पुर्व-पश्चिम राजमार्ग अन्तर्गत बर्दिवास खण्डको सडकपेटी विचौलियाको कब्जामा

महोत्तरी ।  मधेश प्रदेशको व्यस्त सडक मानिएको पुर्व-पश्चिम राजमार्ग अन्तर्गत बर्दिवास सडक खण्डमा  ठेलागाँडा मजदुरहरुसगँ पैसा असुल गरेर सडक जाम गराउने गरेको खुलासा भएको छ ।

जनही ३ सयदेखि ९ सयसम्म पैसा अशुल गरेर  सडकपेटीलाई कमाउने धन्दा वनाउने गरेको तथ्य वाहिरिएपछी बर्दिवास नगर क्षेत्रमा सडकको थप अस्तव्यस्तताको कारक  खुलासा भएको हो । सडक किनारामा राखिएका ठेलागाँडा पशलहरुले ९ सय रुपैयाँ दिने गरेको स्विकार गरेका छन । `म जहिल्यै ढल्केवरवाट ठेलामा सामन ल्याएर याँहा वेच्ने गर्छु ।´ दिपक भनिने एक ठेलाव्यापारीले भने । `पैसा दिएपछि खासै समस्या पनि हुँदैन त्यसैले अन्य साथीहरु पनि वाहिरवाट याँहा नै आउनुहुन्छ ।´

 

अन्य ठाउँमा  सामान लिएर जाँदा व्यापार नहुने र बर्दिवासका सडक किनारामा राख्दा भनेजस्तो व्यापार चल्ने हुँदा खुसीले नै उक्त पैसा दिने गरेको उनिहरुले वताएका छन । सडकपेटीहरु अस्तव्यस्त भएको व्यापक जनगुनासो वढीरहेको भन्दै बर्दिवास नगरपालिकाले विहान-वेलुका केही कर्मचारी र नगर प्रहरी समेत खटाउने गर्दछ । तर यस्का वावजुत पनि सडकको दुरावस्था यथावत रहिरहेको वेला ठेलागाँडाहरुसगँ पैसा उठाएर संरक्षण गरिएको तथ्यले आम मानिसहरुलाई झस्काएको छ ।

कस्लाई दिन्छन पैसा ?

ठेला व्यापारीहरुले पैसा उठाएर दिनेश भनिने अर्को व्यापारीलाई दिने र उन्कै माध्यमवाट पैसा समबन्धित ठाउँमा पुग्ने गरेको पाईएको छ । यता दिनेशले उक्त पैसा संकलन गरेको स्विकार गरेका छन । वजारको ठेक्का पाएका विजय महतोको निर्देशनमा उक्त पैसा अशुल गरेको उन्ले वताए ।

 

`मैले पैसा संकलन गरेको नै हौ । तर त्यो पैसा विजय महतोलाई दिने गरेको छु ।´ उन्ले भने । `यति भएपछि याँहा नै राखेर निर्वाधरुपमा व्यापार गर्न पाईन्छ ।´ठेलाको लागि औरही सडक खण्डमा ठाउँ निर्धारण गरेतापनी त्याँहा व्यापार नहुने गरेको उनिहरुको भनाई छ । मुख्य राजमार्गको छेउछाउमा भनेजस्तो व्यापार हुने भएकाले उक्त पैसा दिन वाध्य भएको आधा दर्जन ठेला व्यापारीहरुको हामिलाई अडियो रेकर्ड समेत प्राप्त भएको छ ।

 

बजारको ठेक्का पाएका विजय महतोले पनि  पैसा आफुलाई ठेलागाँडावालाहरुले मनखुसीले दिएको र उक्त पैसा लिएको स्विकार गरेका छन । `मलाई माछामासु खानु भनेर उनिहरुले नै दिएका हुन । मैले मागेको हैन ।´ उन्ले भने । `यसमा नगरपालिकाका कर्मचारीहरुको कुनै हात छैन ।´

 

तर सडक पेटीमा अनाधिकृतरुपमा ठेला तथा अन्य पशलहरु राखेर सडक अस्तव्यस्त वनाउनेहरुलाई हटाउने जिम्मेवारी लिएका उनिहरुले ठेलागाँडाहरुलाई किन हटाएनन भन्ने गम्भीर प्रश्न वनेको छ । `विजय महतोको माध्यमवाट सवै विषय बाहिर आउन सक्छ ।´ स्थानिय व्यवसायी गुन्ज कार्कीले भने । `जिम्मेवारी लिएर हरेक क्षेत्रलाई गरिखाने भाडो वनाउने जोकोहीलाई कडा कारवाही गर्नुपर्छ ।´
कर तिरेर व्यापार गर्ने व्यापारीहरुको मर्म विपरित गरिएको कार्य दु:खद छ : उधोग बाणिज्य संघ

कर तिरेर औपचारिकरुपमा व्यापार गर्नेहरुको मर्म विपरित सडकपेटीलाई निजि सम्पत्ती वनाएका जोकोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने उधोग बाणिज्य संघका अध्यक्ष बिष्णु खडकाले वताए । नगरपालिकाको संरक्षण देखिनेगरी ठेलागाँडा व्यापारीहरुसगँ पैसा असुल्नु दु:खद भएको वताउदै खडका दुर्घटनाको कारक एकातिर वन्ने र अर्कोतिर स्थानिय व्यापारीहरु उपेक्षामा परेको वताउछन ।

 

`विजय महतो भन्ने व्यक्तिले कस्को निर्देशनमा ठेलागाँडा त्याँहा राख्न दिए भन्ने बिषय महत्त्वपूर्ण हो ।´ अध्यक्ष  खडकाले भने । ´यदि उनी आफैले त्यो वातावरण सिर्जना गरेका हुन भने कुन कानुनमा आधारित भएर गरेका हुन त ?´

 

ठेला गाँडामा राखिएका पशलहरुको कारण अस्तव्यस्त वनिरहेको सडकको विषयलाई लिएर पत्रकारहरुले केहीदिन अगाडि जिल्ला ट्राफिक कार्यालयमा समेत सामुहिक ध्यानाकर्षण जनाएका थिए । नगर प्रवक्ता विजय महतोले भने यस्को विषयमा छानविन गर्ने वताएका छन । `वजार व्यवस्थापन समितीमा छलफल गरेर वुझ्नेछु ।´ प्रवक्ता महतोले भने । `मलाई पनि थाहा थिएन यस्लाई गम्भिररुपमा लिएका छौ ।´

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

मतदाता नामावली सङ्कलनमा जारी छ चाप

काठमाडौँ,आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा उत्साहजनक सहभागिता देखिएको छ ।आयोगका सातवटै प्रदेश र ७० वटै जिल्ला निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली...

बाउन्न जना गर्भवतीलाई पोषण भत्ता

तनहुँ,  जिल्लाको व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार र सुरक्षाका लागि ५२ जना गर्भवती महिलालाई पोषण भत्ता प्रदान गरेको छ ।चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म जनही रु पाँच हजारका दरले रु दुई लाख ६० हजार रकम प्रदान गरेको हो । कार्यालयले अघिल्लो...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौँ,  बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

महाकाली सिँचाइ आयोजना मुआब्जा वितरणमा सकस

महेन्द्रनगर,  कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ । बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचेअनुरूप हुन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस

काठमाडौँ, नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ ।सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीसहितका पदाधिकारीले आज मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामनाका साथै विभिन्न सुझाव दिएको हो ।   प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत, राष्ट्रिय स्वास्थ्य...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९