गलाउने तरिकाले विक्री गर्नु पर्नेमा भन्सार कार्यालय र लिलामी सकार्नेको मिलेमतोमा उक्त मोटरसाइकल बजारमा पत्रुका लागि नकाटी अवैध तरिकाले विक्री गरिरहेको छ । स्रोतका अनुसार यसमा भन्सार कार्यालयको मुदा शाखा, लेखा शाखाका कर्मचारीहरुको संलगनता रहेको छ।

 

 

भन्सारको केही कर्मचारी र व्यवसायीहरुको सेटिङ्गमा कम भन्दा कम मुल्यमा भन्सार सकार्ने गरेको पटक पटक तथ्य बाहिरीने गरेको छ । मोटरसाइकल सरदर ४ हजार ८ सय रुपैयामा सकारेपनि असई केसीकै निगरानी र निर्देशनमा त्यस्तो अवस्था अनुसारको दर पछि मात्रैै विक्री हुने गरेको छ ।

 

 

भन्सार ऐन तथा नियमावली २०६४ को दफा ३६ को ८ मा उत्पादन भएको मितिले दश वर्ष नाघेका सवारी साधन वा इञ्जिन नम्बर वा चेसिस नम्बर वा उत्पादन वर्ष नखुलेका वा अधिकांश पार्टपुर्जा झिकिएका वा भौतिक अवस्था कमजोर भई मर्मत तथा सञ्चालन गर्न लागतका दृष्टिकोणले उपयुक्त नदेखिएको सवारी साधन लिलाम गर्दा लिलाम सकार गर्ने व्यक्तिकै खर्चमा पुनः सवारी साधनको रुपमा प्रयोगमा आउन नसक्ने गरी पत्रु बनाई सो व्यहोरा प्रज्ञापनपत्रमा नै उल्लेख गरी लिलाम गर्नु पर्नेछ भनी उल्लेख भएपनि ती १८० वटा मोटरसाइकल भन्सार कार्यालयले पुनः प्रयोग गर्न मिल्ने गरी लिलाम सकार्नेलाई दिएको छ ।

 

 

लिलाम सकार्नेले भने उक्त मोटरसाइकलहरु भैरहवाको नयाँ सडकबाट स्क्रेप गोदामबाट कतिपय मोटरसाइकल प्रति गोटाको दरले जे जस्तो अवस्थामा छ नकाटी विक्री गर्ने गरेको छ । विक्री गर्ने कार्यमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी युनिट इञ्चार्जको पनि संलग्नता रहेको छ । हालै मात्रै उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत भएका असई राज कुमार केसी मेउडिहवा प्रहरी चौकीका इञ्चार्ज हुन, उनकै निर्देशनमा ती मोटरसाइकलहरुको अवस्था अनुसार विक्री भइरहेको छ ।
लिलाम सकार्नेले सर्वसाधारणलाई मोटरासाइकल बेच्दा आफ्नो जोखिममा मोटरासाइकल लिनुपर्ने भन्दै बेच्ने गरेका छन । स्क्रेप गोदाम नजिकै रहेको मोटरसाइकल मर्मत पसलबाट ती मोटरसाइकलहरु सामान्य मर्मत पछि चालु हालतमा बनाई बेच्ने गरेको छ ।

 

 

स्रोतका अनुसार लिलाम सकार्ने व्यक्तिहरुसँग प्रहरी इन्चार्जको साझेधारी छ । केसीकै भतिजले मोटरसाइकल राखेको गोदामको रिर्पोट गरिररहेका थिए, घटना सावर्जनीक भएपछि केसीले भतिजलाई त्यहाबाट हटाएका छन । असई केसीले भने अफ्नो कुनै संलग्नता नभएको बताउछन । ‘म टायर लिनका लागि त्यहाँ पुगेको मेरो त्यस्तो कुनै संलगनता छैन’ उनले भने ।

 

 

