जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

ललितपुर । ललित्पुरको गोदावरी नगरपालिका-१४ ठैब बस्ने ५२ वर्षीय जगत विर देसारको आशिष झरना भ्यू होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक जगत विर समेत ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २६ हजार ६ सय २३ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?