मधेशका वन क्षेत्रमा जताततै डढेलो, नियन्त्रणका निम्ती प्रभावकारी पहल भएन

बारा ।  मधेशको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट मधेश प्रदेशका स–साना बिरुवा नष्ट हुन थालेका छन् भने पूर्वपश्चिम राजमार्गमा समेत डढेलोका कारण यत्रा गर्न खतरा भएको छ । लामो समयदेखिको खडेरी तथा पानी नपरेकाले गर्मीयाम सुरु भएसँगै डढेलो फैलिदै गएको हो । मधेशका जिल्लाको बन क्षेत्र भित्रका राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वनमा तथा पूर्वपश्चिम लोकमार्ग वरपरका वन क्षेत्रमा धुँवाको मुस्लो जताततै देखिन्छ ।

 

मधेशमा सबैभन्दा बढी रौतहटमा २२ हजार हेक्टरमा डढेलोले क्षेती गरेको छ । बिशेष गरि भुई आगोका कारण यस क्षेत्रमा डढेलो नियन्त्रणमा लिन समेत सकिएको छैन भने यस प्रदेशमा रहेको एक मात्र पर्सा राष्ट्रिय निकुञ्जको एक सय हेक्टर भन्दा बढी स्थानमा डढेलो लागेको छ । यता पर्सामा भने  ५० हेक्टरमा डढेलो लागेको थियो वर्षाका कारण डढेलो नियन्त्रणमा आए पछि पछिल्लो समयमा भने पुन ः केही स्थानमा फाट्टफुट्ट डढेलोले क्षेती गरेको छ । यस्तै बारामा ५०, महोत्तरीमा ३०, धनुषामा २०, सिराहमा १०, सप्तरीमा २० हेक्टर क्षेत्रमा हाल सम्म डढेलोले क्षेत्री गरिसकेको छ ।

 

आठ जिल्ला रहेको यस प्रदेशको सर्लाहीमा भने डढेलो खासै क्षेती गरेको छैन । यस क्षेत्रमा फाट्टफुट्ट आगेलागि भएतापनि तुरुन्तै नियन्त्रण लिईएका कारण क्षेती हुन नसकेको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मंजुर अहमदले जानकारी दिए । डढेलोले वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दो छ । तर, पर्याप्त बजेट र कर्मचारीको अभावका कारण डढेलो नियन्त्रण गर्न सरकारी निकायले प्रभावकारी पहल गरेको छैन ।
डढेलो रोकथाम तथा नियन्त्रणका लागि नँया प्रविधि र वैज्ञानिक विधिको प्रयोगमा कुनै पक्षले जोड नदिएको हुदाँ डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय बासिन्दालाई जिम्मेवार बनाउन पनि कसैले पहल नगरेकाले समस्या कायमै छ ।

 

यता स्थानियले वन जङ्गलमा आगो लगाउँदा पालुवा राम्रो पलाउँछ र घाँस राम्रो हुन्छ भन्ने गलत सोचाइका कारण वन जङ्गलमा डढेलो लगाउने क्रम बढ्दै गएको छ । वन जङ्गलमा लागेको डढेलोका कारण पानीका मुहानसमेत सुक्दै गएको छ । तर डढेलो लगाउनेहरू कहिल्यै समातिदैनन् । बाराको निजगढ, कोल्हवी र जीतपुरसिमरा नगर क्षेत्रभित्र राष्ट्रिय निकुञ्ज, राष्ट्रिय वन छन् । केहीदिन अघि निकै सवेदनशिल मानिने पेट्रोलियम पदार्थको भण्डारण रहेको नेपाल आयल निगम अम्लेखगञ्ज डिपो नजिकैको पर्सा राष्ट्रिय निकुञ्जको वनमा डढेलो लागेको थियो, पेट्रोलियम पदार्थ भण्डारण भएको नजिकैको वनमा डढेलो लागेका कारण स्थानिए निकै डराएका थिए । तर वन, निकुञ्ज, प्रहरी, सोना र स्थानियको प्रयासमा डढेलो नियन्त्रण आएको थियो ।

 

