महोत्तरीको एउटा टोल नै भू-माफियाको कब्जामा !

महोत्तरी । बर्दिवास-४ का जनक परियारको परिवार यहाँ बसेको पुस्तौँ भयो । हजुरबुबा, बुबा र आफू गरी ३ पुस्ताले यही ठाउँमा बिताइसकेको परियारलाई सम्झना छ ।तर, सोही ठाउँमा पक्की घर बनाउने र खुसीसाथ परिवारसँगै बस्ने परियारको सपना भूमाफियाका कारण भताभुंग भएको छ ।गौशाला रामनगरकी अम्बिका श्रेष्ठले आफ्नो बुबा रामविलास श्रेष्ठको जग्गा भन्दै एकाएक लालपुर्जा देखाउँदै आधा शतकदेखि भोगचलन गर्दै आएको जग्गामा हकदाबी गर्न आएपछि परियारको सपनामा पूर्णविराम मात्र लागेको छैन, घरवारविहीन बन्ने चिन्तासमेत थपिएको छ ।

 

 

 

स्थानीयका अनुसार यो जग्गा २०२१ सालमा स्थानीय कर्णबहादुरले ढालफाट गरी बसोबास सुरु गरेका हुन् । जंगल क्षेत्र फडानी गरेर बस्ती बस्न सुरु भएको यो ठाउँमा झन्डै ६ बिघा जग्गा छ । २०३६ सालपछि कर्णबहादुरले पहिलो पटक उक्त जग्गामध्येबाट स्थानीय चन्द्रबहादुर परियारलाई १७ कठ्ठा, भोला महतोलाई ५ कठ्ठा, बिन्देश्वर महतोलाई ५ कठ्ठा र चन्देश्वर महतोलाई ५ कठ्ठा बिक्री गरेको अभिलेखमा देखिएको छ ।

 

 

यो जग्गा ऐलानी जग्गाका रूपमा कागज बनाएर बिक्री वितरण भएको थियो, जुन तत्कालीन समयमा बनेको कागजबाट नै प्रमाणित हुन्छ । उनीहरूबाटै खरिद गरेर अहिले २४ घरपरिवारले यहाँ स्थायी बसोबास गर्दै आएका छन् । यसमध्ये कतिपय बाहिरवाट पनि आएर खरिद गरेका छन् भने धेरैजसो तत्कालीन समयमा खरिद गर्नेका सन्तान र आफन्त छन् ।

 

 

जग्गा  खरिद गरेको झन्डै आधा शतकपछि उक्त जग्गा नम्बरी भएको भन्दै लालपुर्जाको सक्कल देखाएर उठिबास बनाउने अवस्था सिर्जना भएपछि परियार जस्तै यहाँ बस्ने २४ घरपरिवार यतिबेला हारगुहार गरिरहेका छन् ।

 

 

पूर्वगाविस उपाध्यक्ष सोमबहादुर कार्की भूमाफियाहरूको भित्री सेटिङमा २४ घरपरिवार उठिबास हुनुपर्ने अवस्था सिर्जना हुँदै गएको बताउँछन् । आफू जनप्रतिनिधि हुँदासमेत उक्त जग्गाको धनीपुर्जा भएको कहिल्यै थाहा नभएको उनकाे भनाइ छ ।

 

 

‘हामी यहीँ हुर्केका हौँ । त्यो जग्गाको क्षेत्रभित्र बसोबास गर्ने स्थानीयलाई जग्गा हकभोगको प्रमाणितसमेत गरेका थियौँ,’ उनले भने, ‘ठुलो गिरोहको चलखेल छ यहाँ । बर्षौँदेखि भोगचलन गरिरहेको घरघडेरीबाट विमुख बनाउनेहरूसँग हामी डटेर लड्छौँ ।’

 

 

नगर क्षेत्रभित्र यस्तै प्रकृतिका हजारौँ बिघा जग्गा छन् । स्थानीय सरकारले समेत यस्ता अव्यवस्थित जग्गाहरूलाई व्यवस्थित बनाउने अभियानअन्तर्गत जोतभोग गरिरहेकाहरूको नाममा ल्याउन नापजाँचसमेत गरिसकेको छ । नापजाँच गर्दा त्यस क्षेत्रभित्र बसोबास गर्ने २४ घरपरिवारको नाममा अनौपचारिक दर्ता भइसकेको छ ।

