क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा गोरखा आरूघाट गाउँपालिका-१० घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल बस्ने ३४ वर्षीय रामहरी भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

 

भण्डारीले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १८ लाख ३५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सुन्दरीजलबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१