यहाँ डढेलो लगाउनेहरू कहिल्यै समातिदैनन्, जीतपुरसिमरा उपमहानगरपालिका २१ का वडाध्यक्ष सुभाष श्रेष्ठले भने,‘डढेलो बस्तीमै आइपुग्ने चिन्ताले राम्ररी सुत्न सकिने अवस्था पनि छैन । पेट्रोलियम पदार्थ भण्डारण छेउको जंगलमा आगोलागेमा रातभर जागेराम बस्नुको बिकल्प छैन ।’ वन सम्पदा सुरक्षामा नभई वनको उपभोगमा मात्र लागेका कारण वनका कर्मचारीको उदासिनताले वन उजाड हुँदै गएको रौतहट चन्द्रपुर नगरपालिका ६ स्थित लमहाकी फूलमाया पुलामीले बताईन । “दिनदिनै डढेलोले वन खरानी हुँदै छ”, उनले भनिन् । वन कर्मचारीको उदासिनताले वन सखाप भइरहेको उनको भनाइ छ । डढेलो लगाए नयाँ घाँस पलाउने विश्वासले वनमा डढेलो लगाउने गरेको पाइन्छ । गोठालाले बढीजसो डढेलो लगाउने गरेका पाइएको छ । रौतहट जिल्लाको वन क्षेत्र मासिने क्रम बढेको छ ।

 

पर्याप्त जनशक्ति नहुँदा सबै क्षेत्रमा सघन गस्ती गराउन नसकिएको कर्मचारी बताउँछन् । डढेलो नियन्त्रणमा सर्वसाधारणको सहयोग आवश्यक भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताए । वन क्षेत्रको नियमित गस्ती र कारबाही प्रक्रिया दुरुस्त गर्न वन सुरक्षा र जिल्लास्थित अन्य सुरक्षा निकायको समन्वयमा संयुक्त टोली बनाएर संयुक्त गस्ती बढाइनुपर्छ भने वन क्षेत्रभित्र सशस्त्र प्रहरी पोष्टसमेत संचालनमा भए सर्वसाधरणले बनमा डढेलो लगाउने हिमत गर्ने थिएनन् ।
डढेलोले वन तथा वन्यजन्तुमा परेको असरको मूल्याङ्कन गरिँदैन मधेस प्रदेशका वनमा भएको डढेलोले वन्यजन्तुमा पारेको असरको मूल्याङ्कन गरिएको पाईदैन । सामान्यतह वन वा निकुञ्जमा आगो लाग्दा ठूला ठूला जनावरहरू आगो नलगेको क्षेत्रहरूमा जान्छन् भन्ने विश्वासका कारण समेत वनमा भएको डढेलोको क्षेत्रीबारे मूल्याङ्कन गरिने गरेको पाईदैन ।

 

मृग प्रजाति, शाकाहारी वा मांसाहारी आहार खाने प्रजातिका जनावरहरू त्यति मर्दैनन्। तर घस्रने प्रजातिका साना जीव र कमिला जस्ता किराहरू मर्छन् । तर त्यो सङ्ख्या पुनः कायम हुन्छ। गुँड लगाइरहेको अवस्था छ भने चराहरूमा पनि असर पर्छ डिभिजन वन कार्यलयका प्रमुख विनोद सिंहले भने,‘असरको मूल्याङ्कन नै गरिएको छैन । तर निश्चित क्षेत्र (ब्लक) मा आगो लाग्ने भएकाले वनको हकमा त्यति ठूलो असर परेको छैन।’ त्यसबाहेक आगलागीले घाँस र रुखहरू नष्ट पार्दा सबै किसिमका जनावरहरू जङ्गलबाट विस्थापित हुनुपर्ने अवस्था आउने गरेको विज्ञहरू बताउँछन् । आगलागीहुन नदिन फएरलाईन वा अग्नीरेखाहरु समेत बनाईएको नपाईएको विज्ञहरू बताउँछन् ।
एकैचोटि ठूलो स्तरमा आगलागी हुँदा जनावरहरूलाई जोगिन गाह्रो हुने सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाईले जानकारी दिए ।

 

