अफ्रिका । भारी वर्षाको फाइदा उठाउँदै नाइजेरियाको जेलबाट सयभन्दा बढी कैदी भागेका छन्नाइजेरियाको राजधानी अबुजा नजिकैको एक जेलबाट सयभन्दा बढी कैदीहरू भागेका हुन । जेल अधिकारीका अनुसार रातभर परेको भारी वर्षाले जेलका केही भागहरू ध्वस्त बनाए पछि उनीहरू जेलबाट भाग्न सफल भएका हुन ।
बुधवार राति देखी धेरै घण्टासम्म चलेको मुसलधारे पानीले नाइजर राज्यको सुलेजा सहरमा रहेको मध्यम सुरक्षा कारागारको परिधिको बारलाई ध्वस्त पारेको थियो, जसको फाइदा उठाउँदै ११८ कैदीहरूलाई भाग्ने बाटो मिलेको जेलका प्रवक्ता अदामु डुजाले भने ।
जेल सेवा र अन्य एजेन्सीहरूले फरार कैदीहरू मध्ये १० लाई पुनः पक्राउ गर्न सफल भएको छन । ‘अब हामी बाँकीलाई पुनः पक्राउ गर्नका लागि उनीहरूलाइ खोजी रहेका छौं,’ डुजाले भने, ‘जनतालाई पनि भाग्ने कैदीहरूको खोजी गर्न र कुनै पनि शंकास्पद गतिविधि देखिएमा नजिकैको सुरक्षा निकायमा रिपोर्ट गर्न आग्रह गरेका छौं ।’
डुजाले भागेका कैदीहरूको पहिचान वा सम्बद्धताको बारेमा कुनै विवरण दिएनन् । तर, विगतमा बोको हराम सशस्त्र समूहका सदस्यहरू सुलेजा जेलमा बन्दी रहेको नाइजेरियाका मिडियाहरूले उल्लेख गरेका छन ।भागेका कैदीहरूले सुलेजा सहर र छिमेकी राज्यहरूलाई जोड्ने विशाल जङ्गलको बाटो खोज्ने डर छ, जसमध्ये केही ती ठाउँहरू त आपराधिक गिरोहहरूका लुक्ने ठाउँहरू हुन्।
समाचार अनुसार नाइजेरियाका जेलमा बन्दी रहेका ७० प्रतिशत कैदीहरू अझै पनि सुनुवाइको पर्खाइमा रहेका छन । नाइजेरियाका अधिकांश कारागारहरू पुराना छन्, जुन १९६० मा बेलायतबाट पश्चिम अफ्रिकी राष्ट्रको स्वतन्त्रताअघि औपनिवेशिक कालमा निर्माण गरिएका थिए। जसका कारण ती जेलहरू सुरक्षाको हिसाबले कमजोर रहेका छन ।
संरचनाहरू विरलै पुनर्निर्मित रहेका छन, जसले विगतका जेल ब्रेक गरी कैदीहरूलाई भाग्न सजिलो बनाएको छ। यसरी हजारौं कैदीहरू जेलबाट भागेका छन् । अबुजा सहित २०२२ मा लगभग ९०० कैदीहरू भागेका थिए ।

































































































































































