आर्मीको जुनियर अफिसरदेखि विदेशी मुलुकहुँदै होमस्टेसम्मको यात्रा

सौराह | नेपाल आर्मीमा २० वर्षसम्म जागिर गरेर जुनियर अफिसरको रुपमा पेन्सन निस्केका ज्ञानेन्द्र थापा अहिले ५९ वर्षका भएका छन्, तर उनको उत्साह र जोस भने अझै १८ वर्षकै किशोरावस्थाजस्तै रहेको छ।सेनाबाट अवकाश लिएपछि काम खोज्दै उनी कतार पुगेका थिए। थापा भन्छन्, “आर्मीको पेन्सनबाट मात्रै जीवनयापन गर्न गाह्रो थियो, त्यसकारण म कतार गएँ।” कतारमा समेत उनले ८ वर्षसम्म सुरक्षा गार्डको रुपमा जागिर खाए। विदेशमा ८ वर्ष बसेपछि नेपाल फर्किएका थापाको मनमा होमस्टे सञ्चालन गर्ने सोच आयो। चितवन राष्ट्रिय निकुञ्जको छेउमै उनको आफ्नै जग्गा थियो, त्यसैले पनि उनले होमस्टे सञ्चालन गर्ने योजना बनाएका हुन्। उनले “कोरोना महामारी सुरु हुनुअघि होमस्टेमा निकै राम्रो व्यवसाय देखेको” बताउँदै २०१५ सालदेखि होमस्टे सञ्चालन ल्याएको जानकारी दिए।

 

 

 

नेपालमै केही गर्ने र टोल समाजलाई समेत साथसाथै लैजाने सोचका साथ बैंकबाट ऋण लिएर ज्ञानेन्द्र थापाले होमस्टे सञ्चालन गरेको बताउछन् । “एक करोड भन्दा बढी लागतमा यस होमस्टेको सुरुवात गरेको हुँ, र अहिले ऋण तिरिरहेको छु,” उनले भने।सुरुमा उनले आफ्नै परिवारका चार सदस्य र दुई जना बाहिरी कर्मचारीको सहयोगमा होमस्टे सञ्चालन गरेका थिए। चितवन जिल्लाको खैरहनी नगरपालिका-१३ हर्नारी स्थित आफ्नै जग्गामा उनले “हरियाली होमस्टे” सञ्चालनमा ल्याएका छन्। यो होमस्टे सौराहा बजारबाट करिब एक किलोमिटर पूर्वतर्फ रहेको कुमरोज सामुदायिक वनसँग जोडिएको छ।

 

 

 

ज्ञानेन्द्रको “हरियाली होमस्टे”मा देशविदेशका पर्यटकहरु आउने गर्दछन्। होटलस्वरुपको यो होमस्टेमा सिजनको समयमा एक महिनामा करिब ५ सय जनासम्म आगन्तुकहरु आउने गरेको उनले बताए। “असोज देखि माघसम्म नै धेरैको पर्यटकीय सिजन भएकाले त्यसबेला धेरै पर्यटक आउँछन्,” उनले भने, “तर अन्य समयमा भने फाट्टफुट्ट दुई/तीन जनामात्र पर्यटक आउने गर्छन्।” असोज-माघको सिजनमा होमस्टेको मासिक कमाइ ३ लाख रुपैयाँसम्म हुने गरेको उनले बताए । तर कोरोना महामारीपछि होटल व्यवसायमा आएको आर्थिक मन्दीका कारण आगन्तुकको सङ्ख्या कम हुँदै गएको उनको भनाई थियो।

 

 

 

हरियाली होमस्टेलाई कोरोना महामारीका कारण बिचको तीन वर्षसम्म पूर्णरूपमा बन्द गर्नुपरेकोले आर्थिक भार थपिएको गुनासो थापाले गरे। उनले भने, “कोरोनापछि राम्रो हुने सोचेका थियौं तर अहिले आर्थिक मन्दी सुरु भएको छ, देशको आर्थिक अवस्था नाजुक बनेको छ। यसले व्यवसाय क्षेत्रमा समेत प्रभाव पारेको छ। हाम्रो व्यवसाय अलिकति सफल हुन थालिसकेको थियो तर अहिले त्यति सफल भइसकेको छैन।”

