भारतविरुद्ध बंगलादेश २३३ रनमा अल आउट

काठमाडौँ ।  भारतविरुद्धको दोस्रो टेस्टमा बंगलादेशले पहिलो इनिंगमा २३३ रन बनाएको छ ।बर्षाले प्रभावित बनेको यस टेस्टको चौथो दिन आज बंगलादेशले २३३ रन बनाएर अलआउट भएको हो ।बंगलादेशका लागि मोनिमुल हकले १०७ रनको शतकीय पारी खेलेका थिए भने अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन् ।

 

 

त्यस्तै भारतका बलर जसप्रित बुमराहले ३ विकेट लिए भने मोहमद सिराज, आकाश दीप र आर आश्विनले २-२ विकेट लिए । त्यस्तै रविन्द्र जडेजाले एक विकेट लिए । जडेजाले एक विकेट लिएसँगै टेस्ट क्रिकेटमा आफ्नो ३०० विकेट पुरा गरेका छन् । उनले ७४ टेस्ट खेल्दै ३०० विकेट लिएका हुन् ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१