लुम्बिनी विकास बैंकले जित्यो वेष्ट बैंक नेपालसहित पाँच उपाधि

  • दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस्, वेष्ट बैंक नेपाल सहित पाँच उपाधि जित्यो लुम्बिनी विकास बैंकले
  •  

    अवार्डका लागि इण्डियन चेम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न सूचक निर्धारण गरेको थियो । ,स्थापनाकालदेखि नै इथिकल बैंकिङ, आर्थिक सुशासनलाई आत्मसात गर्दै र पारदर्शिता बैंकिङ सेवा उपलव्ध गराउँदै अघि बढेकोले अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका अवार्डहरू जित्न सफल भएको र यसबाट बैंकको गरिमा र प्रतिष्ठा थप माथि पुगेको बैंकले जनाएको छ ।

     

    अन्तर्राष्ट्रिय अवार्ड पाउनुमा बैंकका सञ्चालक, कर्मचारी, ग्राहक र नियमनकारी निकाय लगायत सबैको योगदान र सहयोग रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ३.५ अर्ब चुक्ता पूँजी भएको राष्ट्रिय स्तरको विकास बैंकका सातै प्रदेशमा ८९ वटा शाखा, १ वटा एक्टेन्सन काउन्टर र २० वटा एटिएम सञ्चालनमा छन् ।

    भारतको नयाँ दिल्लीमा सम्पन्न बैंकिङ कन्क्लेभ २०२४ मा लुम्बिनी विकास बैंकले:

    • बेष्ट बैंक,
    • जोखिम व्यवस्थापनमा उत्कृष्ट प्रदर्शन (नेपाल),
    • सम्पत्ति व्यवस्थापनमा उत्कृष्ट प्रदर्शन (नेपाल) विधामा विजेता,
    • नाफामा उत्कृष्ट प्रदर्शन (नेपाल) र
    • वृद्धिमा उत्कृष्ट प्रदर्शन (नेपाल) मा उपविजेता उपाधि प्राप्त गरेको हो।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?