‘अनियन्त्रित हिसाबले आगो लाग्दा त्यसको केही न केही प्रभाव रहन्छ । जनावरहरू भागेर बाच्न पनि सक्छन तर केही मर्छन् पनि यस्तै अण्डा दिने प्रजातिका जनावरहरुलाई त अप्ठेरो पर्लानी यसको अर्थ इकोसिस्टममा त आगलागीले समेत असर त गछ नै।’ सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष बजगाईले भने,‘त्यही भएर आगलागी नियन्त्रणका विभिन्न वैज्ञानिक उपायहरू अवलम्बन गरिनुपर्छ तथा मानवीय हेलचेक्र्याइँका कारण डढेलो लाग्ने अवस्था आउन दिनहुन्न ।’
डढेलोका कारण मधेशमा वायु प्रदूषण म्धेशका विभिन्न भागमा डढेलोको संख्यामा वृद्धि हुदाँ मधेशमा वायु प्रदूषण समेत बढेको छ । यस प्रदेशमा वायुको प्रदूषण अत्यधिक बढेको पाइएको छ । प्रदूषण बिहान र बेलुकी अत्यधिक बढेको हो ।

 

वायु प्रदूषणकै कारण बारामा रहेको सिमरा विमानस्थलमा करिब एक हप्ता सम्पुण उडान डिले गरिएको सिमरा नागरिक उड्डयन कार्यालयका प्रमुख तथा विमानस्थल प्रबन्धक सूर्यबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार कम दृश्यता लो भिजिबिलिटीका कारण बिहान हुने सम्पुर्ण उडानलाई एक हप्ता सम्म १२ बजे पछाडि सारिएको थियो तर आजबाट भने केही सुधार भएको बताईएको छ । यस्तै डढेलोका कारण पूर्व पश्चिम लोकमार्गमा चल्ने सवारी साधनका चालकलाई समेत आखा पोल्ने, बाटेमा बिपरित तिरबाट आएका सवारी साधन समेत देखिने अवस्था नभएको चालकले गुनासो गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय बाराका प्रमुख प्रहरी निरिक्षक राम कुमार महतोले बताए । उनले भने,‘यस भेगमा चल्ने सवारी साधनका चालकहरुले जंगलमा लागेको आगलागिका कारण सवारी चलाउन समेत कठिन भएको गुनासो हामीलाई गरे पछि हामीले वनलाई यसको जानकारी गराएका थियौँ।’

 

तराईका विभिन्न भागका जंगलहरुमा तिब्ररुपमा डढेलो फैलिएको छ । रौतहट, बारा, महोत्तरीलगायतका क्षेत्रमा अन्यत्रभन्दा बढी डढेलो फैलिएको छ । तराईका पहाडी तथा भित्री मधेशका जिल्लाका वनमा पनि डढेलो सक्रिय छ । डढेलोका कारण वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दो छ । तर, पर्याप्त बजेट नभएको भन्दै डढेलो नियन्त्रण गर्न सरकारी तह र निकायबाट प्रभावकारी पहल भएको छैन ।

 

यता वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासका बिरामी र मुटुका बिरामीलाई असर गर्ने भएकाले काम नपरेसम्म घरबाट बाहिर ननिस्कन र निस्कनै परे मास्क तथा चश्मा लगाउन र सावधानी अपनाउन आग्रह समेत गरिएको छ । यसैगरी डढेलो अझै लागिरहे प्रदूषण अझै बढ्ने भएकाले डढेलो नियन्त्रणका लागि सम्बन्धीत निकायले समयमै ध्यान दिन जरुरी देखिन्छ ।

jgdf ;Ns]sf] 88]nf]
ky/L, & j}zfv M df]/ªsf] a]naf/L !) efpg]df /x]sf] l;+xb]jL ;fd’bflos jgdf nfu]sf] 88]nf] . r}t j}zfv nfu];Fu} jghËndf ;fd’bflos jgx?n] cfkm}F 88]nf] nufpg] u/]sf 5g . emf8L ;kmfO ug]{, 88]nf] nufpFbf gofF kfn’jf knfpg] / 3fF; bfp/f x’g] axfgfdf cfuf] nufpg] u/]sf 5g . tl:a/ M uf]kfn sfkmn]÷/f;;

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सुनको विकल्पमा चाँदीलाई मान्यता दिनुपर्ने पत्रकार जोशीको जोड

कैलाली । सुनको मूल्य निरन्तर आकाशिँदै गएपछि विवाहजस्ता सामाजिक संस्कार सामान्य घरपरिवारका लागि ठूलो आर्थिक बोझ बन्दै गएको छ। यही सन्दर्भमा पत्रकार खेमराज जोशीले सुनको सट्टा चाँदीलाई सामाजिक मान्यता दिनुपर्ने आवश्यकता औंल्याएका छन्।   जोशीका अनुसार, “हाम्रा पुर्खाले सुनलाई मान्यता दिएर चलन चलाए, तर सुनलाई नै...

निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

नेपालगञ्ज, आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि आचारसंहितापालना गर्न यहाँ राजनीतिक दल तथा उम्मेदवार सहमत भएका छन् । दुर्गम मानिने बाँकेको नरैनापुरमा आयोजना भएको सर्वदलीय बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न दल र उम्मेदवार सहमत भएका हुन् ।     जिल्लाका मुख्य निर्वाचन प्रमुख जिल्ला अधिकारी...

यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात

पर्वत,  यस वर्ष जिल्लाबाट रु ३२ करोडको सुन्तला निर्यात गरिएको छ । यहाँका विभिन्न स्थानमा उत्पादन भएको सुन्तलाबाट रु ३२ करोड पाँच लाख भित्र्याउन कृषक सफल भएको कृषि विकास कार्यालयले जनाएको छ ।   जिल्लाको सबैभन्दा बढी सुन्तला उत्पादन हुने स्थान बाँसखर्कबाट मात्र रु २० करोडका...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

सुनको विकल्पमा चाँदीलाई मान्यता दिनुपर्ने पत्रकार जोशीको जोड

कैलाली । सुनको मूल्य निरन्तर आकाशिँदै गएपछि विवाहजस्ता सामाजिक संस्कार सामान्य घरपरिवारका लागि ठूलो आर्थिक बोझ बन्दै गएको छ। यही सन्दर्भमा पत्रकार खेमराज जोशीले सुनको सट्टा चाँदीलाई सामाजिक मान्यता दिनुपर्ने आवश्यकता औंल्याएका छन्।   जोशीका अनुसार, “हाम्रा पुर्खाले सुनलाई मान्यता दिएर चलन चलाए, तर सुनलाई नै...

सुनको विकल्पमा चाँदीलाई मान्यता दिनुपर्ने पत्रकार जोशीको जोड

कैलाली । सुनको मूल्य निरन्तर आकाशिँदै गएपछि विवाहजस्ता सामाजिक संस्कार सामान्य घरपरिवारका लागि ठूलो आर्थिक बोझ बन्दै गएको छ। यही सन्दर्भमा पत्रकार खेमराज जोशीले सुनको सट्टा चाँदीलाई सामाजिक मान्यता दिनुपर्ने आवश्यकता औंल्याएका छन्।   जोशीका अनुसार, “हाम्रा पुर्खाले सुनलाई मान्यता दिएर चलन चलाए, तर सुनलाई नै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निसीखोलामा पुतली नाचको रौनक

ढोरपाटन (बागलुङ),  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

बर्दगोरिया–३ मा नशाखोरी र आगलागीको जोखिम बढेपछि वडास्तरीय भेला

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा बढ्दो लागु पदार्थ दुव्र्यसन तथा पटक–पटक भइरहेका आगलागीका घटनालाई नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले वडास्तरीय भेला आयोजना गरिने भएको छ।   वडा क्षेत्रमा लागु पदार्थ सेवनका कारण सामाजिक समस्या बढ्दै जानुका साथै गाउँटोलमा आगलागीका घटना दोहोरिन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन (बागलुङ), बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ । बाजा बजाउने प्रचलन सङ्कटमा पर्न थालेपछि यसको संरक्षण गर्न जिल्लाका विभिन्न विद्यालय जागरुक भएका छन् । कतिपय विद्यालयले बाजा खरिद गरेर सिकाउन थालेका छन् ।   बागलुङ नगरपालिका–१२ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीले दुई वर्षदेखि...

गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध

गुल्मी,  छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बनेका छन् । पछिल्लो समयमा जिल्लामा स्वास्थ्य बिमा गर्ने नागरिकको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको छ । नागरिकले स्वास्थ्य बिमा कार्यक्रमको महत्वका बारेमा बिस्तारै बुझ्दै जान थालेसँगै स्वास्थ्य बिमाप्रतिको आकर्षण बढ्न थालेको...

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’

धरान (सुनसरी),  धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो समय गल्फ खेलाडीको ध्यान तान्न थालेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्र रहेको यो गल्फ कोर्स हाल गल्फप्रेमीहरूको मुख्य खेल केन्द्र नै बन्दै गएको छ ।   यहाँ इटहरी, विराटनगर, बर्दिबासलगायत पूर्वी क्षेत्रका...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९