काठमाडौँ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग संयुक्त राष्ट्रसंघकी नवनियुक्त आवासीय प्रतिनिधि क्योको योकोसुकाले भेटवार्ता गरेकी छन् ।सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा राष्ट्रसंघकी नेपाल प्रतिनिधि योकोसुकाले परराष्ट्रमन्त्री राणासँग ओहोदा प्रमाण पत्र पेश गरेकी हुन् । भेटमा उनीहरुबीच नेपाल र राष्ट्रसंघबीचको आपसी सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।


























































































































