मोटरसाइकल राखेको ठाउमा भने तिनै केसीले भोलीबाट काट्नु पर्छ भन्दै पत्र स्क्रेप संचालकलाई दिएका थिए । संचालकलाई शंका लागेपछि उक्त कागज केसीलाई नै फर्काएका थिए ।

 

 

सो ऐनको दफा ५४ मा भन्सार कार्यालयमा दाखिला भएका सवारी तथा ढुवानीका साधन, यस नियमावली बमोजिम लिलाम बिक्री गर्नु पर्ने मालवस्तु तथा ऐनको दफा ७१ को उपदफा (३) बमोजिमको मालवस्तुको मूल्याङकन गर्ने प्रयोजनका निमित्त भन्सार कार्यालयको प्रमुख वा निजको अनुपस्थितिमा निजको कार्य गर्ने गरी तोकिएको व्यक्ति संयोजक रहने गरी मूल्याङन समिति रहनेछ ।

 

 

 

जस्को सदस्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, सम्बन्धित उद्योग वाणिज्य सङ्घको प्रतिनिधि, सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रतिनिधि, सवारी र ढुवानी साधनको हकमा मेकानिकल प्राविधिक सदस्य रहने उल्लेख छ ।

 

तर यस्को मुल्याङकन के आधारमा भयो, मेकानिकल इन्जिनियरले के आधारमा प्रतिवेदन दियो यसबारे रिर्पोट आउन बाकी छ । भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले प्रक्रिया अनुसार नै लिलाम गरिएको बताए । हामीले चेसिस नम्बर र इन्जिन नम्बर काटेर पठाएको तर मोटरसाइकल नकाटेको उनले भने । पत्रु गलाउने भनेर नै पठाएका छौ, पुन ः प्रयोग गर्ने गरी विक्री भएको भन्ने बारे अनुसन्धान गर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

रघुगङ्गा गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन

म्याग्दी (बेनी), म्याग्दीको रघुगङ्गा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । पालिकाभित्रका नागरिकको स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी, सहज तथा सर्वसुलभ बनाउने उदेश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो ।  काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्सलाई गाउँपालिकाले ‘एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन’ कार्यविधि बनाएर आवश्यक स्रोत,...

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ, वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स्वागत गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८२ गत कात्तिक ३० गते शुल्क वृद्धि गरी ९ हजार ५०० बनाएको थियो । यद्यपी यसअघि ६...

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस

काठमाडौँ, सुस्त अर्थतन्त्र, उच्च तरलता, बढ्दो निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्तिका कारण बैंकिङ क्षेत्रमा देखिएका जटिल समस्या समाधान गर्न गठित बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले सुधारका सुझावसहित बुझाएको प्रतिवेदन नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।     नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले २०८२ गत जेठ ३०...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौँ, चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका व्यक्तिहरू नसमेटिएको भन्दै सच्याउन माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भ्रातृ सङ्गठनहरूले उक्त अध्यादेश संविधानको भावना विपरित भएको भन्दै तत्काल सच्याउन माग गरेका हुन्...

रघुगङ्गा गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन

म्याग्दी (बेनी), म्याग्दीको रघुगङ्गा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । पालिकाभित्रका नागरिकको स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी, सहज तथा सर्वसुलभ बनाउने उदेश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो ।  काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्सलाई गाउँपालिकाले ‘एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन’ कार्यविधि बनाएर आवश्यक स्रोत,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

रु १७ करोडको लागतमा १५ शय्याको नगर अस्पताल निर्माण

त्रिवेणी (नवलपरासी), नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा रु १७ करोड ५६ लाख २८ हजारको लागतमा नगर अस्पताल भवन निर्माण गरिएको छ । मध्यविन्दु नगरपालिकाको चोरमारामा उक्त नगर अस्पताल भवन निर्माण गरिएको हो ।   बिसं २०७९ मङ्सिरमा शिलान्यास गरी भवन निर्माण सुरु गरिएको थियो ।...

आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक

काठमाडौँ,  नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा आयोजना हुने आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ । उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । क्यानले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’ मा परेको छ । नेपाली...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९