 

 

तर, एकाएक उक्त क्षेत्रभित्रको झन्डै ६ बिघा जग्गामा कसरी चलखेल भयो भन्ने विषयमा स्थानीय स्वयं अचम्ममा परेका छन् । ‘यस्तो अवस्था आउला भन्ने हामीले त सपनामा पनि सोचेका थिएनौँ,’ पीडित विनोदकुमार यादवले भने, ‘भएको जमिन त्यतिमात्र हो, अब के गर्ने होला ?’

 

 

हरिविलास श्रेष्ठको नाममा सम्पूर्ण जग्गा पुगेपछि पीडितहरू घरवारविहीन बन्नबाट जोगाइदिन आग्रह गर्दै स्थानीय जनप्रतिनिधिहरूसँग हारगुहार गरिरहेका छन् । तर, पछिल्लो समय वडाध्यक्षले भने अपेक्षा गरेजसरी सहयोग नगरेको पीडितहरूको आरोप छ ।

 

 

 

‘उहाँले केही जग्गा हरिविलासकी छोरीलाई दिए समस्या समाधान हुन्छ भन्नुहुन्छ । तर पुस्तौँदेखि भोगचलन गर्दै आएको जग्गा अरूलाई कसरी दिनु ?’, पीडित जनक परियारले भने, ‘कतिपयले थोरै जग्गामा नै जीविकोपार्जन गर्दै आएका छन् ।’

 

 

नगरपालिकाले पीडितहरूलाई न्याय हुने गरी अगाडि बढेको बताए पनि अन्य मानिसको माध्यमबाट बस्तीमा नै मानसिक तनाव दिइरहेको पीडितहरू बताउँछन् । यता वडाध्यक्ष अकलमान तामाङले भने अघिल्ला वडाध्यक्ष तथा विगतका जनप्रतिनिधिबाट गम्भीर त्रुटि भएको बताउदै वडाले मालपोतबाट कर तिर्न पठाएको प्रक्रिया भने रोकिराखेको बताए ।

 

 

समस्या समाधानका लागि प्रतिबद्ध रहेको भन्दै उनले नम्बरी लालपुर्जा देखाउनेसँग सहमति गरेरै समाधान खोज्नुपर्ने बताए । तर पीडितहरू भने कुनै पनि किसिमको वार्ता र सम्झौता जरुरत नभएको अडान लिँदै आएका छन् । जनप्रतिनिधिहरूलाई नै त्यहाँको वास्तविकता थाहा भएको र सोहीअनुसार अडान लिनुपर्ने स्थानीय पीडितहरूको माग छ ।

 

 

लालपुर्जा नभएको र भोगचलनका आधारमा व्यक्तिको रहेको उक्त जग्गाकाे कर तिर्न भन्दै एक्कासि अम्बिका श्रेष्ठ आफैँ मालपोत कार्यालयबाट वडामा आएपछि यसकाे रहस्य उजागर भएको थियो ।

 

 

ऐलानी जग्गालाई रातारात आफ्नो नाममा बनाएर २४ घरपरिवारलाई उठिबास लगाउन खोज्ने अम्बिका र उनकाे पछाडि जालझेल रच्ने जोकोहीमाथि छानबिन गरिनुपर्ने स्थानीयकाे माग छ ।

 

 

अझ अचम्मलाग्दो त कहाँनिर छ भने यी जग्गाहरू २०७८ साल कात्तिक २३ गतेसम्म ऐलानी जग्गाकै रूपमा किनबेच भएको देखिन्छ । कात्तिकमा मात्र सोकी थिङले बद्री राउतलाई १ लाख ३० हजारमा बेचेको देखिएको छ । बर्दिवास नगर क्षेत्रको अव्यवस्थित तथा ऐलानी जग्गा सोहीअनुसार किनबेच हुँदै आएको छ । यसलाई वडा तथा नगरले समेत प्रमाणित गर्दै आएको छ ।

