गर्मी छल्न पानीको सहारा: भैरहवाका वाटरपार्कमा नेपालीसहित भारतीयको भिड

भैरहवा ।   सन्तकबिर नगरका हनि सिंह साथीहरु सँग भैरहवाको एक्वा पार्कमा आइतबार ११ बजे विहानै आए, उनी नेपाल आउनुको एउटा मात्रै उद्देश्य केही भएपनि गर्मीमा राहत होस भन्दै वाटर पार्कको आनन्द लिनु थियो । जसअनुरुप उनले करिब ६ घण्टा नेपालमा विताएर साझ घर तर्फ लागे ।

 

 

 

यस्तै प्रदिप शर्मा पनि परिवार सहित गर्मी छल्न यहाँ आए उनी आफु मात्रै आएनन २ छोरा १ छोरी र श्रीमति सहित परिवरिक आनन्द लिन वाटरपार्क आए  । गर्मीले बस्न नै नसकेर परिवार नै लिएर उनी भैरहवा पानीसँग खेल्न आएको आएका हुन । गर्मीले अतालिएका थियौ, परिवार र बच्चाहरु पनि आनन्दीत भए, हामीतिर खासै यस्तो वाटर पार्कहरु नभएकोले नेपाल आएको उनले भने ।

 

 

 

यो त केवल उदाहरण मात्रै हो । भैरहवामा रहेको एक्वा पार्क र रेडसन वाटर पार्कमा अहिले भारतिय पाहुनाहरुको भिड नै लाग्ने गरेको छ । भारतको छिमेकी जिल्लाबाट मात्रै होइन भैरहवा आसपासका युवा युवती, बच्चा र व्यस्कहरु पनि अहिले भैरहवाका यि दुवै व्यवसायीक रुपमा पानीजन्य मनोरञ्जनका लागि सञ्चालित वाटरपार्कमा आन्नद लिन आउने गरेका छन । उखरमाउलो गर्मी छल्न पानीको सहारा लिनु परेको पानी प्रेमीहरुको भनाई छ ।

 

 

 

सिमाबाट नजिक भएकोले पनि भारतका सिमावर्ती क्षेत्र सुनौली, नौतनवा, गोरखपुर मात्रै होइन आयोध्या, नौगढ, कुशीनगर, सन्तकबिरनगर लगायतका ठाउँहरुसम्मका स्विमीङ्ग पारखीहरु सातामा नियमित रुपमा आउने गरेका छन । लुम्बिनी र भैरहवा आसपास आउने बाह्य तथा आन्तरिक पर्यटकहरु पनि केही दिन देखि शितलता सहितको मनोरञ्जन लिने क्रम बढेको छ । गर्मी मौसममा शीतलता लिन र बच्चाहरूसँग छुट्टी मनाउन वाटर फन पार्कहरू विकल्पको रुपमा छन,  शनिबार र आइतबार भिड नै हुने गरेको संचालकहरु बताउछन । बच्चा देखि वयस्क सम्म एकै ठाउँमा मनोरञ्जन लिन सक्ने स्थान भएकोले पनि पछिल्लो समय वाटर फन पार्कमा परिवार नै आउने गरेका छन ।

 

 

 

समुन्ध्रको अनुभुति दिलाउन नेपालकै नमुनाको रुपमा यि वाटर पार्क सञ्चालनमा छन । जल क्षेत्रको माध्यमबाट पर्यटन क्षेत्रको बिकासका लागि युवा उद्यमी अभिषेक शर्माको लगानीमा लुम्बिनी अम्युजमेन्ट पार्क (एक्वा पार्क) संचालनमा छ भने पर्यटन व्यवसायी प्रमोद यादवको लगानीमा रेडसन वाटर फनपार्क संचालित छ ।  सिमाबाट ५ किलो मिटर भित्रै पर्ने यि वाटरपार्कको उद्देश्य पनि भारतिय जल प्रेमी पर्यटकहरुलाई तान्नु रहेको थियो, सामुन्द्रीक छाल सहितको वाटर फन पार्क रुपन्देहीमा ३ वटा रहेको छ । साढे ६ विघा क्षेत्रफलमा २ हजार बढिले मनोरञ्जन लिन सक्छन भने अर्को बसन्तपुरमा १४० वर्ग फिटमा फैलिएको पार्कमा एक हजार जना अट्ने क्षमताको छ ।

 

 

