सफा हुदै काठमाडौँ महानगरभित्रका सार्वजनिक विद्यालय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सार्वजनिक विद्यालयका शौचालयहरु अहिले टिलिक्क भएका छन् । शौचालयसँगै विद्यालयमा भएका भान्छा कोठाहरु पनि सफा भएका छन् । विद्यालयका शौचालयमा गाढा फोहर जम्मा भएको, दुर्गन्धित भएको, भान्छा कोठामा चिल्लो भएको अवस्था थियो । यो अवस्थाले वालवालिकाको वातावरणीय चेत र वातावरणीय सिकाइमा असर पर्ने भएपछि महानगरपालिकाले सूचकसहितको अनुदान रकम उपलब्ध गराएर  ‘सुन्दर विद्यालय’ स्वर्णिम योजना र ‘हरित विद्यालय’ कार्यक्रम सञ्चालन गरेपछि विद्यालयको स्वच्छता र सरसफाइ तुलना योग्य अवस्थामा रुपान्तरण भएको हो ।

 

 

वातावरण, स्वच्छता र सरसफाइका विषय बुझाउन व्यवहारिक र प्रयोगात्मक क्रियाकलाप सञ्चालन गर्ने उद्देश्य राखेर महानगरपालिकाले कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । कार्यक्रममा ‘वालवालिका र वातावरण – वावा’ उपसमूहको नेतृत्वमा विद्यार्थीहरुले वातावरणीय सुधार, व्यवस्थापन र संरक्षणमा व्यवहारिक ज्ञान र सिप प्राप्त गर्छन् । विद्यालय परिसर कलात्मक तथा हरियाली बनाउँछन् । सफा र स्वच्छ बनाउँछन् । कार्यक्रमबाट अपेक्षित दीर्घकालीन नतिजा हो ।यो अवस्थाले विद्यार्थीहरुमा स्वच्छता, सरसफाइ, वातावरण तथा प्राकृतिक सुन्दरताको गहिराइ बुझ्न प्रयोगात्मक कार्यशालाको अभ्यासमा अभ्यस्त हुन थालेका छन् ।

 

 

 

शैक्षिक सत्र २०८० बाट कार्यान्वयनमा आएको परियोजनाबाट महसुस योग्य नतिजा प्राप्त हुन थालेका छन् । नतिजाका बारेमा प्रतिक्रिया दिँदै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्छन्, ‘विद्यार्थीहरूमा श्रमप्रति सकारात्मक धारणाको विकास भएको छ । आफू बसेको वातावरणको बारेमा बुझ्न, घर विद्यालय तथा समुदायको वातावरणलाई स्वच्छ बनाउने ज्ञान र सिप कुशलता प्राप्त भएको छ ।’ यसप्रकारको ज्ञान दिन सञ्चालित क्रियाकलापका बारेमा जानकारी दिँदै उनी थप्छन, ‘कक्षाकोठा, शौचालय, भान्छा, प्राङ्गण, विद्यालय परिसर सरसफाई गर्ने, विद्यालयमा रहेको बगैँचाका बिरुवाहरू गोडमेल गर्ने तथा समुदायमा रहेका सार्वजनिक बाटो, धारा, मठ मन्दिरको स्वच्छता, सरसफाइ र हरियालीका लागि विद्यार्थीहरु सहभागी भएर काम गरेका थिए ।’

 

 

 

यसका लागि हरेक विद्यालयमा वातावरण र वालवालिका (वावा) उपसमूह गठन गरिएको छ । शैक्षिक सत्र २०८० मा कक्षा ४ देखि ८ सम्मका २ हजार ५७० विद्यार्थी यस उपसमूहमा संलग्न थिए । उपसमूहको नेतृत्वमा हरेक शुक्रबार सरसफाइका लागि १ घण्टा श्रमदान हुन्छ । उनीहरुले विद्यालय परिवारमा भएका प्रधानाध्यापक, शिक्षक, अन्य उपसमूहका विद्यार्थी, अभिभावक समेतलाई श्रमदान कार्यक्रममा सहभागी गराउने गरेका छन् ।

