जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

तनहुँ । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमाद नगरपालिका-६ शान्तनगर माझटार बस्ने ३५ वर्षीय पिताम्वर नेपालीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपालीले ती महिलालाई आफ्नै घरमा लगि डर धम्की देखाई शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१