 

एक्वा पार्क अमेरिकन टेक्नोलोजीबाट निर्मित वाटर फनपार्कमा बालबालिकादेखि वयष्कसम्मका एकै ठाँउमा मनोरञ्जन गर्दा दुर्घटनाको सम्भावनालाई मध्यनजर गरी उमेर समूह अनुसारको सलाइडहरु छन । यस्का साथै परिवारिक सलाइडमा १० फीट र २० फीट उचाईका ३ वटा सलाइडहरु टनेल सलाइड, ३ लेन सलाइडर रिभोल्भिङ सलाइडहरु, अग्लो टावरबाट २ वटा सलाइडीङ ,मल्टीलेन सलाइड रेन डान्स, क्रेजी रिभर, एक्वा प्ले, बेबी स्लाडिङ, मसरुम  स्प्रे, अम्ब्रेला सावर, लगायतका मल्टी वाटर खेलका मनोरञ्जनात्मक उपकरण जडित छ ।

 

 

 

‘हामीले युवाहरुका लागि साहसिक सलाइड अन्तर्गत २५ फीट उचाईबाट यस क्षेत्रमा अहिले सम्मकै लामो तिव्र गति २ सय फीटको स्पीड सलाइड जडान गरेका छौ, यस्तै सेल्फिका लागि सबै उमेर समूहलाई सुहाउने १७–१८ वटा प्वाइन्ट बनाएको संचालक एक्वा पार्कका संचालक शर्माले भने । स्वास्थ्य र सुरक्षालाई मध्यनजर गरी अत्याधुनिक वाटर फिल्टर सिस्टमबाट पानी प्रशोधन गरी वातानुकुलित बनाई पानीलाई पूर्ण रूपमा सुरक्षित बनाएर मात्र प्रयोगमा ल्याइरहेका छौ भने भवितव्यका लागि तालिमप्राप्त लाइफ गार्डको नेतृत्वमा लाइफ गार्ड र प्राथमिक उपचारका लागि जनशक्ति नै राखेकोे शर्माले भने ।

 

 

 

 

अहिले गर्मी बढेकोले पार्क आउनेको संख्यामा धेरै बृद्धि भएको छ । विदाको दिन, शनिबार र आइतबार अरु दिनको तुलनामा भिडभाड नै हुने गरेको छ । यहाँ आउने ८० प्रतिशत सेवाग्राही भारतबाट आउने गरेका छन, शनिबार र आइतबार त टाढा टाढाबाट नियमित समूहमा नै आउने गरेका छन, सोही लाई मध्य नजर गर्दै हामीले डिजे र नृत्यसहितको मनोरञ्जन दिने गरेको संचालक शर्माले भने ।

 

 

 

 

यता रेडसन फनपार्कमा पनि भारतिय ग्राहकहरुको आकर्षण बढेको छ । चैत्रको दोस्रो साताबाट सुरुवात भएको वाटरपार्कमा पछिल्लो २ साताबाट गर्मी बढेसँगै भारतियसँगै नेपालीहरुको चाप बढेको छ । पहिलाको तुलनामा अहिले विस्तारै पानीका पारखीहरु बढ्ने क्रममा रहेको म्यानेजर निकेश यादवले भने । हाम्रो सुरुवाती चरणमा ग्राहकहरुको संख्या थोरै भएपनि अहिले टाढा टाढाका  ग्राहक आइरहेका छन । शुक्रबार, शनिबार र आइतबार भिड नै लाग्ने गरेको छ, उनीरुको स्वास्थय र सुरक्षालाई ध्यानमा राखी नियमित रुपमा पानी प्रसोधन र परिवर्तन गर्ने गरेको बताए ।

 

 

 

हामीले अहिलेको अवस्थालाई मध्यनजर गर्दै व्यस्कलाई ३००, बच्चाहरुको २५० र हेर्न आएकालाई १०० रुपैया टिकट तोकेका छौ, विस्तारै गेमहरु पनि अपडेट गर्दै लगिरहेको म्यानेजर यादवले भने । पानी पारखीहरुको रोजाई नै बेभ पुल हुने गरेको छ, अन्य खेल संयन्त्रमा रमाउनु भन्दा समून्द्र अनुभुति यहाँ पाएकोले बढी आकर्षणा रहेको हुन्छ । नेपाल भुपरिवेष्ठित मुलुक र भारतको उत्तरी क्षेत्रसँग समुन्द्र नछोइएकोले पनि कृत्रिम समून्द्रीक अनुभूति लिन वाटर पार्क आउने गरेका छन ।

