वन जोगाउन भोजपुरमा डढेलो नियन्त्रण अभियान सञ्चालन

भोजपुर,  वन डढेलोबाट हुने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सप्ताहव्यापी वन डढेलो व्यवस्थापन अभियान सञ्चालन गरिएको छ । जिल्लामा प्रत्येक वर्ष सुख्खा मौसमसँगै वन डढेलोको जोखिम बढ्ने भएकाले सम्भावित जोखिम क्षेत्रलाई मध्यनजर गर्दै डिभिजन वन कार्यालयले अभियान सुरु गरेको हो ।

 

 

 

अभियानअन्तर्गत जनस्तरसम्म वन डढेलोका कारण, त्यसबाट हुने क्षति र रोकथामका उपायबारे जानकारी दिने कार्यक्रम सञ्चालन गरिएको छ । यस क्रममा जनचेतनामूलक सामग्री वितरण, सञ्चार माध्यममार्फत सूचना प्रकाशन तथा प्रसारण, विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम आयोजना गर्ने लगायतका गतिविधिलाई तीव्र पारिएको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाँले जानकारी दिनुभयो ।

 

 

उहाँका अनुसार सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सरोकारवाला निकाय, स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह, सुरक्षा निकाय तथा स्थानीय नागरिकको सहभागितामा प्रभातफेरी, अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । “वन डढेलो नियन्त्रण तथा रोकथामका लागि चैत १ गतेदेखि सप्ताहव्यापी अभियान सञ्चालन गरेका छौँ,” प्रमुख मियाँले भन्नुभयो, “यस अभियानमार्फत जनस्तरसम्म सचेतना फैलाउने, वन क्षेत्रमा हुने लापरबाही कम गर्ने र डढेलोका घटनालाई न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ ।”

 

 

अभियानका क्रममा अरुण गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकाका विभिन्न स्थानमा वन डढेलो नियन्त्रणसम्बन्धी सचेतनामूलक सन्देशसहितका होर्डिङ बोर्ड राखिएको वन कार्यालयले जनाएको छ । त्यस्तै अन्य स्थानीय तहका मुख्य सडक तथा वन क्षेत्र नजिकका स्थानमा पनि सचेतनामूलक सूचना राख्ने तयारी गरिएको छ ।

 

 

 

सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा वन क्षेत्रमा अग्नि रेखा निर्माण गर्ने, झाडी सफा गर्ने, जोखिमयुक्त क्षेत्रमा नियमित गस्ती गर्ने र वन हेरालुमार्फत वनको निगरानी बढाउने कामसमेत भइरहेको छ । डढेलो फैलन सक्ने सम्भावित क्षेत्रको पहिचान गरी त्यहाँ विशेष सतर्कता अपनाइएको कार्यालयले जनाएको छ ।

 

 

मुख्य रूपमा पौवादुङमा गाउँपालिका, हतुवागढी गाउँपालिका, अरुण गाउँपालिका, रामप्रसादराई गाउँपालिका र भोजपुर नगरपालिकाको तल्लो भेग डढेलोको उच्च जोखिममा रहेको जनाइएको छ ।ती क्षेत्रमा वन क्षेत्र घना हुनुका साथै सुख्खा मौसममा घाँसपात तथा झाडी सुक्ने भएकाले डढेलो फैलने सम्भावना बढी रहने वन कार्यालयको भनाइ छ । त्यसैले ती क्षेत्रहरूमा निगरानी बढाइएको र सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारीसमेत गरिएको छ ।

 

 

वन क्षेत्रमा हुने डढेलोले वन्यजन्तुको बासस्थान नष्ट हुनुका साथै जैविक विविधता, वातावरण र मानव बस्तीमासमेत ठूलो असर पार्ने भएकाले सबै नागरिकलाई सचेत रहन वन कार्यालयले आग्रह गरेको छ । विशेषगरी वन क्षेत्रमा घाँसपात जलाउने, चुरोट वा आगलागीजन्य पदार्थ लापरवाहीपूर्वक फाल्ने जस्ता गतिविधि नगर्न तथा डढेलो लागेको जानकारी भएमा तुरुन्त सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरिएको छ ।

 

 

वन डढेलो नियन्त्रणका लागि स्थानीय समुदायको सक्रिय सहभागिता अत्यन्त आवश्यक हुने भएकाले जनस्तरमै सचेतना अभिवृद्धि गर्न यस्ता अभियान प्रभावकारी हुने जानकारहरुको भनाइ छ । यहाँ ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ सप्ताहव्यापी अभियान सुरु भएको हो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९