कार्यक्रमको थालनी र अभ्यास

सुन्दर विद्यालय कार्यक्रमको मोडालिटी तयार गर्न महानगरले साझेदारहरुसँगको सहकार्यमा विद्यालयको अवस्था अध्ययन गरेको थियो । अध्ययनको मूल्याङ्कन प्रतिवेदन मंसिर महिनामा तयार भयो ।परियोजनाका बारेमा सरोकारवाला व्यक्ति तथा पदाधिकारीलाई जानकारी दिन, प्रधानाध्यापक, शिक्षक प्रतिनिधि, बिद्यार्थी प्रतिनिधि (बाबा उपसमुहका अध्यक्ष), बिद्यालय ब्यबस्थापन समितिका प्रतिनिधि, अभिभावकका प्रतिनिधिलाई विद्यालयको क्लस्टर बनाएर अभिभुखीकरण कार्यक्रम सञ्चालन गरियो । यसपछि कार्यक्रम सञ्चालन गर्ने सूचक बनाएर पहिलो किस्तामा बजेट पठाइयो ।

 

 

 

यसको संरचना र ढाँचाको नमूना देखाउन शिक्षा विभागले वातावरण व्यवस्थापन विभागसहित साझेदारसँगको समन्वयमा वडा नं. १२ को सरस्वती निकेतन माध्यमिक विद्यालयमा सौन्दर्यीकरण श्रमदान कार्यक्रम आयोजना गरियो । फागुन ११ गते सुरु भएको यो कार्यक्रम त्यस पछिका दिनमा हरेक विद्यालयमा भएका बाबा उपसमूहको नेतृत्वमा हरेक शुक्रबार सरसफाइका लागि कयौं घण्टा श्रमदान भयो ।

 

 

 

श्रमदान संस्कार बिस्तार हुँदै गयो । यसबाट विद्यालयहरु हरियाली र कलात्मक देखिन थाले । सामुदायिक विद्यालय सुन्दर बनाउन सकिन्छ भन्ने सन्देश प्रवाह हुन थाल्यो । सोचमा परिवर्तन आउन थाल्यो । अहिले सामुदायिक विद्यालयका परिसरमा विरुवा हुर्किरहेका छन् । गमलामा फूल रोपिएका छन् । भित्ताहरुमा कलात्मक चित्र र आकृति कोरिएका छन् । कक्षा कोठा, भान्छा कोठा, शौचालय सफा र दुर्गन्धरहित छन् ।

महानगरपालिकाले यसका लागि के गर्‍यो?

सुन्दर र हरित विद्यालय निर्माण गर्न महानगरपालिकाले विद्यालयको आवश्यकता, विद्यार्थीको संख्याजस्ता सूचकका आधारमा खर्च गर्नु पर्ने शीर्षक पहिचान गर्‍यो । ती शीर्षकमा काम गर्नका लागि अनुमानित खर्च तयार गर्‍यो । यसका आधारमा एउटा विद्यालयलाई ३ किस्तामा न्यूनतम ३ लाख ६० हजार रुपैयाँदेखि अधिकतम् १२ लाख रुपैयाँसम्म उपलब्ध गराएको थियो ।

 

 

 

यसरी उपलब्ध गराइएको रकम खर्च गर्ने शीर्षक पनि रकम निकासासँगै पठाइएको थियो । यो रकमबाट शौचालयको सरसफाइ तथा विद्यालय सरसफाइ र सुन्दरताका लागि औजार, उपकरण तथा सामग्री (गोडमेल गर्ने साधन, गमला, विरुवा, माटो, मल, पञ्जा, फोहर वर्गीकरण गर्ने बिन, मास्क), अभिमुखीकरण र प्रयोगात्मक कार्यशाला, अनुगमन मूल्याङ्कन, प्रतिवेदन तथा रिपोर्टिङ्, साझेदारसँगको सहकार्य लगायत खर्चका शीर्षक थिए ।यससँगै विद्यालयलाई आवश्यक पर्ने विज्ञसहित जनशक्ति उपलब्ध गराइएको थियो ।

 

 

 

