डा. तोसिमा कार्कीले दर्ता गरिन् जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी छन् । सांसद कार्कीले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७१ बमोजिम देहायको जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न सूचना दिएको जानकारी दिएकी छन् । सांसद कार्कीले विपद् व्यस्थापनमा पुनरावलोकन, वृहत गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्वतयारी सम्बन्धी छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेकी हुन् ।

प्रस्तावको व्याख्याः

मनसुन सुरु भए लगत्तै विपद्का घटनाहरु देशभरी नै बढेका छन् । विगत पाँच वर्षको अनुभवलाई केलाउँदा मनसुनको दौरान विपद् बाट लगभग १५०० जना सर्वसाधारणले अनाहकमा ज्यान गुमाएको सरकारी तथ्याङ्कले देखाउँछ । त्यस्तै उक्त अवधिमा ५ अर्ब ९१ करोड बराबरको भौतिक संरचनाको समेत क्षति राज्यले व्यहोरेको देखिन्छ । यस वर्षको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदन अनुसार  २०८१ साल जेठ २८ गते मनसुन प्रवेश गरेपछि २०८१ असार २५ सम्मको १ महिनाको समयमा कूल ६८२ मनसुन जन्य विपद्का घटना घटेका छन् जसमा ६९ जनाको मृत्यु भएको छ, ४ जना वेपत्ता भएका छन् भने ८९ जना घाईते भएका छन् र कूल १२६४ परिवार प्रभावित भएका छन् । असार २८ गते चितवनको सिमलतालमा भएको बस दुर्घटनाले पनि विपद्को विषयमा अझ गम्भिर हुनुपर्ने आवश्यकता महसुस गराएको छ।

 

 

सामन्यतया, प्राकृतिक प्रकोपलाई अप्रत्याशित र आँकलन गर्न नसकिने खालका घटनाको रूपमा लिइन्छ तर नेपालको सन्दर्भमा भने प्रत्येक वर्ष मनसुनका मौसममा यस्ता घटना धेरै हुने र नेपालको भौगोलिक बनोटको अध्ययनले पनि कुन कुन क्षेत्रमा खतरा छ र कति भौतिक तथा मानवीय क्षति हुनसक्छ भनि आकलन गर्न सकिने अवस्था छ । तर पनि हरेक वर्ष पूर्व तयारी र व्यवस्थापनको कमजोरीले गर्दा हजारौँ व्यक्ति हरु प्रभावित हुने गरेका छन् । विपद् व्यवस्थापनका लागि कानुन, रणनिति, कार्ययोजना, कार्यढाँचा नबनेका होईनन् । यस वर्ष पनि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ बनाईएको छ  जसमा हरेक प्रदेशमा हुन सक्ने मनसुन जन्य क्षतिको बारेमा आकलन पनि गरिएको छ तर हुन सक्ने क्षतिको लागी सहि समयमा तयारी गर्न नसक्दा द्रुत सुविधा, तयारी रेस्क्यू समुह तथा आवश्यक उपकरण र व्यवस्थापनको अभावमा जनता हरेक वर्ष पिडित हुन पुग्छन् ।

 

 

 

