आइजीपी रुपन्देही हुदा बरामद भयो ट्रकसहित २४० बोरा चिनी

भैरहवा । भन्सारको नेतृत्व र सुरक्षा निकायको सहकार्यमा निरन्तर अवैध सामान नियन्त्रणमा आएपनि तस्करहरुको काममा भने गिरावट भएको छैन । भारतसंग ५९ दशमलव ७ किमी जोडिएको रुपन्देही जिल्ला खुला सिमा चुनौतीको विषय भएपनि सामना गर्न सुरक्षा निकायका युनिट परिचालन छन, स्रोत साधन र जनशक्ति अनुसार नियामक निकाय लागेपनि तस्करहरुले काममा भने ब्रेक लगाएका छैनन ।

 

 

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालसहितको टोली रुपन्देही भएकै बेला तस्करहरुले सामान ओसार गर्नु ठूलो आट हो । दर्जनौँ प्रहरी अहिले सडकमा परिचालन भएपनि तस्करहरुका अवैध सामानको ट्रक गुडिरहेको पाइएको छ । शनिबार विहान २ बजे भन्सारको टोलीले चिनी सहितको ट्रक र कपडा बरामद गरेको छ । विशेष सूचनालाई आधार बनाई भन्सार कार्यालय प्रमुख नारद गौतम सहितको टोली सक्रिय रुपमा निगरानी बढाउदै अवैध बस्तु धमाधम नियन्त्रणमा लिइरहेका छन ।

 

 

 

भन्सारकै नेतृत्वमा गएको टोलीले सशस्त्र प्रहरी डण्डाको सहकार्यमा लुम्बिनी रोड प्रकटेश्वर मन्दिर जाने बाटोबाट ट्रक सहित करिब २०० बोरा अवैध चिनी बरामद गरेको छ । ग २ ख १२९० नम्बरको ट्रकमा लोड भएको अवस्थामा उक्त चिनी बरामद गरिएको हो । अवैध चिनी सहितको ट्रक भने रमवापुर प्रहरी चौकी नजिकै रहेको थियो । यस्तै सोही स्थानबाट थप संचित गरेको अवस्थामा ४० बोरा चिनी सशस्त्र प्रहरीले बरामद गरेको छ ।

 

 

राती नै गएको सोही भन्सार टोलीले लुम्बिनी रोड मोतिपुर क्षेत्रबाटै २ वण्डल कपडा समेत बरामद गरेको छ । ठूलो बण्डलमा कपडा लोड गरि मोटरसाइकल कुदाइरहेको अवस्थामा भन्सार टोली पछाएपछि २ वटै मोटरसाइकलले कपडा छाडी भागेका थिए ।  भैरहवा भन्सार कार्यालयले राजश्य लक्ष्य प्राप्त गर्न नसकेपनि पछिल्लो समय भारतबाट अवैध रुपमा भित्रिएको मालवस्तु बरामद गर्दै आएको छ ।

 

यस सातामा मात्रै भन्सारले भैरहवा गल्लामण्डीको २ वटा गोदाममा छापा हानेको छ । भैरहवा भन्सार कार्यालयको नेतृत्व नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय रुपन्देहीको समन्वयमा अवैध रुपमा ल्याई भण्डारण गरेको अवस्थामा गल्लामण्डीबाट ७५ बोरा चिनी र ९२ बोरा मटर बरामद गरेको थियो ।

 

 

 

यस्तै सोमबार गल्लामण्डी क्षेत्रकै विभिन्न २ वटा घरमा संचित गरेर राखेको अवस्थामा वडा नम्बर ६ क्षेत्रबाट १२२ बोरा र वडा नम्बर ४ क्षेत्रबाट ५७ बोरा चिनी बरामद गरेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा ती अवैध सामान नियन्त्रणमा लिएको हो ।

 

 

 

भैरहवा भन्सार कार्यालयले पछिल्लो एक वर्षमा नेपाल भित्रिएको करोडौ मुल्य बराबरको अवैध सामान बरामद गरेको छ । पछिल्लो समय सेवाप्रबाहसँगै भन्सारको टिम तस्करी निणन्त्रणमा सक्रिए देखिएको छ । रातदिनको गस्ती र सूचनाको सुक्ष्म निगरानीले अवैध पैठारीकर्ता धमाधम नियन्त्रणमा आइरहेको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए । भन्सारले सीमा क्षेत्रमा निगरानी बढाउँदा यो सफलता हात लागेको हो ।

 

 

 

सूचना र नियमित निगरानीले दर्जन गोदाममा छापा मारेर सामान, ढुवानीको साधन र मानिस नियन्त्रणमा लिइएको छ । भन्सारसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सीमा क्षेत्रबाट करोडौंका सामान बरामद गरेका छन् ।सिमा सुरक्षा र अवैध गतिविधी नियन्त्रण गर्न सशस्त्र प्रहरीको जिम्मेवारी छ भने नेपाल प्रहरीको पनि ठूलो टिम पनि अवैध बस्तुको ओसारपसर नियन्त्रणमा लाग्ने गरेको छ । सुरक्षा घेरा हुदा हुदै पनि तस्करका सामान निर्वाध रुपमा भित्र्याईरहेका छन । सिमति स्रोत साधन र जनशक्ति भएको भन्सारले निरन्तर यस्ता अवैध बस्तु नियन्त्रण गरिरहेकै छ ।

