सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा

भैरहवा । भैरहवाको सिद्धार्थनगर सिटी अस्पतालले प्रविधिसँगै सेवाहरु विस्तार गर्दै गइरहेको छ । फड्को मार्दै गएको स्वास्थ्य सेवामा दैनिक रुपमा नयाँ नयाँ प्रविधिको आगमन भइरहदा सिटी अस्पतालले सोही अनुसार सेवा अद्यावधिक गर्दै गएको छ ।

 

 

अस्पतालले शल्यक्रिया क्षेत्रमा नयाँ प्रविधि लेजर तथा दुरविनबाट जटिल रोगका अपरेशन गर्ने प्रविधि र विशेषज्ञ चिकित्सकबाट सेवा दिइरहेको छ । यस्तै टाउकोमा गम्भिर चोट लागेका विरामीहरुलाई अकालमै ज्यान लजाओ र जोखम कममै उपचार होस भन्ने उद्धेश्यले २४ सै घण्टा न्यूरो सर्जरी सेवा दिइरहेको छ । न्यूरो सर्जरी र जनरल सर्जरीमा अस्पतालले यस क्षेत्रमै विशिष्टिकृत सेवा प्रदान गर्दै आएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए ।

 

 

 

विरामीको आवश्यकतालाई मध्यनजर गर्दै सहज उपचारका लागि अनुभवी डाक्टर बाट हामीले सेवा दिइरहेका छौ, त्यसमा पनि अपडेट गर्दै मस्तिष्क तथा नशा रोग सम्बन्धि बिशेषज्ञ सेवा सहित अत्याधुनिक प्रविधि २४ सै घण्टा सेवा दिन लागिएको छ । बढ्दो दुर्घटनाका कारण प्रभावित विरामी काठमाण्डौ चितवन र भारत तर्फ भौतारिरहेको अवस्थामा अस्पतालले ट्रमा न्यूरो तथा सर्जरी सेवामा ख्याती प्राप्त गरेको बताए । डा. सन्नी थापा तथा अर्थोपेडिक सर्जनहरुको टिमले सबै प्रकारको उपचार सफलतापूर्वक गर्दै आएको प्रबन्ध निर्देशक पौडेलले भने ।

 

 

 

न्यूरो सेवामा न्यूरो सर्जरी अन्र्तगत टाउकोमा कुनै पनि प्रकारको चोट, रगत जमेका विरामी, टाउकामा ट्युमर, मेरुदण्डमा ट्युमर, मस्तिष्क घात, मेरुदण्डमा चोटपटक, अथवा नशा च्यापिएको, टाउको दुखिरहने, वान्ता हुने, प्यारालाईसिस भएको एवम यसका लक्षण देखिने विरामीहरुलाई सेवा दिदै आएको डा. सन्नी थापाले बताए ।

 

 

 

न्यूरो संगै सामान्य जनरल सर्जरीमा पनि सिद्धार्थनगर सिटी अस्पतालले आफ्नो विशिष्टिकृत सेवा प्रदान गर्दै आईरहेको छ । डा. हरि शर्माको नेतृत्वमा प्रायजसो अपरेशनहरु दुरबिन प्रविधिद्वारा सफलतापूर्वक गर्दै आएको छ । उनले परम्परागत शैली भन्दा दुरविनबाट शल्यक्रिया अहिलेको नयाँ प्रविधि भएकोले इन्फेक्शनको जोखिम कम हुने, जटिल शल्यक्रिया पनि सफल रुपमा गर्न सकिने दाबी गरे । जर्मन टेक्नोलोजीको विश्वस्तरीय मान्यता प्राप्त मेसिनबाट एउटा प्वालबाट नै शल्यक्रिया हुने बताए ।

 

 

 

एपेन्डिसाईटिस, हर्निया, पित्तथैलीको पत्थरी, हाईड्रोसिल, हर्निया, मृगौलीको पत्थरी लगायतमा पहिला चिरेर अपरेशन गर्नुपर्ने पद्धति रहे पनि अहिले यसलाई सानो प्वाल पारी दुरबिनबाट नै गर्न सकिने डा. शर्माले जानकारी दिए । यसरी अपरेशन गरिएको विरामी छिट्टै निको हुने र आफ्नो काममा फर्कने गरेको उनको भनाई छ ।

 

 

 

काठमाण्डौं, बुटवल, र भारतको तुलनामा निकै सस्तो रहेको र यसको सफलतापूर्वक कार्यान्वयन भैरहेको छ । परम्परागत भन्दा यो प्रविधिबाट शल्यक्रिया गर्दा केही मात्रै महगो रहेको छ । यो पनि अन्य निजि अस्पतालको तुलनामा निकै कम छ ।
नेपाली विरामीहरुलाई लक्षित गरि बैशाख २० गते देखि जेठ ४ गते सम्म निशुल्क ओपीडी सेवा सञ्चालन गरिएको उनले बताए । यस बाहेक ल्याब, एक्सरे, भिडियो एक्सरे, तथा ईसिजीमा ५० प्रतिशत छुट प्रदान गरिएको बताए ।

 

 

 

अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा सहित न्यूरो सर्जरी, मुटु रोग, जनरल फिजिशियन, जनरल सर्जरी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ, वालरोग विशेषज्ञ, नाक, कान घाँटी रोग विशेषज्ञ, कृत्रिम गर्भाधान सेवा, कपाल प्रत्यारोपण सेवा उपलब्ध गराउदै आएको छ । यस्तै निशुल्क हेमोडाईलासिस सेवा, आईसियु÷एनआईसियु, सुरक्षित गर्भपतन, सम्पूर्ण प्रकारका अपरेशन, मोडुलर अपरेशन, सिटी स्क्यान, भिडियो एक्सरे, डिजिटल एक्सरे लगायतको सेवा प्रदान गर्दै आएको निर्देशक पौडेलले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी, मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न...

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

गोदावरी (कैलाली)।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका भौतिक संरचनाको अनुगमन गर्नुभएको छ । उहाँले आज धनगढीस्थित प्रदेश मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा पुगेर क्षतिको अवस्थाबारे अस्थलगत अवलोकन गर्नुभएको हो । त्यस क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९४ पैसा...

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी, मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९