एनपीएलका लागि जनकपुरले भित्र्यायो पाकिस्तानका बलिङ अलराउन्डर मोहसिन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्टसले पाकिस्तानका बलिङ अलराउन्डर मोहमद मोहसिनलाई भित्र्याएको छ । २८ बर्षिय मोहसिनलाई एनपीएलका लागि भित्र्याएको जनकपुरले जानकारी दिएको छ ।जनकपुरले भित्र्याएका मोहसिङ तेस्रो विदेशी खेलाडी हुन् । यसअघि जनकपुरले न्यूजील्याण्डका जिम्मी निशाम र अमेरिकाका जोसुआ ट्रोम्पलाई अनुबन्ध गरेको थियो । जनकपुरको मार्की खेलाडीमा राष्ट्रिय टिमका आसिफ सेख रहेका छन् ।आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ ।

अहिले सम्झौता भएका खेलाडी:

काठमाडौँ गुर्खाज

– नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिट
-नामिबियाका अलराउन्डर जेरार्ड इरासमस

लुम्बिनी लायन्स

– इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज
– अस्ट्रेलियाका अलराउण्डर बेन कटिंग

जनकपुर बोल्ट्स

– न्यूजील्याण्डका जिम्मी निशाम
– अमेरिकाका जोसुआ ट्रोम्प
– पाकिस्तानका बलिङ अलराउन्डर मोहमद मोहसिन

पोखरा एभेन्जर्स 

– वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप,
– नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे
– अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस

सुदूरपश्चिम रोयल्स

-स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेन
– पाकिस्तानका ब्याटिंग अलराउण्डर सैफ जैब

बिराटनगर किंग्स

– ओमानका कप्तान आकिब इलियास
– क्यानडाका लराउण्डर निकोलस किर्टोन

कर्णाली याक्स

– पाकिस्तानका अल राउण्डर हुसैन टलात
– हङकङका बाबर हायात

चितवन राइनोज

– दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज
– इङल्याण्डका लुक बेनकेनस्टिन
– अफगानिस्तानका हसन एइसाखिल

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१