विपद् व्यवस्थापनको पाटो सँगसँगै अब केही दिनमा आउने अर्को ठूलो चुनौती भनेको पानीबाट सर्ने रोगहरु, मनसुनज्य रोगहरु र भेक्टरजनित सङ्क्रमण तथा माहामारी हुन्। विगतका वर्षमा पनि मनसुन सगैँ माहामारी फैलने गरेको घटनाहरु सर्वविधित नै छ।  बढ्दो वर्षासँगै विभिन्न किटाणुहरुको सङ्क्रमण अझ बढ्ने हुदा देशभरि नै झाडापखाला, हैजा, डेङ्गु, टाइफाइड, जन्डिस हेपाटाइटिस ए र ई, निमोनिया, आँखा पाक्ने, औलो, कालाजार, ज्वरो, स्क्रब टाइफस, रुघाखोकी, छालाको समस्या, पेटको संक्रमण, जस्ता बिरामी देखिनेछन्। उपत्यकामा समेत ढल फुट्ने, बाढी् जाने जस्ता कारणले विभिन्न रोगहरुको सङ्क्रमण बढ्ने खतरा छदैछ। २०१४ मा नेपाललाई पोलियो मुक्त घोषणा गरिएको थियो तर भर्खरै २०८१ जेठ १३ गते काठमाण्डौको टुकुचा- बागमति संगम नजिकको ढलमा गरिएको  परीक्षणमा Vaccine Derived Polio Virus (VDPV), Type 3 देखिएको पुष्टी भएको छ। यसरी उन्मुलन भईसकेका रोगहरुको समेत जिवाणु पुनः देखिनुले देश स्वास्थ्य संकटको चरम जोखिममा रहेको कुरा पुष्टी गर्छ।

 

 

 

विपद् रोकथाम, विपद् जोखिम न्युनिकरण साथै विपद्पछिको पुनर्स्थापना तथा व्यवस्थापन सँग सम्बन्धि वृहत गुरुयोजना बनाउन साथै मनसुन जन्य महामारी र स्वास्थ्य जोखिमको बारेमा समेत पुर्व तयारी गर्ने, विपद् व्यवस्थापनमा तालिम युक्त दक्ष जनशक्ति र‌्यापिड रेस्क्यु टिम तयार गर्ने, हरेक स्वास्थ्य केन्द्रमा पर्याप्त स्रोत साधन र औषधीको भण्डारण गर्ने, क्षतिको जोखिम पुर्वानुमान गरी आम नागरीकलाई सुसुचित गराउने साथै समयमै पुनर्स्थापन र प्रतिस्थापन गर्ने/गराउने लगायतको कामबारे छलफल गर्न अति आवश्यक रहेको  हुँदा यो जरुरी महत्वको प्रस्ताव पेश गरेको छु।

 

 

छलफल गर्नु पर्नाको कारणः 

१. राज्य माथी रहेको जनताको जिवनको सुरक्षा गर्नुपर्ने दायित्व वहन गर्नुपर्ने,
नागरिकको ज्यानको सुरक्षा गर्ने दायित्व नेपाल सरकारको हो । नेपालको सविंधान २०७२ को अनुसुची ९ अनुसार विपद् व्यवस्थापन संघ, प्रदेश र स्थानीय तिनै तहको साझा कार्यक्षेत्र हो। साथै सविधानको धारा ५१(छ)(४) र (९) अनुसार जलउत्पन्न प्रकोप नियन्त्रण र प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरण गर्न पूर्व सूचना, तयारी, उद्वार, राहत एवं पुनर्स्थापना गर्ने विषय राज्यको निर्देशक सिद्दान्तमा पनि राखिएको छ। तसर्थ संसदमा समेत यस विषयमा गम्भिर छलफल आवश्यक छ।

२.मौलिक हक अधिकार सुनिश्चित गर्नुपर्ने,
नेपालको संवधानको धारा १८ ले सम्पूर्ण नागरिकहरुले सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गरेको छ, त्यस्तै धारा ३० मा स्वच्छ वातावरणको हक, धारा ३५ मा स्वास्थ्य सम्बन्धी हक, धारा ३७ मा आवासको हकको प्रावधान राखिएको छ। हरेक परिस्थितिमा राज्यले संविधान द्वारा प्रदत्त अधिकारको सुनिश्चितता गर्नुपर्छ। विपद् र विपद् पछिका संकटहरुमा पनि नागरिकका प्रत्येक मौलिक हकहरुलाई सम्मानपुर्वक सुनिश्चित गर्नको लागि संसदमा यो जरुरी महत्वको प्रस्ताव छलफल हुन अत्यावश्यक छ।

