आइपिएलमा फ्रेन्चाइजीले ६ खेलाडी रिटेन गर्नसक्ने, राइट टु म्याच कार्ड पनि लागु

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनअघि फ्रेन्चाइजीले ६ खेलाडीलाई रिटेन गर्न सक्ने नियम पारित गरिएको छ । आइपिएलले ६ खेलाडी रिटेन गर्दा एक खेलाडी घरेलु अनक्याप खेलाडी हुनुपर्ने नियम बनाएको छ भने अन्य पाँच खेलाडी भारतीय र विदेशी जो पनि हुनसक्ने नियम बनाएको छ ।  रिपोर्टका अनुसार शनिबार आईपीएल गभर्निङ काउन्सिलको वार्षिक बैठकमा यी निर्णयहरू गरिएको हो ।

 

 

त्यस्तै अब टोलीको पर्स सीमा पनि १०० करोडबाट बढाएर १२० करोड भारु पुर्याइएको छ । मेगा अक्सन यस वर्ष नोभेम्बरमा हुन सक्ने बताइएको भएपनि मिति भने अझै तोकिएको छैन ।त्यस्तै यस बर्ष हुने मेगा अक्सनमा टोलीले राइट टु म्याच कार्ड पनि पाउनेछन् । एउटा टोलीले बढीमा ६ खेलाडीलाई टोलीमा राख्न सक्छ । यसले कोलकोता, सनराइजर्स, चेन्नई\, राजस्थान र मुम्बई जस्ता खेलाडीलाई फाइदा पुग्ने देखिएको छ ।

 

 

 

अक्सनअघि आईपीएल टोलीहरूले ५ अन्तर्राष्ट्रिय खेलाडी र एक अनक्याप खेलाडी राख्दा कुल ७९ करोड खर्च हुने भएको छ र  तिनीहरूको पर्समा मात्र ४१ करोड रुपैयाँ बाँकी हुनेछ, जुन रकमले बाँकी २० खेलाडी किन्नुपर्ने हुने भएको छ । रिटेन गरिएका खेलाडीमध्ये शिर्ष २ खेलाडीको मुल्य १८–१८ करोड, २ खेलाडी १४–१४ करोड र १ खेलाडी ११ करोड हुने गरि तोकिएको छ । त्यस्तै रिटेन गरिने एक अनक्याप्ड खेलाडीलाई ४ करोडमा रिटेन गर्न सकिनेछ ।

 

 

हरेक पटक आईपीएल मेगा लिलामीमा विदेशी र भारतीय खेलाडी राख्ने सीमा तोकिएको थियो । तर, यसपटक विदेशी र भारतीय खेलाडीलाई रिटेन गर्ने कुनै सीमा छैन । फ्रेन्चाइजीले चाहेमा सबै पाँच भारतीय वा पाँच विदेशी खेलाडीलाई राख्न सक्छ ।

 

 

त्यस्तै पाँच पटकको आईपीएल च्याम्पियन चेन्नई सुपर किंग्सका पूर्व कप्तान एमएस धोनी अनक्याप्ड प्लेयरको रूपमा आईपीएल खेल्न सक्ने भएका छन्। आईपीएलले आफ्नो पुरानो नियमलाई पुन: लागू गर्ने निर्णय गरेसँगै धोनी अनक्याप्ड खेलाडीको रुपमा चेन्नईमा रिटेन हुन सक्ने भएका हुन् । आइपिएलले ५ वर्षअघि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका खेलाडीले अनक्याप्ड खेलाडीको रुपमा लिलामीमा सहभागी हुन पाउनेछन् ।

 

 

धोनीले सन् २०२० मा सन्यास लिएका थिए तर उनले आफ्नो अन्तिम खेल भारतका लागि २०१९ मा खेलेका थिए । यसरी सन् २०२५ को आईपीएलसम्ममा उनको सन्यास र अन्तिम खेल दुवै ५ वर्षभन्दा बढी हुनेछ । यो नियम पहिले कहिल्यै प्रयोग गरिएको थिएन, जसका कारण यसलाई २०२१ मा हटाइएको थियो । तर, अब सीएसकेले धोनीका लागि यो नियम प्रयोग गर्न सक्ने भएको छ ।

राइट टु म्याच कार्डको फिर्ता

आईपीएल मेगा लिलामीमा राइट टु म्याच कार्डले पनि पुनरागमन भएको छ । टोलीले कुनै खेलाडीलाई रिटेन गर्न नसकेमा राइट टु म्याच कार्ड प्रयोग गरी मेगा अक्सनमा रिटेन गर्न सक्नेछन् । यदि टोलीले चाहेमा, तिनीहरूले सबै ६ खेलाडीहरू राख्न सक्छन् वा केही खेलाडीहरू राख्न सक्छन् र केहीलाई राइट टु म्याच कार्डको प्रयोग गरेर टिममा राख्न सक्ने भएका छन् । टोलीले चाहेमा एक खेलाडीलाई रिटेन गर्नुको सट्टा राइट टु म्याच कार्डमार्फत सबै ६ खेलाडी किन्न पनि सक्नेछन् ।

राइट टु म्याच कार्ड भनेको के हो ?

राइट टु म्याच अर्थात् आरटीएम कार्ड लिलामीमा रहेका टोलीहरूले प्रयोग गर्न सक्नेछन् । उदाहरणका लागि, रोहित शर्मालाई मुम्बई इन्डियन्सले रिटेन गरेन भने उनको नाम लिलामीमा आउछ र उनलाई रोयल च्यालेन्जर्स बैंगलोरले १० करोडमा किन्न खोज्यो भने मुम्बईले चाहेमा राइट टु म्याच कार्ड प्रयोग गरेर रोहितलाई १० करोडमा राख्न सक्छ । राइट टु म्याच कार्ड सबै टोलीसँग हुनेछ ।

इम्प्याक्ट प्लेयर नियम रहने 

सन् २०२३ मा लागू भएको इम्प्याक्ट प्लेयर नियम पनि आईपीएलमा जारी रहने छ । यो नियमको सहायताले टोलीले प्लेइङ–११ को कुनै एक खेलाडीलाई खेलको बीचमा बेन्चमा बस्ने खेलाडीलाई बदल्न सक्छ । पछिल्लो सिजनमा यो नियमको प्रयोगका कारण बढी रन बनेको थियो । जसका कारण गत सिजन मात्रै प्रतियोगिता इतिहासको शीर्ष १० मा ९ उच्चतम स्कोर बनेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

कर्णाली,  गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको भन्दै सो घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । सुर्खेतका विभिन्न सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गरी सो घटनाले आफूहरूलाई स्तब्ध बनाएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि...

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभावमा कमी नहुने बताउनुभएको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि आज पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले सामाजिक सञ्जालमार्फत् यस पटकको निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो...

सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

काठमाडौँ,  बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनकोे मूल्य रु दुई हजारले र चाँदीको मोल रु २०५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १७ हजार कायम भएको...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

दुई सय केजी गाँजा बरामद

इनरुवा (सुनसरी),  सुनसरीको हरिनगर गाउँपालिका–३ बाट गए राति २०० केजी गाँजा बरामद भएको छ ।गौतमपुरबाट हरिनगरतर्फ जाँदै गरेको प्र १–०२–००४ ह ५६३९ नम्बर सिटी सफारीमा प्लाटिकका आठ वटा बोरामा राखिएको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक केशवकुमार थेबेले राससलाई जानकारी दिनुभयो । ...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९