 

 

 

 

रुपन्देहीको भैरहवा अहिले नैपालकै उच्च तापक्रम भएको शहर हो । २ साता देखि भैरहवाको तापक्रम उच्च मापन गरिएपनि पछिल्लो २–३ दिन देखि तापक्रम मापनमा गिरावट आएपनि गर्मी भने कम भएको छैन । जल तथा मौसम विज्ञान कार्यालय भैरहवाका अनुसार गत आइतबार भैरहवाको अधिकतम तापक्रम ४३ दशमलव ६ मापन गरिएकोमा यो रकेर्ड यस वर्षको अहिले सम्मकै उच्च रहेको कार्यालय प्रमुख वरुण पौडेलले भने । भैरहवाको हाल सम्मकै उच्च तापक्रम भने सन १९९५ को मे ३ मा ४५ दशमलव २ पुगेको मापन भएको थियो । भैरहवाको यो साताको सरदर तापक्रम अधिकतम ४० डिग्री सेल्सियस मापन गरिएको छ । विगतका केही दिन देखि भैरहवाको तापक्रम यही अनुपातमा रहेको छ । गर्मीले मानिस अतालिएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभएको छ । सिंहदरबारमा आज सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रथम वार्षिकोत्सव एवं सार्वजनिक सेवा प्रसारण तथा ‘एनटिभी वल्र्ड’ को शुभारम्भ समारोहमा उहाँले पिएसबीमार्फत दिइने विषयवस्तु प्रभावकारीे हुनुपर्ने बताउनुभयो...

लिम्चुङबुङ उदयपुरको प्रमुख सुन्तला जोन क्षेत्र बन्दै

गाईघाट (उदयपुर), यहाँका पहाडी गाउँपालिकामध्ये लिम्चुङबुङ दुई वर्षदेखि जिल्लाको प्रमख सुन्तला जोन क्षेत्र बन्दै गएको छ । लिम्चुङबुङ–५ बलाम्ता चलेसटेम्माका सुन्तला उत्पादक कृषक रेसराज राईका अनुसार पाँच वर्षअघिसम्म गाउँमा ८०० देखि एक हजार २०० बोटभन्दा बढी सुन्तला थिएनन् ।   पाँच वर्षयता प्रत्येक घरका कृषकले २००...

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस,सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुग्नुभएको छ । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।   गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ...

न्यायको अनुभूति हुनेगरी काम गर्न पीडितको सुझाव

बाजुरा, तत्कालीन राज्य र विद्रोही पक्षबाट पीडित भएका यहाँका नागरिकले राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई न्यायको अनुभूति गराउने गरी काम गर्न सुझाव दिएका छन् । शान्तिसम्झौता भएको २३ वर्ष बितिसक्दा पनि आफूहरूले न्याय नपाएको भन्दै न्यायका पक्षमा कार्यरत सबैले पीडितका लागि प्रभावकारी काम गर्नुेपर्ने...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शैक्षिक गुणस्तर सुधारमा अब्बल बन्दै कृष्णपुरको नन्द मावि

कञ्चनपुर, कृष्णपुर नगरपालिका–३, देखतभूलीस्थित नन्द माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधारलाई मुख्य एजेण्डा बनाएर नमुना विद्यालयका रूपमा स्थापित गर्ने अभियान अघि बढाएको छ । विद्यालयले ‘हामी बनाउँछौँ विद्यालय’ भन्ने नारासहित शिक्षक, विद्यार्थी र समुदाय सबैलाई सहभागी गराउँदै सकारात्मक रूपान्तरणको नमुना प्रस्तुत गरेको छ । विद्यालयले हालै...

थालेसेमियाका बिरामीको स्वास्थ्य बिमा शुल्क हस्तान्तरण

चितवन,  भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरुको स्वास्थ्य बिमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बिमावापतको रकम हस्तान्तरण गरेको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेललाई समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले बिमावापतको रकम हस्तान्तरण गर्नुभएको हो ।   कँडेलले उनीहरुको स्वास्थ्य बिमावापतको रु दुई लाख...

हङकङ इन्टरनेशनल सिक्सेसः नेपाल युएईसँग पराजित

काठमाडौँ, हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९