अहिलेको सरकार बिचौलियाले बनाएको भ्रष्टाचारीहरुको सरकार हो- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार बिचौलियाहरुले बनाएको भ्रष्टाचारीहरुको सरकार भएको बताएका छन् । शनिवार पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले गरेको भेलालाई सम्बोधन गर्दै यस्तो ठोकुवा गरेका हुन् ।

 

सरकारले भ्रष्टाचारविरुद्ध एकपछि अर्को फाइल खोल्दै, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका कार्यक्रम अघि बढाउँदै लैजाँदा दलाल र बिचौलियाहरुमा आतंक सुरु भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने– ‘३२ सिटको माओवादीले हामीलाई चुनौती दियो भनेर उनीहरु सरकार हटाउनतर्फ लागे । बाहिर हेर्दा त कांग्रेस र एमाले बसेर सरकार हटाएको जस्तो देखिन्छ तर भित्र दलाल, बिचौलिया र कमिसनखोरहरुले ती दलहरुलाई आफ्नो प्रतिनिधिको रुपमा सिंगारपटार गरेर पठाएका हुन् । अहिलेको सरकार बिचौलियाहरुले बनाएको भ्रष्टाचारीहरुको सरकार हो ।’

 

पछिल्लोपटक आफ्नो नेतृत्वको सरकारले परिवर्तनलाई संस्थागत गर्दै भ्रष्टाचारविरुद्ध युद्धको शंषघोष गरेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने– ‘जबसम्म भ्रष्टाचारलाई यो देशबाट निर्मूल गर्न सकिदैन, जनता र राष्ट्रको समृद्धि संभव छैन भन्ने तथ्यलाई मनन गरेर नै भ्रष्टाचारीमाथि कारवाही अभियान सुरु गरिएको हो ।’

 

चाहे नक्कली भुटानी शरणार्थी होस्, चाहे ललिता निवास र बाँसबारीको भूमाफियाको कुरा होस्, चाहे मिटरब्याजीको कुरा होस्, चौतर्फीरुपमा देखिएका भ्रष्टाचार, बेथिति र अपचलनविरुद्ध प्रहार गर्दै श्रमिक जनतालाई सामाजिक सुरक्षा कोषमा संगठित गरेर श्रमिक र उनीहरुका सन्तानको भविष्य सुनिश्चित गर्ने तथा लाखौं नागरिकताविहीन युवालाई नागरिक प्रदान गर्ने महत्वपूर्ण थालनी गरिएको आफ्नो कार्यकालमा गरिएको उनले स्पष्ट गरे ।

 

‘सरकारबाट बाहिरिदै गर्दा मैले एउटा विजेताको रुपमा आफूलाई उच्च मनोबलका साथ प्रस्तुत गरेको छु, हामी कुनै काण्ड बोकेर फर्केनौं बरु कयौं काण्डका फाइलहरु खोलेर फर्केका छौं’– उनले भने– ‘यही नैतिक र जनबलमा हामी नयाँ अभियानको नेतृत्व गर्ने छौं ।’ आफ्नो दोस्रो कार्यकालमा लोडसेडिङमुक्त गराएर उज्यालो नेपाल बनाएको स्मरण गराउँदै उनले अँध्यारोमा बस्दा भ्रष्टाचार बढी गर्न चाहनेहरुलाई उज्यालो नेपाल मन नपरेको टिप्पणी पनि गरे ।

 

जनताको इच्छा आकांक्षाविपरीत जाने हो भने दुई तिहाइ बहुमतले केही हुँदैन भन्ने भर्खरै बंगलादेशमा देखिएको स्मरण गराउँदै उहाँले ‘हिजो जनयुद्धको दमन गर्ने बेलामा पनि दुई तिहाई थियो, तपाइँहरुले जनयुद्ध रोक्न सक्नुभयो ?’ भन्दै प्रश्न गरे । ‘अहिले नेपाली जनताले जुन अधिकार प्राप्त गरेका छन्, माओवादीकै कारण हो, दुई तिहाईवालाका कारण होइन’– अध्यक्ष प्रचण्डले भने– ‘अब संविधान संशोधन गर्ने रे, मुलुकलाई पछाडि फर्काउने रे ! हिजो प्रतिगमन हुँदा सडकमा बसेर पलेटी कसेर लोकतन्त्र पुनस्र्थापित गरिएको हो, हाम्रा जनताले पाएको अधिकार खोस्ने दुस्साहस गर्छन् भने फेरि सडकमा जाने तयारीमै छौं, जान्छौं ।’

