भन्सारको मोटरसाईकल प्रहरीको मिलोमतोमा सस्तोमा बिक्री गरिदैँ

चेसिस नम्बर, इन्जिन नम्बर नभएको गलाउनु पर्ने मोटरसाइकल अपराधिक क्रियाकलापमा जादै  

 

भैरहवा। भैरहवा भन्सार कार्यालयले लिलामी निकालेको स्क्रेप मोटरसाइकल बजारमा चालु हालतमा पठाउने गरेको पाइएको छ ।भन्सार कार्यालयले विभिन्न मुद्धामा रहेका पत्रु (स्क्रेप)दुई पाङग्रे मोटरसाइकल र स्कुटर लिलामी प्रक्रियाकाबाट विक्री गरेकोमा लिलामी सकार्ने प्रतिष्ठानले मोटरसाइल र स्कुटर पुन प्रयोग गर्न मिल्ने गरी विक्री गर्ने गरेको हो ।जस्को नेतृत्व जिल्ला प्रहरी कार्यालय मातहत रहेको युनिट इन्चार्जले गरिरहेका छन । विगत ७–८ वर्ष देखि रुपन्देही सिमा आसपास क्षेत्रमा सरुवा मिलाई लिलामी सकार्ने समूहमा रहेका असई राजकुमार केसीकै योजनामा ति मोटरसाइकल गलाउनु पर्ने ठाउमा गलत प्रयोग भएको छ ।भन्सार कार्यालयले कार्यालयले १ सय ४ वटा मोटरसाइकल तथा सकुटर जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा र १ सय ८० वटा पत्रुमा लिलामी बिक्री गर्नका २१ दिने सार्वजनिक सूचना जारी गरेको गरेको थियो ।चोरीपैठारीका क्रममा जफत भएर प्रयोजन बिहिन बनेका विभिन्न ब्रान्डका त्यस्ता मोटरसाइकल तथा स्कुटर लिलामीमा बिक्री गर्नका लागि मोटरसाइकल तथा स्कुटरको न्यूनतम मूल्य तोकेको थियो । तर १८० वटा मोटरसाइकल लिलामी प्रक्रियाबाट अधिकतम मुल्यमा एम एस सप्लायर्स सिद्धार्थनगर ८ ले उक्त पत्रु मोटरसाइकल सकारेर भैरहवाबाट बेच्दै आएको छ । मंगलबार सम्म ति मोटरसाइकल मध्ये १ सय ३ वटा मोटरसाइकल मात्रै पार्किङमा रहेको पाइएको छ ।   विभिन्न ४ वटा प्रतिष्ठा लिलामी प्रक्रियामा सहभागी भएका थिए । जसमध्ये ८ लाख ७५ हजारमा एम एस सप्लायर्स ले उक्त १८० वटा मोटरसाइकल सकारेको थियो । सकारेको मोटरसाइकल पत्रु गलाउने तरिकाले विक्री गर्नु पर्नेमा भन्सार कार्यालय र लिलामी सकार्नेको मिलेमतोमा उक्त मोटरसाइकल बजारमा पत्रुका लागि नकाटी अवैध तरिकाले विक्री गरिरहेको छ । स्रोतका अनुसार यसमा भन्सार कार्यालयको मुदा शाखा, लेखा शाखाका कर्मचारीहरुको संलगनता रहेको छ।

 

 

भन्सारको केही कर्मचारी र व्यवसायीहरुको सेटिङ्गमा कम भन्दा कम मुल्यमा भन्सार सकार्ने गरेको पटक पटक तथ्य बाहिरीने गरेको छ । मोटरसाइकल सरदर ४ हजार ८ सय रुपैयामा सकारेपनि असई केसीकै निगरानी र निर्देशनमा त्यस्तो अवस्था अनुसारको दर पछि मात्रैै विक्री हुने गरेको छ ।

 

 

भन्सार ऐन तथा नियमावली २०६४ को दफा ३६ को ८ मा उत्पादन भएको मितिले दश वर्ष नाघेका सवारी साधन वा इञ्जिन नम्बर वा चेसिस नम्बर वा उत्पादन वर्ष नखुलेका वा अधिकांश पार्टपुर्जा झिकिएका वा भौतिक अवस्था कमजोर भई मर्मत तथा सञ्चालन गर्न लागतका दृष्टिकोणले उपयुक्त नदेखिएको सवारी साधन लिलाम गर्दा लिलाम सकार गर्ने व्यक्तिकै खर्चमा पुनः सवारी साधनको रुपमा प्रयोगमा आउन नसक्ने गरी पत्रु बनाई सो व्यहोरा प्रज्ञापनपत्रमा नै उल्लेख गरी लिलाम गर्नु पर्नेछ भनी उल्लेख भएपनि ती १८० वटा मोटरसाइकल भन्सार कार्यालयले पुनः प्रयोग गर्न मिल्ने गरी लिलाम सकार्नेलाई दिएको छ ।

 

 

लिलाम सकार्नेले भने उक्त मोटरसाइकलहरु भैरहवाको नयाँ सडकबाट स्क्रेप गोदामबाट कतिपय मोटरसाइकल प्रति गोटाको दरले जे जस्तो अवस्थामा छ नकाटी विक्री गर्ने गरेको छ । विक्री गर्ने कार्यमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी युनिट इञ्चार्जको पनि संलग्नता रहेको छ । हालै मात्रै उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत भएका असई राज कुमार केसी मेउडिहवा प्रहरी चौकीका इञ्चार्ज हुन, उनकै निर्देशनमा ती मोटरसाइकलहरुको अवस्था अनुसार विक्री भइरहेको छ ।
लिलाम सकार्नेले सर्वसाधारणलाई मोटरासाइकल बेच्दा आफ्नो जोखिममा मोटरासाइकल लिनुपर्ने भन्दै बेच्ने गरेका छन । स्क्रेप गोदाम नजिकै रहेको मोटरसाइकल मर्मत पसलबाट ती मोटरसाइकलहरु सामान्य मर्मत पछि चालु हालतमा बनाई बेच्ने गरेको छ ।

