आज बजेट आउदै

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट आज दिउँसो ल्याउने भएको छ ।संसदको अवरोध जारी रहेको बेला आज बजेट वक्तव्यका लागि दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको छ ।अर्थमन्त्री बर्षमान पुनले अपराह्न १ बजेदेखि संसदमा बजेट भाषण गर्ने तालिका तय गरिएको छ ।

 

 

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगि प्रकरणको संसदीय छानबिनको माग गर्दै संसद अवरोध गरिरहेकाले संसदमा बजेट कसरी प्रस्तुत हुन्छ भन्ने स्पष्ट रहेको छैन । दलहरुबीच अहिले पनि संसदीय छानबिन समितिको कार्यादेशको विषयमा सहमति जुटाउने प्रयास जारी रहेको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?