‘२०६४ कै हाराहारीमा हैसियत प्राप्त गर्ने वातावरण बन्दैछ’

अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचनमा आफ्नो पार्टीले २०६४ कै हाराहारीमा हैसियत प्राप्त गरेर पहिलो दल बन्ने वातावरण बन्दै गएको बताए । उनले आफ्नो पार्टी नेतृत्वको सरकारले अघि बढाएको सुशासनको अभियानले पार्टीलाई पुनः जनतासँग नयाँ सम्बन्ध स्थापित गर्ने अवसर प्राप्त भएको बताए ।

 

अध्यक्ष प्रचण्डले पार्टीलाई २०६४ कै हाराहारीमा पुर्याउने सूत्र पनि कार्यकर्ताहरुलाई सुनाए । ‘अब हामी २०६४ को निर्वाचनमा मत दिने जनताको घरघरमा जानेछौं, हामीले गर्न सकेका र नसकेका कामको आत्मसमीक्षा गर्दै विभाजन भएर गल्ती गर्यौं अब नयाँ भएर आएका छौं भनेर प्रतिबद्धता व्यक्त गर्ने छौं’– उनले भने, ‘२०६४ को निर्वाचनमा मत दिने जनताका छोराछोरी देशभित्र वा बाहिर कहाँ छन् खोजी गरेर उनीहरुको देश र पार्टीप्रतिको बुझाई अनि आफ्नो भविष्यबारे के सोचिरहेका छन्, गहिरो छलफल गर्न हामी सबै लाग्ने छौं।’

 

त्यस्तै जनयुद्धकालका कार्यकर्ता र जनमुक्ति सेनाको खोजी गरेर उनीहरुका समस्या समाधान गर्दै पुनः नयाँ क्रान्तिमा परिचालनका लागि पार्टी गम्भीरतापूर्वक लाग्ने गरी पार्टीले योजना बनाएको जानकारी दिंदै अध्यक्ष प्रचण्डले आफू देशब्यापी अभियानमा निस्कन थालेको बताए । परिवर्तनको महत्वपूर्ण आधार जनयुद्धको महत्वको स्थापित गरिएको उल्लेख गर्दै उनले भने– ‘जनयुद्ध दिवसलाई राष्ट्रिय विदा र जनयुद्ध तथा जनआन्दोलनका सहिदलाई राष्ट्रिय सहिदको मान्यता दिने ऐतिहासिक काम पनि हामी अघि अघि बढाएका छौं । चाँडै शान्ति प्रक्रियालाई पूर्णता दिएर हामी नयाँ शिराबाट अघि बढ्ने छौं ।’

 

पार्टी एकताबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विभाजन भएर गएका पार्टीहरुसँग पनि एकता प्रक्रिया चाँडै सुरु हुने बताए । ‘तीन प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीसहितको बैठक सकिएको छ’– उहाँले भन्नुभयो– ‘पार्टी पूर्णरुपमा एकताबद्ध छ । हाम्रो पार्टीलाई कसैले फूटाउन सक्दैन बरु फूटेका गएका शक्तिलाई पनि केही समयभित्रै पनि एक बनाएर लगिने छ, एकता वार्ता चलिरहेको छ, छिट्टै एकता हुनेछ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कैलालीको रानीकुण्डामा श्रृंखलाबद्ध आगजनी: दुई गोठ जले, गाई–बाच्छा घाइते

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डामा गएराति लगातार दुईवटा घरगोठमा भएको आगलागी घटनाले स्थानीयवासी त्रसित बनेका छन्। राति करिब १२ बजेतिर समाजसेवी लालसिंह विश्वकर्माको गोठमा आगो लगाउने प्रयास गरेको थियो। घर र गोठ नजिकै रहेको पराल राख्ने स्थानमा अज्ञात समूहले आगो लगाएको आशंका गरिएको...

