सेती नदीको खोँचबाट गोताखोरले निकाले युवकको शव

पोखरा । यही बैशाख १ गतेबाट हराईरहेका एक युवकको शव सशस्त्र प्रहरी बलको गोताखोरले सेती नदीको खोँचबाट निकालेका छन् ।  सेती नदीको १५० मिटर गहिराईमा ढुंङ्गामा अड्किएको अवस्थामा युवकको शव सोमबार सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको छ । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका- १ करुवा बस्ने २५ बर्षका युवक बैशाख १ गतेदेखि हराएका थिए ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१