सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले युग सुहाउँदो तालिम र प्रविधिसहितको परिचालनले मात्र अबका सुरक्षा चुनौती सामना गर्न सकिने बताएका छन् ।काठमाडौंको मातातीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा मंगलबार आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।राज्यले सुम्पिएका जिम्मेवारीका साथै भइपरी आउने विषम परिपस्थितिमा व्यवसायिक दक्षता प्रदर्शन गरी आफ्नो पहिचान स्थापित गरिरहेको उनको भनाइ छ । सशस्त्र प्रहरी बललाई प्रविधिमैत्री एवम् चलायमान बनाउनेतर्फ मन्त्रालयले काम गरिरहेको उनले बताए ।

 

 

‘७७ वटै जिल्लामा परिचालन विस्थापित सशस्त्र प्रहरी बललाई थप जनशक्ति व्यवस्थापनका साथै भौतिक पूर्वाधार, सुरक्षा युग सुहाउँदो बन्दबस्ती सामग्रीले सुसंस्कृत गर्दै लैजान गृहमन्त्रालय प्रयासरत छ,’ उनले भने, ‘नीतिगत व्यवस्था र कार्यान्वयनको तहमा गर्नुपर्ने आवश्यक सम्पूर्ण सहयोग गर्न मन्त्रालयबाट कुनै कमी नहुने कुरामा विश्वस्त रहन आग्रह गर्दछु ।’मौजुदा स्रोत साधनको प्रयोग गरी नजिता हासिल गर्नेतर्फ विगत र वर्ततमान जस्तै क्रियाशील रहिरहन सशस्त्र प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन छ ।

 

 

‘सुरक्षा निकायका हरेक सदस्यले संविधान र प्रचलित ऐन–नियमको परिधीभित्र रही मानवअधिकारको संरक्षण र परिपालनामा कर्तव्यनिष्ठ भइ कार्य गरे लोकतान्त्रिक संस्कार र विधिको शासन स्थापित हुँदै जान्छ ,’ उनले भने, ‘विधिको शासन र कानुनी राज्यको मुलमर्मलाई आत्मसात गर्दै कानुन पालना गर्ने गराउने निकायले चनाखो एवम् होसियार रहेर आफ्ना काम कारबाही संचालन गर्नु गराउनुपर्ने अहिलेको अपरिहार्य आवश्यकतालाई मनन् गर्नु होला ।’

 

 

 

प्रशिक्षण कार्यलाई समयानुकुल थप आधुनिक र वैज्ञानिक बनाउँदै लगिएको भन्दै यसले राज्यलाई दक्ष र व्यवहारिक अधिकृत निर्माणमा खेलेको भूमिकाको गृहमन्त्री लेखकले प्रसंशा गरे । सशस्त्र प्रहरीभित्र एउटा निश्चित, स्पष्ट, वैज्ञानिक किसिमले सबैको हित हुने ढंगले अगाडि बढ्ने व्यवस्था गरिने गृहमन्त्री लेखकले बताए ।

 

 

 

सशस्त्र प्रहरीको नयाँ ऐनले सशस्त्र प्रहरीको सेवालाई विशिष्ठकृत गर्दै जैलाने भन्दै आगामी संघीय संसद अधिवेशनमा पेस गरिने बताए । ‘सशस्त्र प्रहरी बलेको मौजुदा कानुनलाई परिवर्तन गरेर नयाँ कानुन निर्माणमा अगाडि बढेको छौं । यसले सशस्त्र प्रहरी बललाई थप सक्षम, सबल र व्यवसायिक बनाउने मैले विश्वास लिएको छु,’ उनले भने, ‘नयाँ कानुनका सम्बन्धमा परामर्शको काम अन्तिम चरणमा छ । आगामी संघीय संसदको अधिवेशनमा पेस गरेर कानुन निर्माण गरेर जाने छौं ।’

 

 

 

सशस्त्र प्रहरीले खेलकुदको क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निर्माण गरेको उनले बताए । ‘सशस्त्र प्रहरी बल नेपालका खेलाडीहरुले राष्ट्रिय अन्तराष्ट्रियस्तरमा राम्रो प्रदर्शन गरेको स्थिति छ । नेपाल सरकारले कानुनी व्यवस्था गरेर खेलाडीहरुलाई विशेष पदमा सिर्जना गरेर नियुक्त गर्न सक्ने गरी नीति बनाउन लागेको छ,’ उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जापानमा भालु आक्रमण तीव्र, गभर्नरद्वारा सैन्य सहयोगको आह्वान

टोकियो,  (रासस/एएफपी) : जापानमा यस वर्ष रेकर्डस्तरमा पुगेका भालु आक्रमणहरूका कारण उत्तर जापानका एक गभर्नरले सेनाबाट सहयोग माग्नुभएको छ । अकिता प्रान्तका गभर्नर केन्टा सुजुकीले मङ्गलबार रक्षामन्त्रीलाई सम्बोधन गर्दै ‘आत्मरक्षा बलको सहयोगबिना नागरिकहरूको जीवन रक्षा असम्भव भएको’ बताउनुभयो ।   सरकारी तथ्याङ्कअनुसार यस वर्ष हालसम्म भालु...