३. राज्य सगँ प्राप्त स्रोत साधनको जानकारी राख्न र प्रभावकारी ढगंले सदुपयोग गर्नुपर्ने,
प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति साथै आगामी दिनमा हुन सक्ने स्वास्थ्य संकटको समेत सामना गर्न सक्ने गरी हामी सगँ उपलब्ध स्रोत साधनको पहिचान, थप आवश्यक वस्तुहरुको संकलन गरी तयारी अवस्थामा रहन जरुरी छ।

४. आकस्मिक स्वास्थ्य संकटको अवस्था (health emergency) हुन सक्ने हुँदा,
बाढी पहिरो लगायत मनसुनजन्य प्राकृतिक प्रकोप विभिन्न रोग, सङ्क्रमण तथा माहामारी फैलने र स्वास्थ्य संकट आउन सक्ने सम्भावनालाई मध्यनजर गरी नागरिकको स्वस्थ्य सम्बन्धी हक सुनुश्चित गर्नका निम्ति पुर्व तयारी गर्न आवश्यक छ। उदाहरणका लागी १ जनवरी २०२४ देखि १८ जुलाई २०२४ सम्ममा कूल १६५७ जना डेङ्गुका बिरामी रिपोर्ट भएका छन् र डेङ्गु ७३ वटा जिल्लामा फैलिएको तथ्याङ्क ईपिडेमोलोजी एण्ड डिजिज् कन्ट्रोल डिभिजनले प्रकाशन गरेको छ। यस्तै अन्य प्रकारका रोगहरु महामारीको रुपमा फैलिई स्वास्थ्य संकट आउन सक्ने सम्भावनाको अध्ययन र पूर्वतयारीको लागी यो छलफल गर्नु अति आवश्यक छ।

५. तिन तहको सरकार बिच स्पष्ट कार्यक्षेत्र विभाजन गर्नुपर्ने,
हालै घटेको सिमलतालको दुर्घटना लगत्तै प्रकाशित सबै राष्ट्रिय दैनिकहरूमा विषयविज्ञहरुको प्रतिक्रिया अनुसार सडक डिभिजनका निर्देशकहरूले, स्थानीय सरकार र प्रदेश सरकारले विना कुनै पूर्व तयारी र विना वातावरणीय अध्ययन नै  राजमार्गबाट  पहुँच सडकहरू निर्माण गर्ने र पर्यावरण संरक्षणका कुनै पनि प्रावधान अवलम्बन नगरी सडक खन्ने काम गर्नाले हरेक वर्षको मनसुनमा पहिरो र भुक्षय जस्ता विपत्ति बढ्दो क्रममा भइरहेको उल्लेख गरेका छन् । यस विषयमा संघीय संसदको  भूमिका अति महत्वपूर्ण हुन्छ । भौतिक निर्माणमा र राष्ट्रिय राजमार्गहरुमा संघ, प्रदेश र स्थानीय क्षेत्रको अधिकार निश्चित निर्धारण गर्न जरुरी देखिन्छ। तीन तहका सरकारबीच अधिकारको बाँडफाडलाई कानुनी हिसाबकिताबले निश्चित गरी पर्यावरणको संरक्षण हुने गरी मात्रै यस किसिमका भौतिक निर्माणका कार्य गर्न/गराउन आवश्यक कानुन तर्जुमा गरी यसरी मानव सृजित विपत्तिका कारण वार्षिक रुपमा अनाहकमा ज्यान गुमाउने  सयौं नेपालीहरूको अभिलम्व जिवन रक्षा गर्नका निमित्त यो प्रस्ताव जरुरी छ।

