धनगढी। दार्चुलामा करेन्ट लागेर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ। करेन्ट लागेर गम्भीर घाइते भएकी शैल्यशिखर नगरपालिका-१ बारिलकी ५५ वर्षीया कुमारी तितराको उपचारका क्रममा काठमाडौंमा निधन भएको परिवारले जनाएको छ।
उनकाे बर्निङ अस्पतालमा निधन भएकाे हाे। गत शुक्रबार दिउँसाे घर नजिकै बाख्रा चराउने क्रममा भुइमा लत्रिएको तारमा छुनगई करेन्ट उनलाई लागेको थियो। विद्युत वितरण केन्द्रको लापरवाहीका कारण करेन्ट लागेकाले उचित क्षतिपूर्ति पाउनुपर्ने माग पीडित परिवारले गरेकाे छ।



























































































































