‘कम्युनिष्ट पार्टी नेपाल’ दल दर्ताका लागि निवेदन

काठमाडौँ,  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘कम्युनिष्ट पार्टी नेपाल’ले निर्वाचन आयोगमा आज दल दर्ताका लागि निवेदन दिएको छ । आयोगको कार्यालय, बहादुर भवनमा पुगेर सो पार्टीका नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहितले दल दर्ताको निवेदन दिनुभएको हो । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ९९ पैसा र बिक्रीदर...

ट्रम्प–ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा

टोकियो,  (रासस/एएफपी) : अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले मङ्गलबार टोकियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका क्रममा दुवै देशबीचको सम्बन्धलाई ‘नयाँ स्वर्ण युग’ मा प्रवेश गराउने वाचा गर्नुभएको छ ।   जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले ट्रम्पको द्वन्द्व मध्यस्थतामा भूमिकाको प्रशंसा...

जापानमा भालु आक्रमण तीव्र, गभर्नरद्वारा सैन्य सहयोगको आह्वान

टोकियो,  (रासस/एएफपी) : जापानमा यस वर्ष रेकर्डस्तरमा पुगेका भालु आक्रमणहरूका कारण उत्तर जापानका एक गभर्नरले सेनाबाट सहयोग माग्नुभएको छ । अकिता प्रान्तका गभर्नर केन्टा सुजुकीले मङ्गलबार रक्षामन्त्रीलाई सम्बोधन गर्दै ‘आत्मरक्षा बलको सहयोगबिना नागरिकहरूको जीवन रक्षा असम्भव भएको’ बताउनुभयो ।   सरकारी तथ्याङ्कअनुसार यस वर्ष हालसम्म भालु...

ट्रम्प–ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा

टोकियो,  (रासस/एएफपी) : अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले मङ्गलबार टोकियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका क्रममा दुवै देशबीचको सम्बन्धलाई ‘नयाँ स्वर्ण युग’ मा प्रवेश गराउने वाचा गर्नुभएको छ ।   जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले ट्रम्पको द्वन्द्व मध्यस्थतामा भूमिकाको प्रशंसा...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र...

जातीय विभेदको मुद्दामा फरार प्रकाश चन्द दिल्लीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै

बैतडी । जिल्ला अदालत बैतडीबाट जातीय विभेदको कसुरमा दोषी ठहर भई ४ महिनाको कैद सजाय सुनाइएका प्रकाश चन्द भारतको दिल्ली गुडगावस्थित बजाज कम्पनीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै आएका छन् । जता जहाँ गए पनि विवादास्पद क्रियाकलाप गर्ने उनी घरपरिवारको नजरमा समेत घृणित सदस्यका रूपमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

बजेट अभावमा तङ्ग्राम स्वास्थ्यचौकी भवन अधुरै

गलकोट (बागलुङ),  काठेखोला गाउँपालिका–४ स्थित तङ्ग्राम आधारभूत स्वास्थ्य चौकीको भवन बजेट अभावमा अधुरो रहेको छ । स्वास्थ्यचौकीको भवन नहुँदा यहाँका नागरिकले सहज रुपमा सेवा पाउन सकेका छैनन् । अस्थायी रुपमा अहिले पाहुना घरबाट सेवा सञ्चालनमा आइरहेको छ ।   तङ्ग्रामको धाकखोलामा गत वर्ष जग्गा व्यवस्थापनपछि निर्माण...

चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता हुँदै

गण्डकी,  जिल्ला भलिबल सङ्घ बागलुङको आयोजना र गलकोट नगर भलिबल सङ्घको संयोजनमा यही कात्तिक १७ देखि ३० गतेसम्म विभिन्न चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।   खुला वडास्तरीय पुरुष भलिबल, खुला पालिकास्तरीय महिला भलिबल, भेट्रान्स कप र माध्यमिक विद्यालयस्तरीय पुरुष भलिबल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९