६. विपद्को विषयमा प्रतिक्रियात्मक मात्र नभई संसदले पूर्व सक्रियता देखाउनुपर्ने,
बाढि पहिरो र प्राकृतिक प्रकोपबाट हुने मानविय र भौतिक क्षतिको रिपोर्टिङमा मात्र संसदको काम कारवाही सिमित हुनुहुँदैन।‌ संसद्को प्रत्येक बर्षे अधिवेशनमा विपद्का घटनाहरु बारे प्रतिनिधि सभाका माननीय सांसद ज्यूहरुले शुन्य समय, विशेष समय र आकष्मिक समय समेत माग गरेर ती घटनाहरुबारे संसदको ध्यानाकर्षण गराउनु हुन्छ । यो वर्षको बर्षे अधिवेशनको जेष्ठ २९ देखि असार ३१ गतेसम्म १ महिनाको अवधिमा सदनमा संचालित बैठकहरुको १२ वटा बैठकमा आकस्मिक समयमा मात्र पनि ५२ पटक बाढी, पहिरो, वर्षा र विपद सम्बन्धित विषयमा माननीयहरुले कुरा उठाउनुभयो भने कयौँ पटक शुन्य समय र विशेष समयमा पनि यो विषयमा कुरा उठाउनु भएको छ।  तर घटनाका बारे प्रतिक्रिया र जानकारी दिने मात्र भन्दा पनि संसदले आफ्नो पहल कदमीमा एउटा स्पष्ट र प्रभावकारी गुरु योजना तयार गर्न जरुरी भएका कारण यो विषयको गाम्भिर्यता र आवश्यकतालाई मनन गरी यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दछु ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

लोकतान्त्रिक योद्धा यादवको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ, नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनका योद्धा रामेश्वरराय यादवको निधनप्रति दुःख व्यक्त गरेको छ ।कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज शोक विज्ञप्ति जारी गरी कांग्रेसबाट निर्वाचित रौतहटको गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवका पितासमेत रहनुभएका यादवको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । यादवको...

मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने

जनकपुरधाम,  मधेश प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ । मधेस प्रदेशको आठवटै जिल्लामा खेत तथा बगैँचामा लगाइएका आँपको रूखमा अत्यधिक मजरी अर्थात् फुल लागेको छ । चैत÷वैशाखमा चल्ने हावाहुरी, असिना तथा मधुवा रोगको प्रभाव नपरे यस वर्ष मधेसमा आँप उत्पादन उल्लेख्य...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता

खलङ्गा (दार्चुला),  दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । महाकालीमा आज पौडी खेल्ने क्रममा व्यास गाउँपालिका–६ का १५ वर्षीय धीरज धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला सदरमुकाम खलङ्गामा डेरा...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौँ,  काठमाडौँ महानगरपालिका­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा चित्र कोर्नेबारे सीप सिकिरहेका छन् । सुरुमा स्केच गर्न सिकेका उनीहरु अहिले भित्तामा चित्र बनाउन जान्ने भएका छन् ।गत शुक्रबार सुस्मिना काफ्ले भित्तामा चित्र कोरिरहनुभएको थियो । एक हातले रङको डब्बा र अर्को हातले...

सोह्र औषधि पसल निलम्बनमा

नेपालगन्ज,  औषधि व्यवस्था विभाग, नेपालगन्जले आठ महिनाको अवधिमा १६  औषधि पसललाई निलम्बन गरेको छ । निलम्बनमा परेकामध्ये ११ औषधि पसल बाँकेका र  पाँच औषधि पसल कैलालीका रहेका छन् । औषधि व्यवस्था विभाग, नेपालगन्जका सूचना अधिकारी दीपा पौडेलका अनुसार आर्थिक वर्ष २०८३÷८३ को साउनदेखि फागुनसम्मको...

सुजनलाई दोहोरो स्वर्ण

काठमाडौँ,  नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपतिले अन्तरराष्ट्रिय प्रतियोगितामा दोहोरो स्वर्ण जितेका छन् । उनले पहिलो पटक सो प्रतियोगितामा भाग लिएका हुन् ।  जर्मनीमा भएको ब्याटल अफ बभेरियामा सुजनले दुई फरक विधामा स्वर्ण पदक जितेको नेपाल उमा कुङफु सङ्घका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव सञ्जीतकुमार...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९