हङकङ सिक्सेसको क्वाटरफाइनलमा नेपाल आजै श्रीलंकासँग खेल्दै

काठमाडौँ । नेपालले हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकाको सामना गर्ने भएको छ ।समुह चरणमा इङल्याण्ड र अस्ट्रेलियालाई पराजित गरेको नेपालले समुह विजेता हुदै क्वाटरफाइनलमा पुगेको थियो ।नेपालले इङल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो भने अस्ट्रेलियालाई ११ रनले पराजित गरेको थियो ।अब क्वाटरफाइनलमा नेपालले आजै अपराहन्न १: ३५ बजेदेखि शुरु हुने खेलमा श्रीलंकाको सामना गर्ने छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१