 

 

स्रोतका अनुसार लिलाम सकार्ने व्यक्तिहरुसँग प्रहरी इन्चार्जको साझेधारी छ । केसीकै भतिजले मोटरसाइकल राखेको गोदामको रिर्पोट गरिररहेका थिए, घटना सावर्जनीक भएपछि केसीले भतिजलाई त्यहाबाट हटाएका छन । असई केसीले भने अफ्नो कुनै संलग्नता नभएको बताउछन । ‘म टायर लिनका लागि त्यहाँ पुगेको मेरो त्यस्तो कुनै संलगनता छैन’ उनले भने ।

 

 

मोटरसाइकल राखेको ठाउमा भने तिनै केसीले भोलीबाट काट्नु पर्छ भन्दै पत्र स्क्रेप संचालकलाई दिएका थिए । संचालकलाई शंका लागेपछि उक्त कागज केसीलाई नै फर्काएका थिए ।

 

 

सो ऐनको दफा ५४ मा भन्सार कार्यालयमा दाखिला भएका सवारी तथा ढुवानीका साधन, यस नियमावली बमोजिम लिलाम बिक्री गर्नु पर्ने मालवस्तु तथा ऐनको दफा ७१ को उपदफा (३) बमोजिमको मालवस्तुको मूल्याङकन गर्ने प्रयोजनका निमित्त भन्सार कार्यालयको प्रमुख वा निजको अनुपस्थितिमा निजको कार्य गर्ने गरी तोकिएको व्यक्ति संयोजक रहने गरी मूल्याङन समिति रहनेछ ।

 

 

 

जस्को सदस्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, सम्बन्धित उद्योग वाणिज्य सङ्घको प्रतिनिधि, सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रतिनिधि, सवारी र ढुवानी साधनको हकमा मेकानिकल प्राविधिक सदस्य रहने उल्लेख छ ।

 

तर यस्को मुल्याङकन के आधारमा भयो, मेकानिकल इन्जिनियरले के आधारमा प्रतिवेदन दियो यसबारे रिर्पोट आउन बाकी छ । भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले प्रक्रिया अनुसार नै लिलाम गरिएको बताए । हामीले चेसिस नम्बर र इन्जिन नम्बर काटेर पठाएको तर मोटरसाइकल नकाटेको उनले भने । पत्रु गलाउने भनेर नै पठाएका छौ, पुन ः प्रयोग गर्ने गरी विक्री भएको भन्ने बारे अनुसन्धान गर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

लोकतान्त्रिक योद्धा यादवको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ, नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनका योद्धा रामेश्वरराय यादवको निधनप्रति दुःख व्यक्त गरेको छ ।कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज शोक विज्ञप्ति जारी गरी कांग्रेसबाट निर्वाचित रौतहटको गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवका पितासमेत रहनुभएका यादवको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । यादवको...

मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने

जनकपुरधाम,  मधेश प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ । मधेस प्रदेशको आठवटै जिल्लामा खेत तथा बगैँचामा लगाइएका आँपको रूखमा अत्यधिक मजरी अर्थात् फुल लागेको छ । चैत÷वैशाखमा चल्ने हावाहुरी, असिना तथा मधुवा रोगको प्रभाव नपरे यस वर्ष मधेसमा आँप उत्पादन उल्लेख्य...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता

खलङ्गा (दार्चुला),  दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । महाकालीमा आज पौडी खेल्ने क्रममा व्यास गाउँपालिका–६ का १५ वर्षीय धीरज धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला सदरमुकाम खलङ्गामा डेरा...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौँ,  काठमाडौँ महानगरपालिका­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा चित्र कोर्नेबारे सीप सिकिरहेका छन् । सुरुमा स्केच गर्न सिकेका उनीहरु अहिले भित्तामा चित्र बनाउन जान्ने भएका छन् ।गत शुक्रबार सुस्मिना काफ्ले भित्तामा चित्र कोरिरहनुभएको थियो । एक हातले रङको डब्बा र अर्को हातले...

सोह्र औषधि पसल निलम्बनमा

नेपालगन्ज,  औषधि व्यवस्था विभाग, नेपालगन्जले आठ महिनाको अवधिमा १६  औषधि पसललाई निलम्बन गरेको छ । निलम्बनमा परेकामध्ये ११ औषधि पसल बाँकेका र  पाँच औषधि पसल कैलालीका रहेका छन् । औषधि व्यवस्था विभाग, नेपालगन्जका सूचना अधिकारी दीपा पौडेलका अनुसार आर्थिक वर्ष २०८३÷८३ को साउनदेखि फागुनसम्मको...

सुजनलाई दोहोरो स्वर्ण

काठमाडौँ,  नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपतिले अन्तरराष्ट्रिय प्रतियोगितामा दोहोरो स्वर्ण जितेका छन् । उनले पहिलो पटक सो प्रतियोगितामा भाग लिएका हुन् ।  जर्मनीमा भएको ब्याटल अफ बभेरियामा सुजनले दुई फरक विधामा स्वर्ण पदक जितेको नेपाल उमा कुङफु सङ्घका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव सञ्जीतकुमार...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९