 

 

 

ज्ञानेन्द्र थापा भन्छन्, “सम्भव भएसम्म होमस्टेमा आर्गानिक तरिकाले नै चीजहरू प्रयोग गरिरहेका छौ ।” ग्राहकको रुचि अनुसारका परिकारहरू तयार पारिने उनको भनाई छ। उनका अनुसार ग्राहकहरू पहिलेनै बुकिङ गरेर मात्र आउने भएकाले बुकिङको समयमा नै के खाने भन्ने निश्चित गर्नुपर्छ।

 

 

 

त्यसैगरी, हरियाली होमस्टेसँग आफ्नै जिप सफारीको पनि व्यवस्था छ। त्यहाँ आउने ग्राहकहरूले बाहिरको सफारीको लागि झन्झट गर्नुपर्दैन। साथै, हात्ती सफारीको समेत व्यवस्था गरिएको छ। यसबाहेक थारु संस्कृतिको अनुभव लिन पनि सकिन्छ।

 

 

 

हरियाली होमस्टेमा प्रति कोठाको शुल्क १२ सय रुपैयाँ लिइन्छ। त्यसैगरी, नर्मल खानाको प्रति व्यक्ति २ सय रुपैयाँ शुल्क लाग्छ। अन्य सेवाहरुको लागि छुट्टै शुल्क लिइन्छ। कम्बाइन्ड सफारीको लागि ८ सय रुपैयाँ शुल्क लाग्छ भने ११ जनाको समूहलाई ७०० रुपैयाँमा सफारी सेवा उपलब्ध गराइन्छ। त्यसैगरी, हात्ती सफारीको शुल्क १६०० रुपैयाँ रहेको थापाले बताए।यसरी एक आर्मीको जुनियर अफिसरदेखि विदेशी मुलुकहुँदै होमस्टेसम्मको यात्रामा लागिरहेका छन् ज्ञानेन्द्र थापा ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ढोरपाटनमा भारी हिमपात

ढोरपाटन (बागलुङ),  नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य हिउँले ढाकिएको हो । हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन नगरपालिका–९ का स्थानीय...

पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ,  पूर्वप्रधानमन्त्री एवं नेपाली कांगे्रसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । चारपटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको २०६६ चैत ७ गते निमोनियाँका कारण निधन भएको थियो । उहाँले नेपालमा माओवादी जनयुद्ध अन्त्य गरी शान्ति स्थापनाका लागि महत्त्वपूर्ण भूमिका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १२ पैसा र...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

ढोरपाटनमा भारी हिमपात

ढोरपाटन (बागलुङ),  नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य हिउँले ढाकिएको हो । हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन नगरपालिका–९ का स्थानीय...

पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ,  पूर्वप्रधानमन्त्री एवं नेपाली कांगे्रसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । चारपटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको २०६६ चैत ७ गते निमोनियाँका कारण निधन भएको थियो । उहाँले नेपालमा माओवादी जनयुद्ध अन्त्य गरी शान्ति स्थापनाका लागि महत्त्वपूर्ण भूमिका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

सन्त निरंकारी मण्डल नेपालद्वारा नारी सन्त समागमबारे आज पत्रकार सम्मेलन गर्दै 

कैलाली — सन्त निरंकारी मण्डल नेपालले सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागमबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।   बर्दगोरिया गाउँपालिका–१ टिनबजार नजिक आयोजना हुने उक्त पत्रकार सम्मेलन दिउँसो ३ बजेका लागि तय गरिएको मण्डलले जनाएको छ। सम्मेलनमार्फत समागमको उद्देश्य,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली, यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी...

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौँ,  काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २० हजार विद्यार्थीको आँखा परीक्षण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।महानगर स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले सम्झौतापत्रमा बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।       सम्झौताअनुसार महानगरले...

उसु टोली चीन जाने

काठमाडौँ,  दसौँ विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन छ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ ।यही चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मी तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले नेपालको चुनौती प्रस्तुत...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९