 

 

भूमि आयोग महोत्तरीका अध्यक्ष ज्ञानबहादुर गोले यस्तो अवस्थामा धनीपुर्जा देखाउनेहरूलाई कारबाही गर्ने कुनै अधिकार आयोगसँग नरहेको बताउछन् । ‘बरु उहाँहरूले नै सरोकारवाला ठाउँमा उजुरी गर्नुपर्छ,’ उनले भने, ‘मालपोतमा पनि उजुरी दिन मैले सुझाएको छु ।’

 

 

 

यसअघि बर्दिवास वडा नं. १२, ३ र भंगाहा नगरपालिकाको थारुटोलमा यस्तै घटना घटेको थियो । पछिल्लो समय महोत्तरीमा भूमाफियाहरूको चलखेलले सर्वसाधारण प्रताडित बन्दै गएको विभिन्न तथ्यांकले देखाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

राहदानीको विषय समाधान उन्मुख छः परराष्ट्र मन्त्रालय

काठमाडौँ, परराष्ट्र मन्त्रालयले हाल सेवाग्राहीको उच्च मागअनुसार राहदानी पुस्तिका केही न्यून सङ्ख्या भएपनि यो विषय समाधान उन्मुख रहेको जनाएको छ । राहदानी पुस्तिका बाहिर प्रचारमा आएजस्तो अवस्थामा नरहेको मन्त्रालयले स्पष्ट पारेको हो । मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग विसं २०८२ साउनमा...

त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौताको

काठमाडौँ,  बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट उपभोग बिजुलीको बक्यौताको पहिलो किस्ता बुझाएको छ ।नेपाल विद्युत् प्राधिकरणलाई उक्त उद्योगले पहिलो किस्ता बिहीबार तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको उद्योगको बिजुली हिजैदेखि आपूर्ति गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले राससलाई...

एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने

नयाँदिल्ली, विश्वका चर्चित उद्यमी एलन मस्कको स्वामित्वमा रहेको स्टारलिङ्क इन्टरनेट सेवा अब भारतमा आधिकारिक रूपमा सुरु हुन लागेको छ । राजधानी वित्तीय केन्द्र मुम्बई रहेको भारतको महाराष्ट्र राज्य यो सेवा सञ्चालन गर्ने पहिलो भारतीय राज्य बन्ने भएको मुख्यमन्त्रीले बुधबार घोषणा गर्नुभएको छ ।   स्टारलिङ्कले कम–कक्षीय...

धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

घोडाघोडी (कैलाली),यहाँको घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै भजनीमा धान बिक्रीका लागि पुग्नुभयो । सरकारले धानको समर्थन मूल्य तोकी धान खरिद सुरु गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपकेन्द्र भजनी गोदाममा पुग्नुभएका स्वरुपले त्यो दिन पालो पाउनुभएन । उहाँलाई धान बेच्नका लागि चार...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

स्वास्थ्य बीमा सेवा ‘प्रणाली’मा प्राविधिक समस्या

चितवन,  स्वास्थ्य बीमा सेवा प्रणालीमा प्राविधिक समस्या हुँदा देशभरका बिरामी प्रभावित भएका छन् । सो प्रणाली राम्रोसँग नचलेपछि लामो समय पालो कुरेर बिरामी अस्पतालबाट फर्किनु परेको छ । भरतपुर अस्पताल स्वास्थ्य बीमा कार्यक्रमका इञ्चार्ज लीलाधर पौडेलले गएराति ११ बजेसम्म काम गर्दासमेत दिउँसोको दाबी पेस...

आरसिबीलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी, मालिकको रणनीतिक समीक्षा सुरू

नयाँदिल्ली, इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको नयाँ च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) का मालिकहरूले टोली बिक्री गर्ने सम्भावनाबारे गम्भीर रूपमा विचार गर्न थालेका छन् । यो प्रतिष्ठित फ्रेन्चाइजको मूल्याङ्कन करिब दुई अर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ । विश्वप्रसिद्ध पेय पदार्थ कम्पनी डियाजियोको भारतीय...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९