आज सुनचाँदीको मुल्य कति पुग्यो ?

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।बुधबार सुन तोलाको ८ सयले बढेर तोलामा एक लाख ५३ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस अघि मंगलबार सुनको मुल्य १ लाख ५२ हजार ३ सयमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १८५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?