संविधानको रक्षा र सुशासनका लागि क्षेत्राधिकारभित्र रहेर काम गर्ने प्रदेश प्रमुख कर्णको प्रतिबद्धता

जनकपुर,  मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा सुरेन्द्र लाभ कर्णले संविधानको रक्षा र सुशासनका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।जनकपुरधामस्थित प्रदेश प्रमुख कार्यालयमा पदभार ग्रहण गर्दै आज सञ्चारकर्मीसँग उहाँले आफूलाई संविधानले दिएको अधिकारभित्र रहेर न्यायपूर्ण रूपमा काम गर्ने बताउनुभयो ।   प्रदेश प्रमुख डा कर्णले...

नेचुङ भन्सारद्वारा तीन अर्ब ४९ करोड राजस्व सङ्कलन

मुस्ताङ,  नेपाल–चीन सिमानास्थित नेचुङ भन्सार कार्यालयले रु तीन अर्ब ४९ करोड ८५ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत भदौ ३१ देखि यही कात्तिक २५ गतेसम्म सङ्कलन भएको हो ।   भन्सार प्रमुख रमेश खड्काका अनुसार उक्त अवधिमा एक हजार ६९९ वटा...

जापानमा प्रहरीलाई भालु विरुद्ध हतियार प्रयोग गर्न अनुमति

टोकियो, टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी“ जारी गर्न प्रेरित गरे सँगै भालुको आक्रमणबाट बच्न प्रहरी अधिकारीहरूलाई बिहीबारदेखि भालुलाई गोली हान्न अनुमति दिइएको जनाइएको छ । पछिल्लो समयमा बढ्दो घातक भालु आक्रमणलाई कम गरी जनताको सुरक्षा गर्न जापानको कडा हातहतियार सम्बन्धि कानून संशोधन गरि प्रहरीलाई भालु...

कैलालीको रानीकुण्डामा श्रृंखलाबद्ध आगजनी: दुई गोठ जले, गाई–बाच्छा घाइते

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डामा गएराति लगातार दुईवटा घरगोठमा भएको आगलागी घटनाले स्थानीयवासी त्रसित बनेका छन्। राति करिब १२ बजेतिर समाजसेवी लालसिंह विश्वकर्माको गोठमा आगो लगाउने प्रयास गरेको थियो। घर र गोठ नजिकै रहेको पराल राख्ने स्थानमा अज्ञात समूहले आगो लगाएको आशंका गरिएको...

मुख्यमन्त्री शाहद्वारा अछाममा माथिल्लो दोगाडे पक्की पुलको शिलान्यास

अछाम, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५ मा निर्माण हुन लागेको माथिल्लो दोगाडे पक्की पुलको शिलान्यास गर्नुभएको छ।   बिहीबार आयोजित एक विशेष कार्यक्रममा मुख्यमन्त्री शाहले उक्त पुलको शिलान्यास गर्नुभयो। सो अवसरमा बोल्दै उहाँले निर्माण कम्पनीलाई ठेक्का सम्झौतामा तोकिएको म्यादभन्दा अघि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

कैलालीको रानीकुण्डामा श्रृंखलाबद्ध आगजनी: दुई गोठ जले, गाई–बाच्छा घाइते

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डामा गएराति लगातार दुईवटा घरगोठमा भएको आगलागी घटनाले स्थानीयवासी त्रसित बनेका छन्। राति करिब १२ बजेतिर समाजसेवी लालसिंह विश्वकर्माको गोठमा आगो लगाउने प्रयास गरेको थियो। घर र गोठ नजिकै रहेको पराल राख्ने स्थानमा अज्ञात समूहले आगो लगाएको आशंका गरिएको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक विद्यार्थीले बनाए विभिन्न उपयोगी कृषिका उपकरण

मोरङ,कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषिका लागि विभिन्न उपयोगी उपकरण निर्माण गरेका छन् । विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीनवर्षे डिप्लोमातर्फ अध्यनरत अन्तिम वर्षका विद्यार्थीले एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको...

लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन

लुम्बिनी,बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रु १२ करोड खर्चेर १२८ स्लाइसको एमआरआई मेसिन ल्याइएको छ । मेसिन आपूर्तिकर्ता कम्पनीले अस्पतालमा मेसिन जडान पनि थालेको छ ।आगामी दुई महिनाभित्रमा सेवा सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा इन्द्र ढकालले जानकारी दिनुभयो । लुम्बिनी...

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

काठमाडौँ,  नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित भोलि  जाँदैछन् । रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्स र डबल्समा खेल्नेछन् । डबल्समा रोहितले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९