कार्यक्रम सञ्चालन गर्न युएसएआइडी, इन्भारोमेन्ट एण्ड पब्लिक हेल्थ अर्गनाइजेसन (एन्फो), वर्ड कन्जरभेसन नेपाल, वाटर इन्भारोमेन्ट एण्ड रिक्स एजुकेसन, वाइल्ड लाइफ कन्जरभेसन नेपाल, क्लिन अप नेपाल, ल्याण्ड आवर फ्युचर, एकीकृत सहरी विकास केन्द्रलगायत साझेदारले सघाइ रहेका छन् । उनीहरुको भूमिका विद्यालयका जनशक्तिको क्षमता विकास र समुदाय परिचालनमा धेरै छ ।

 

 

 

 

सरसफाइका क्षेत्रमा काम गर्न तथा स्वच्छता कायम गराउन यस अघि बसेको छाप सबैभन्दा ठूलो बाधक रहेको झाको अनुभव छ । अहिले सञ्चालन भएको कार्यक्रमले परम्परागत मानसिकतामा परिवर्तन गरेर नयाँ स्वरुपमा आकार प्रदान गर्नेछ । यस्तै स्वामित्व सिर्जना गर्नेछ । उहाँको विश्वाश छ ।

सहरी स्वयमसेवक

महानगरपालिकामा १४० जना सिटी भोलेन्टियर (सहरी स्वयमसेवक) ले काम गरिरहेका छन् । यो २४ हप्ताका लागि जोडिएका स्वयमसेवकहरुले हप्तामा २ दिन समय दिने गरेका छन् । यस कार्यक्रमअन्तर्गत १ सय जना बाबा (बालबालिका र वातावरण) स्वयमसेवक र ४० जना सम्युवा (सम्पदामा युवा र बालबालिका) कार्यक्रमका लागि हुन् । उनीहरु जुन शीर्षकअन्तर्गत भए पनि सामुदायिक विद्यालयको स्तरउन्नतिका लागि काम गरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास

काठमाडौँ,  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलसँग निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयन गर्ने सम्बन्धमा आयोगले छलफलको समेत आयोजना गरेको थियो । छलफल आयोगका कार्यवाहक प्रमुख निर्वाचन...

पाल्पामा चुनावी चहलपहल

तानसेन(पाल्पा), आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै यहाँ चुनावी चहलपहल सुरु भएको छ । यहाँका टोलटोलमा युवादेखि वृद्धसम्मले देशलाई विकासको पथमा अग्रसर गराउनसक्ने व्यक्तिलाई चयन गर्नुपर्नेमा जोड दिएका छन् ।...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १०५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

सनासो प्रहार गरी श्रीमतीको हत्या

त्रिवेणी (रुकुम पश्चिम), रुकुम पश्चिममा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–१ का ७४ वर्षीय गणेशबहादुर कामीले ६५ वर्षीया श्रीमती पम्फा कामीको टाउको र हातमा सनासो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घटना शुक्रबार अपराह्नको हो ।   जिल्ला...

माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो

तुलसीपुर (दाङ),  थारू समुदायले माघीमा उमेर पुगेका सन्तानको विवाहको छिनोफानो गर्ने चलन थियो । माघ १ गते विवाह गर्ने उमेरका सन्तानको घरमा छलफल गर्ने र निर्णय गर्ने त्यसपछि माघ २ गते गाउँका महतवाको घरमा बसेर छलफल गरेर निर्णय गर्ने चलन थियो । विवाह गर्ने...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निसीखोलामा पुतली नाचको रौनक

ढोरपाटन (बागलुङ),  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

शिवशक्ति ग्रामीण विद्युत् सहकारीको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।   संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन

म्याग्दी,  प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा सञ्चालन भएपछि जिल्लावासीलाई सहज भएको छ ।शल्यक्रियामार्फत गरिने प्रसूति, ‘हाइड्रोशिल’, ‘एपेण्डिस’ र ‘हर्निया’को शल्यक्रिया सेवाका लागि पोखरा, काठमाडौँ, चिनवन पुग्नुपर्ने जिल्लावासीको समस्या कम भएको हो । अन्नपूर्ण गाउँपालिका–६ घारकी कृष्टि परियारले ‘एपेन्डिस’को उपचार बेनीमै...

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

कीर्तिपुर (काठमाडौँ), क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ ।राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो ।...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९