 

 

 

 

पछिल्लो चामल, चिनी, मटर, कपडा र प्याजको तस्करी बढेको छ । यसका अलावा दैनिक उपभोग्य सामान, हार्डवेयर, मेसिनरी तथा इलेक्ट्रीक सामानहरु विभिन्न नाकाबाट भित्रिरहेको सुरक्षा निकायले बरामद गरेको तथ्याङकले देखाउछ । सिमा क्षेत्र नजिक रहेका गल्लाभण्डारहरुले पनि धान, गहु र चामल अवैध रुपमा भित्र्याई बैध बनाउने गरेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरियाबाट सालको गोलिया सहित डलप, गोरु र एक व्यक्ति नियन्त्रणमा

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–६ बाँस्कोटीबाट सिमरीस्थित आरा मिलमा चिरानका लागि लैजाँदै गरिएको सालको गोलिया सहित डलप र एक हल गोरुलाई सव–डिभिजन वन कार्यालय बर्दगोरियाले नियन्त्रणमा लिएको छ।   वन कार्यालयका अनुसार वडा नं ६ का ४७ वर्षीय दिलबहादुर चौधरीले घरायसी प्रयोजनका लागि गोलिया आरा...

राहदानीको विषय समाधान उन्मुख छः परराष्ट्र मन्त्रालय

काठमाडौँ, परराष्ट्र मन्त्रालयले हाल सेवाग्राहीको उच्च मागअनुसार राहदानी पुस्तिका केही न्यून सङ्ख्या भएपनि यो विषय समाधान उन्मुख रहेको जनाएको छ । राहदानी पुस्तिका बाहिर प्रचारमा आएजस्तो अवस्थामा नरहेको मन्त्रालयले स्पष्ट पारेको हो । मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग विसं २०८२ साउनमा...

वीरगञ्ज भन्साार नाकाः विद्युतीय सवारीसाधन आयातमा बृद्धि

वीरगञ्ज (पर्सा), चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै रु ६८ करोड ५ लाख मूल्य पर्ने दुई सय २९ विद्युतीय जीप,कार र भ्यानहरु आयात भएका छन् ।गत आर्थिक वर्षको तीन महिनाका तुलनामा चालु आवको सोही अवधिमा भने विद्युतीय सवारीसाधनको आयात ह्वातै बृद्धि भएको छ...

एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने

नयाँदिल्ली, विश्वका चर्चित उद्यमी एलन मस्कको स्वामित्वमा रहेको स्टारलिङ्क इन्टरनेट सेवा अब भारतमा आधिकारिक रूपमा सुरु हुन लागेको छ । राजधानी वित्तीय केन्द्र मुम्बई रहेको भारतको महाराष्ट्र राज्य यो सेवा सञ्चालन गर्ने पहिलो भारतीय राज्य बन्ने भएको मुख्यमन्त्रीले बुधबार घोषणा गर्नुभएको छ ।   स्टारलिङ्कले कम–कक्षीय...

बर्दगोरियाबाट सालको गोलिया सहित डलप, गोरु र एक व्यक्ति नियन्त्रणमा

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–६ बाँस्कोटीबाट सिमरीस्थित आरा मिलमा चिरानका लागि लैजाँदै गरिएको सालको गोलिया सहित डलप र एक हल गोरुलाई सव–डिभिजन वन कार्यालय बर्दगोरियाले नियन्त्रणमा लिएको छ।   वन कार्यालयका अनुसार वडा नं ६ का ४७ वर्षीय दिलबहादुर चौधरीले घरायसी प्रयोजनका लागि गोलिया आरा...

जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ मा सभा गर्ने

काठमाडौँ — जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक संघर्ष सुरु गर्ने घोषणा गरेको छ। काठमाडौँको कीर्तिपुरमा सम्पन्न आकस्मिक भेलाले विद्रोहका प्रमुख मुद्दाहरूलाई अपहरण गरिएको र युवा पुस्ताको बलिदानलाई राजनीतिक स्वार्थमा रूपान्तरण गरिएको आरोप लगाउँदै आन्दोलनको नयाँ चरण सुरु गर्ने निर्णय गरेको...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

स्वास्थ्य बीमा सेवा ‘प्रणाली’मा प्राविधिक समस्या

चितवन,  स्वास्थ्य बीमा सेवा प्रणालीमा प्राविधिक समस्या हुँदा देशभरका बिरामी प्रभावित भएका छन् । सो प्रणाली राम्रोसँग नचलेपछि लामो समय पालो कुरेर बिरामी अस्पतालबाट फर्किनु परेको छ । भरतपुर अस्पताल स्वास्थ्य बीमा कार्यक्रमका इञ्चार्ज लीलाधर पौडेलले गएराति ११ बजेसम्म काम गर्दासमेत दिउँसोको दाबी पेस...

आरसिबीलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी, मालिकको रणनीतिक समीक्षा सुरू

नयाँदिल्ली, इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको नयाँ च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) का मालिकहरूले टोली बिक्री गर्ने सम्भावनाबारे गम्भीर रूपमा विचार गर्न थालेका छन् । यो प्रतिष्ठित फ्रेन्चाइजको मूल्याङ्कन करिब दुई अर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ । विश्वप्रसिद्ध पेय पदार्थ कम्पनी डियाजियोको भारतीय...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९