भक्तपुरमा घरेलु उत्पादन मेला आजसम्म

भक्तपुर ।  घरेलुु तथा साना उद्योगहरुलाई बचाउन सहयोग गर्ने उद्देश्यका साथ शुक्रबारदेखि भक्तपुरमा सुरु भएको दुईदिने घरेलु उत्पादन मेला २०८० आज शनिबारसम्म चल्ने भएको छ ।संस्कृति संरक्षण तथा पर्यटन प्रबद्र्धनका लागि घरेलु उत्पादन मेला नाराका साथ भक्तपुर नगरपालिका वडा नं १ दूधपाटीस्थित नःपुखु (पोखारी) परिसरमा मेला भएको हो । मेला हेर्नका लागि निःशुल्क प्रवेशको व्यवस्था छ ।मेलामा भक्तपुरमा उत्पादन हुने घरेलु उद्योगीहरुका उत्पादनका स्टलहरु रहेका छन् । भक्तपुरमा घरेलु स्तरबाट उत्पादन हुने दर्जनौ घरेलु उत्पादनका स्टलहरु मेलामा हेर्न पाइन्छ । साथै घरेलुस्तरमा हुने चिउरा कुटने, रक्सी पार्ने (बनाउने) लगायतको प्रत्यक्ष दृश्यका साथै नेवारी परिकारको स्वाद पनि चाख्न सकिन्छ ।मेलामा नर्सरी फलफूलका बोटविरुवाहरु (२० देखि ५ हजार वढीको रुपैयाँं)को प्रतिवोटका स्टल छन् । च्याउको परिकारहरु, भादगाउँले टोली, बासबाट बनेका डालो लगायतका विभिन्न उपकरणहरु, अमिलो, मुलाको मश्यौरा, मुकुण्डो, परम्परागत सन्जुक, काष्ठकलाका विभिन्न सामानहरु,  धातुका करुवाहरु, ह्याण्डी क्राफ्ट, धूप, सावुन, नेवारी पोशाकहरु हकुपटासी (कालो फरिया), परम्परागत जुता, मौसम अनुसारका उत्पादनहरु हर्वल, झोला, स्यानटरी प्याडहरुका स्टलहरु रहेका छन् । साथै त्यहाँं दही, समेबजी (भोज), बारा, चटामरी, योमरीलगायतका नेवारी परिकारहरुको पनि स्वाद चाख्न सकिन्छ । साथै तानबाट परम्परागत रुपमा कपडा बुनेको दृश्य पनि देख्न सकिन्छ ।आयोजक भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले साना उद्यम धरासायी भएको र त्यसलाई बचाइराख्न सहयोग पुगोस् भन्ने हिसावले वर्षमा एक पटक मेला गर्ने योजना अनुसार दोश्रो पटक मेला गरेको जनाए । विभिन्न कारणले घरेलुस्तरमा बनेका सामानहरुले बजार पाउन नसकेको भन्दै यसैको सहयोग गर्ने मेलाको मुख्य उद्देश्य रहेको उनले बताए । मेला आयोजनाको उद्देश्यमाथि प्रष्ट पार्दै स्थानीय सरकारले ससाना उद्योग बचाउन बजेटको व्यवस्था गरी संरक्षण गर्ने नीति लिनुपर्ने बताए । भक्तपुर नपामा कोसेली घर निर्माणको खाँचो रहेको औंल्याउँदै भक्तपुरका मौलिक र स्थानीय सामाग्री प्रवद्र्धनमा स्थानीय तहको अग्रसरता महत्वपूर्ण हुने उनले बताए ।संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि घरेलु उत्पादन मेला २०८० उद्योग तथा वाणिज्य कार्यालयको सहकार्य तथा भक्तपुर पर्यटन विकास समितिको संयोजनमा भएको हो । मेला चैत्र १६ र १७ गते बिहान १० बजेदेखि साँझ ६ बजेसम्म नःपुखु परिसरमा गरिने आयोजकले जनाएको छ ।मेलाको संघीय सांसद प्रेम सुवालले उदघाटन गरेका थिए । कार्यक्रमपश्चात प्रमुख अतिथि तथा अतिथिहरुले मेलाको अवलोकन समेत गरेका थिए ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी, मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न...

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

गोदावरी (कैलाली)।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका भौतिक संरचनाको अनुगमन गर्नुभएको छ । उहाँले आज धनगढीस्थित प्रदेश मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा पुगेर क्षतिको अवस्थाबारे अस्थलगत अवलोकन गर्नुभएको हो । त्यस क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९४ पैसा...

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी, मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९