काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच उप्किएपछी विमानस्थल झन्डै एक घन्टा अवरुद्ध भएको छ ।विमानस्थलका प्रवक्ता सुवाष झाका अनुसार, धावनमार्गको चार्ली र डेल्टा ट्याक्सीवे सेक्सनको मध्यभागमा अलकत्रा र गिट्टी उप्किएपछि उडान बन्द गरिएको थियो ।धावनमार्गमा अवतरण गर्ने जहाजले टावरलाई पिच उप्किएको जानकारी गराएपछि काठमाडौं विमानस्थलले सबै उडान रोकेको हो । मर्मतपछि अहिले भने विमानस्थल सञ्चालनमा आएको छ ।
कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ नौनियामा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर तथा खोप कार्यक्रम सम्पन्न भएको छ। बर्दगोरिया गाउँपालिकाको पशु सेवा शाखा र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनगढीको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष कर्णबहादुर...




















































































































































